काठमाडौं / विभिन्न किसिमका भाइरस र रोगविरुद्ध प्रयोग गरिंदै आएको औषधि रेमडिसिभिर अब नेपालमा नै उत्पादन हुने भएको छ । वीरगञ्ज स्थित नेशनल हेल्थकेयरले उत्पादन गरेको रेमडिसिभरले मान्यता पाएसँगै नेपालमा व्यवसायीक उत्पादन सुरु भएको हो ।

कोरोना संक्रमण उच्च बनेका बेला अत्याधिक माग भएको सो औषधीको व्यापक रुपमा कालाबजारी र नक्कली समेत बेचबिखन हुन थालेपछि नेशनल हेल्थ केयरले उत्पादन गर्न गृहकार्य अघि बढाएको थियो । अनुमति पाएसँगै नेशनलले  ‘रेम्सीभिर नाममा सो औषधीको उत्पादन थालेको छ । नेपालमा यो औषधी हाल भारत र बङ्गलादेशबाट आयात हुने गरेको छ । 

OM Sai Pathibhara Hospital

नेशनल हेल्थ केयरको उत्पादन  ‘रेम्सीभिर ले अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिष्ट्रेशनबाट समेत स्वीकृति पाएको सो कम्पनीले जनाएको छ । नेपालमा बिक्रीका लागि पनि औषधी व्यवस्था विभागले अनुमति दिएको र देशभरका थोक बिक्रेता मार्फत बिक्री थालिएको सो कम्पनीले जनाएको छ ।

कोरोना संक्रमण उच्च रहेका बेला यो औषधी प्रति भायल ५० हजार रुपैयाँ सम्ममा खरिद बिक्री भएको थियो । भारतीय र बंगलादेशी उत्पादनको तुलनामा निकै न्यून उपभोक्ता मूल्य राखेर सो कम्पनीले बिक्री सुरु गरेको हो । कम्पनीका अनुसार नेपालमा यसको मूल्य प्रति भायल ३ हजार ५ सय कायम गरिएको छ ।

 national-health-care-724x1024