बिर्तामोड / देशभर आज थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा ११ हजार  ६४० जनाको पिसिआरएन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९  र ४ हजार  ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ३५ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन्।

आज देशभर थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।