स्वास्थ्य

    Showing १८१-१९० of २,५०८ items.
  • निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

    कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य परीक्षण, उपचार, परामर्श, औषधि वितरण तथा रगत परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । उपचारका लागि आउनेमध्ये करिब ९८ प्रतिशत महिला थिए ।आधारभूत स्वास्थ्यचौकी वन समितिका प्रमुख हरिनाथका अनुसार शिविरमा ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएकामा सात जना शङ्कास्पद बिरामी फेलापरेका छन् । १०२ जनाको उच्च रक्तचाप परीक्षण तथा ११० जनाको मधुमेह परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३५ जना

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ३५८ पटक पढिएको
  • पोखराको फिस्टेल डेरीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

    काठमाडौं— खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको उक्त आइसक्रिमको नमुना परीक्षण गर्दा त्यसमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट ब्याक्टेरियाको उपस्थिति पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मान

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ५६४ पटक पढिएको
  • वैज्ञानिकहरूको नयाँ खोजः ऊर्जा अभावले बढ्न सक्छ डिमेन्सिया

    काठमाडौं— अमेरिकामा गरिएको एक नयाँ अनुसन्धानले मस्तिष्कको ऊर्जा उत्पादन प्रणालीमा हुने गडबडीले डिमेन्सिया तथा स्मरणशक्ति कमजोर हुने समस्यामा प्रत्यक्ष भूमिका खेल्न सक्ने संकेत दिएको छ । अनुसन्धानकर्ताहरूले मस्तिष्कका कोशिकाभित्र रहेका‘माइटोकन्ड्रिया’लाई अस्थायी रूपमा सक्रिय बनाउँदा डिमेन्सियाग्रस्त मुसामा स्मरणशक्ति सुधारिएको बताएका छन् ।वैज्ञानिक जर्नल नेचर न्यूरोसाइन्समा प्रकाशित अध्ययन अनुसार फ्रान्सको मर्म बोर्डो विश्वविद्यालयको न्यूरोसेन्टर माजेन्डी तथा क्यानडाको मोन्कटन विश्वविद्यालयका वैज्ञानिकहरूले संयुक्त रूपमा अनुसन्धान गरेका हुन् । अनुसन्धान टोलीले माइटोकन्ड्रियाको गतिविधि अस्थायी र

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ४७१ पटक पढिएको
  • विश्व उच्च रक्तचाप दिवस मनाइँदै

    काठमाडौं— आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ ।यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • ५१० पटक पढिएको
  • स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

    काठमाडौं— काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा दिएको छ । जसमा ७३ हजार ५०४ जनाले ओपिडी सेवा प्राप्त गर्नुभएको छ । यो संख्या गत आर्थिक वर्षहरूको तुलनामा बढ्दै गएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा १ लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिएका गिए । आ.व. २०८१/०८२ मा १ लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको संख्या ५९ हजार ५९ थियो । यस वर्ष करिब २ लाख ४० हजार सेवाग्राहीले सेवा लिने आँकलन गरिएको छ ।बुधबार महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको बैठक कक्षमा स्वास्थ्य विभागका अधिकारीहरूले स्वास्

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ४८६ पटक पढिएको
  • जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    सिरहा। सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो ।अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।“आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाऊन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उहा

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ३९१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

    काठमाडौं— आज (मंगलबार) अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।हरेक वर्ष मे १२ मा नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाइँदै छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ ।आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ५३१ पटक पढिएको
  • अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

    काठमाडौं— सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने भएको छ ।सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै सरकारले अबदेखि अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूको थेरापी सेवा र विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिने जानकारी दिए ।उनले भने,‘अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिनेछ ।’यसअघि सरकारले अटिजम भएका बालबालिकाहरूका लागि कुनैपनि योजना अघि सारेको थिएन ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ४७५ पटक पढिएको
  • एचआईभी संक्रमितको संख्याः मधेश प्रदेश दोस्रो स्थानमा

    जनकपुर— नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ ।मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालय सपहीद्वारा सोमबार जनकपुरधाममा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङक अनुसार देशभर करिब ३५ हजारभन्दा बढी एचआईभी संक्रमित रहेकामा मधेश प्रदेशमा करिब पाँच हजार संक्रमित रहेको देखिएको छ ।पहिलो नम्बरमा रहेको लुम्बिनी प्रदेशमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत राजवीर यादवले देशभरकै तथ्याङ प्रस्तुत गर्दै मधेश प्रदेशमा एचआईभी संक्रमितको अवस्था भयावह

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ४७४ पटक पढिएको
  • रामेछापमा आयुर्वेदिक उपचार शिविरको निरन्तरताः दुई सयले लिए निःशुल्क सेवा

    रामेछाप— आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा आयुर्वेदिक स्वास्थ्य शिविरलाई निरन्तरता दिइरहेको छ ।लिखु तामाकोशी गाउँपालिकाको धोबी स्वास्थ्य चौकीमा एक दिने आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ ।चिकित्सालयको आयोजना तथा लिखु तामाकोशी गाउँपालिका र स्वास्थ्य चौकी धोबीको सहकार्यमा भएको शिविरमा दुई सयले स्वास्थ्य परीक्षण गराएका थिए ।शिविरमा डा. सविता भण्डारीको नेतृत्वमा गएको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । सो शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रा लगायतका स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । सो कार्यमा स्

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ४५४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.