काठमाण्डौ / कोरोना महामारीका बेला अग्रपंक्तिमै रहेर निरन्तर सेवा गरि रहेका दुई स्वास्थ्यकर्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी राष्ट्रिय पुरस्कार२०७७ प्रदान गरेका छन् ।
मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारीविषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेका हुन्।
कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसीयुमा  कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको हो।