काठमाडौँ / खोप अभाव भएकै कारण वैदेशिक रोजगारमा जाने नेपाली नागरिक अलपत्र परेका छन्। खाडी मुलुकले मान्यता दिएका फाइजर-बायोटेक, स्पुतनिक - भी  , मोडर्ना, जोनसन एन्ड जोनसन, सिनोफार्म अक्सफोर्ड-अस्ट्राजेनेकाको खोपको नेपालमा अभाव छ ।

नेपालमा कोरोना विरुद्धको खोप कोभिसिल्ड भेरोसेल मात्रै उपलब्ध भएको अवस्थामा अन्य खोप कहाँबाट लगाउने भन्ने बारे वैदेशिक कामदार अन्योलमा छन्। नेपालमा रहेको खोप वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पहुँचमा नरहेकाले बिदामा आएका हजारौं नेपाली कामदारले रोजगार गुमाउने अवस्था आएको छ

OM Sai Pathibhara Hospital

कोरोना महामारी बिच कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, युएईबाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग भएको छ। वैदेशिक रोजगारका लागि संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरब लगायत मुलुकले खोप नलगाएका प्रवासी मजदुरलाई रोक लगाएको छ ।

खोप व्यवस्थापन गर्न नेपाल सरकारले सही योजना बनाउन नसके वैदेशिक रोजगार धराशायी बन्ने वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष रोहण गुरुङ दाबी गर्छन् ।