काठमाडौँ / सरकार संचालन गरिरहेको नेकपा एमालेकै प्रभावशाली नेताले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप गर्न थालेका छन् ।

दोस्रो लहर सुरु हुनु अगाडि पनि स्वास्थ्य मापदण्ड पालना नगरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली सहित एमालेका नेता आलोचित बनेका थिए । सो समयमा माडीमा राम मन्दिर स्थापना र धरहरा उद्घाटन लगायतका कार्यक्रम गरेको भन्दै एमाले नेता र सरकारको आलोचना भएको थियो ।

OM Sai Pathibhara Hospital

संक्रमणको खतरा कायम नै रहेको भनेर स्वास्थ्य विज्ञले दिईरहेको चेतावनी लत्याउँदै एमालेका नेताले राजनितिक गतिविधी गर्न थालेका हुन् । एमालेका केन्द्रीय नेता , जिल्ला नेता र जनवर्गिय संगठनका नेता समेत भेला भएर आफ्नै सरकारले लागु गरेको स्वास्थ्य प्रोटोकलको खिल्ली उडाएका हुन् ।

आफ्नै दलको नेतृत्वमा रहेको सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि भन्दै लागु गरेको स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै एमालेका प्रवक्ता समेत रहेका प्रदीप ज्ञवाली र युवा नेता महेश बस्नेतल सयौंको भिड जम्मा गरेर धान दिवश मनाएका हुन् ।

एमालेको भातृ संगठन युवा संघले भक्तपुरमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा आफ्नै दलको सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना नगरेको पाईएको हो । कार्यक्रममा उपस्थित एमाले नेता , कार्यकर्ता र स्थानियले सामाजिक दूरी सहित स्वास्थ्य प्रोटोकलको पालना नगरेको पाईएको हो ।