स्वास्थ्य

    Showing 1,871-1,880 of 2,140 items.
  • भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    काठमाडौँ / भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ । मन्त्रालयका अनुसार दैनिक कोभिड–१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो चौबीस घण्टामा भारतमा तीन लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् । भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भ

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 94 पटक पढिएको
  • कोरोनाका कारण वर्ल्डलिंकका सञ्चालक विजय जलानको निधन

    काठमाडौं  / इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ । कोभिड संक्रममित भएका जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सहसंस्थापक पनि हुन् । करिब १५ दिनअघि अस्पताल भर्ना भएका उनको भेन्टेलेटरमा राखेर उपचार भइरहेको थियो ।जालन इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) का कार्यकारी सदस्य समेत हुन् । वर्ल्ड लिंकको स्थापना कालदेखि नै जालन व्यवस्थापकीय भूमिकामा थिए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 325 पटक पढिएको
  • एमाले प्रदेश कमिटी सदस्यको मृत्यु

    डोटी / कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आएका थिए । उनको मृत्युले सि¬ङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताए । उनले भने, “कठायतजी पार्टीका लागि एक कर्मठ, इमान्दार र त्

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 108 पटक पढिएको
  • मस्कटबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

    काठमाडौँ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको  जनाइएको छ ।निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन ज

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 141 पटक पढिएको
  • झापामा सङ्क्रमित पत्रकारको घरमा औषधि पुर्याउँदै पत्रकार महासङ्घ

    बिर्तामोड / झापामा कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन् ।पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफुल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडीबुटी पत्रकारहरुको होम आइसोलेशनमै पुर्याइएको हो ।शाखाका अध्यक्ष एकराज गिरीले महासङ्घको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझ्

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 301 पटक पढिएको
  • बिरामीका आँखा बिगार्ने घातक कालो ढुसी (भिडियो सहित)

    बिर्तामोड / शनिवारको एउटा बिहान मुम्बईका एक नेत्र शल्यचिकित्सक डा. अक्षय नायर तीन हप्ताअघि कोभिड –१९ बाट निको भएकी एकजना २५ वर्षीया महिलाको आँखामा शल्यक्रिया गर्ने प्रतीक्षामा थिए।अस्पतालको शल्यक्रिया कक्षमा ती डाइबेटिक बिरामीको एकजना नाक, कान, घाँटी विशेषज्ञ चिकित्सकले पहिले नै जाँच गरिरहेका थिए।उनले नाकबाट एउटा नली पठाएर एक प्रकारको दुर्लभ तर खतरनाक ढुसी सङ्क्रमण म्युकोर्माइकोसिसबाट प्रभावित तन्तुहरू हटाइरहेका थिए । यो उग्र प्रकृतिको सङ्क्रमणले बिरामीका नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई पनि असर गर्छ।ती विशेषज्ञले आफ्नो काम सकेपछि डा. नायरले ती महिलाको आँखा निकाल्ने काम गर्नेछन्। उनले भने, म

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 569 पटक पढिएको
  • सङ्क्रमणको त्रास : एउटै बस्तीमा ४० सङ्क्रमित

    महोत्तरी / चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । पूर्वपश्चिम राजमार्गबाट छ÷सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पिसि

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 141 पटक पढिएको
  • भरतपुर अस्पतालमा शय्या थपेपछि स्वास्थ्य सामग्रीको अभाव

    चितवन / भरतपुर अस्पतालले कोभिड उपचारका लागि शय्या थप गरेपछि स्वास्थ्य सामग्रीको अभाव हुने भएको छ । अक्सिजन, मास्क, पिपिइलगायतका स्वास्थ्य सामग्रीको अभाव हुने भएको हो । अस्पतालले हालै शय्या र जनशक्ति थप गरेको छ । थप शय्याका लागि आवश्यक पर्ने सामग्री कमी हुने भएको हो । अस्पतालले एक सूचना प्रकाशित गर्दै कोभिड सङ्क्रमितका लागि छुट्याइएको शय्या सङ्ख्याभन्दा बढी सङ्ख्यामा बिरामीको उपचार गर्नु परेकाले सामग्रीको कमी हुँदै गइरहेको जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी सूचनामा भनिएको छ, “बढी सङ्ख्यामा सङ्क्रमितको उपचार गर्नु परेको, आइसियू, एचडियु,

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 82 पटक पढिएको
  • वैंकमा पनि कोरोनाको असर, ३ हजार कर्मचारी संक्रमित

    बिर्तामोड / निषेधाज्ञामा समेत डिम्याट खाता खोल्नेको वैंकमा भिड बढेपछि संक्रमण बैंकिङ क्षेत्रमा समेत फैलिएको छ ।हालसम्म वाणिज्य बैंकमा करिब २४ सय कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन् । विकास बैंक र फाइनान्स कम्पनी गर्दा यो संख्या ३ हजारभन्दा बढी हुने बैंकर्स एसोसिएसनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयहरुले कोरोना भाइरस नियन्त्रणका लागि लगाएको निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक क्षेत्रमा राखेर शाखा खोल्न दिएको छ । काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा २० प्रतिशत कर्मचारी बोलाएर खोल्न भनेको छ ।‘जोखिम बढेपछि बैकर्स संघको बिहीबार भर्चुअल माध्यमबाट बैठक बोलाइएको छ । जुन वैठ

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 129 पटक पढिएको
  • बज्यो खतराको घन्टी : भारतमा भन्दा नेपालमा संक्रमण र मृत्यु उच्च

    बिर्तामोड / कोरोना सङ्क्रमणको गति रोकिनुको सट्टा झन वढ्न थालेको तथ्याङकले देखाएको छ ।  नेपालमा पछिले साताको विश्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएका छन् ।भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै उच्च रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी गराएकी छन् । नेपालमा प्रति १० लाख ३०४ र  भारतमा प्रति १० लाख २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ ।  पोजिटिभिटी द

    • प्रकाशित मितिः वैशाख ३०, २०७८
    • 1,639 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा