बिर्तामोड / भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ सय ४८ जनाको  ज्यान गएको छ।

हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या पाँच लाख ८६ हजार ४०३ रहेको र संक्रमण निको हुने दर ९६.७५ प्रतिशत पुगेको जनाइएको छ।

OM Sai Pathibhara Hospital

तीन करोड दुई लाख भन्दा बढि कुल संक्रमित पुगेको भारतमा हालसम्म कोभिड –१९ बाट तीन लाख ९५ हजार भन्दा धेरैको ज्यान गएको छ।

अहिलेसम्म ३२ करोड १७ लाख भन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।