बिर्तामोड / नेपालमा आज थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै, कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४४४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ६४१ रहेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये पाँच हजार ४७१ जना होम आइसोलेसनमा र १७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ४६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा रहेका
बिर्तामोड / पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितहरूको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ११ लाख ३३ हजार ५५२५ पुगेको छ ।नेपालमा सक्रिय कोरोना सङ्क्रमितहरूको संख्या पाँच हजार ७ सय नाघेको छ । त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७० पुगे
झापा / देशभरमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार ५ हजार ४४० जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् ।बिहीबार थपिएसँगै नेपालमा कोरोना
धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्यमन्त्री भवानी खापुङले कांग्रेसकी प्रभावशाली नेता तथा सांसद डा. डिला संग्रौलाका श्रीमान् सूर्य संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपति समेत रहेका मन्त्री खापुङले उनलाई नियुक्त गरेको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि एक वर्षदेखि सो पद रिक्त थियो । प्रतिष्ठानको अस्पताल निर्देशक (मेसु) मा भने डा. जगतप्रसाद यादव नियुक्त भएका छन् ।
काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन्। मंगलबार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गरे। उनले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरू बस्ने बागमती प्रदेश र काठमाडौंमा ब
झापा / भारतको दक्षिणी राज्य केरलामा मंकीपक्सबाट पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । हालै संयुक्त अरब इमिरेट्सबाट उक्त राज्यमा आएका २२ वर्षीय युवकको मंकीपक्सबाट मृत्यु भएको हो ।केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जका अनुसार ती व्यक्तिको परीक्षणका क्रममा मंकीपक्स पोजेटिभ देखिएको थियो । उनको मृत्युपछि परीक्षण गरिएका नमूनाहरूमा पनि भाइरस भेटिएको मन्त्री जर्जको भनाइ छ ।मंकीपक्सका कारण मृत्यु हुने अफ्रिकाबाहेकका यी चौथो व्यक्ति हुन् । मंकीपक्सका कारण यसअघि स्पेनमा २ र ब्राजिलमा १ जना मृत्यु भएको थियो ।संक्रमित व्यक्ति एक सैन्य अधिकारी थिए जसले देशको उत्तर–पूर्वी एक अस्पतालमा रिपोर्ट गरेका थिए
काठमाडौं / पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६५८ पीसीआर परीक्षणमा ६३२ जना र २ हजार २२४ एन्टिजेन परीक्षणमा २६३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या चार हजार ९३४ रहेको छ । संक्रमित मध्ये काठमाडौंमा ३७३, ललितपुरमा ६६, कैलालीमा २२ जना छन् ।
बिर्तामोड / कोरोना भाइरस सङ्क्रमणका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दुई जना थपिएसँगै एक सातामै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।साउन लागेयता मात्र १४ जनाको ज्यान गएको छ । विज्ञहरूले आगामी केही साता संक्रमण र मृत्यु संख्या बढ्ने बताएका छन् । ज्यान गुमाएका १४ मध्ये १२ जना खोप नलगाएका हुन् । खोप लगाएका दुई जनामध्ये १ जनाले एक मात्रा लिएका र मधुमेह तथा उच्च रक्तचापले ग्रस्त थिए भने अर्का ७५ वर्षीय पुरुषले पूर्ण मात्रा खोप लगाए पनि क्यान्सर, दम, उच्च रक्तचापलगायत स्वास्थ्य समस्यामा थिए । ‘पछिल्लो समय खोप नलगाएकाहरूलाई अ
विराटनगर / विराटनगर – ३ कंन्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा एक जनाविरामीको फिस्टुलाको कारण भएको जटिल प्रकृतिका ‘ब्रेन हेमरेजको’ सफल शल्यक्रिया भएको छ ।मोरङको सुन्दरहरैचा नगरपालिका– १० बेलेपुर घर भएका ४८ वर्षीय विनोदकुमार साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया भएको हो । अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्धक निर्देशक डा . पंकजराज नेपालले साहको ब्रेन हेमरेजको सफल शल्यक्रिया गरेका छन् । १७ दिन अगाडि अर्थात २६ साउनमा टाउको दुखेपछि साह बेहोस भएका थिए । ‘१० मिनेट जति बेहोस भएपछि रगत नै बमिट पनि गर्नुभयो । हामीले आतिएर विराटनगरको विराट टिचिङ्ग हस्पिटलमा लिएर गयौं । त्यहाँ २४ घण्टा आइसिय
झापा / चिकित्सा शिक्षा स्नातक तहका लागि सःशुल्क तर्फका सिटमा म्याचिङ हुने उम्मेदवारको पूर्वमनोनयनको सूची प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले बिहीबार साँझ सशुल्क तर्फको पूर्व मनोनयन सूची प्रकाशन गरेको हो। पूर्वमनोनयनमा परेका उम्मेदवारले साउन १५ गते अपरान्ह ५ बजेसम्म स्वीकार, अस्वीकार वा परित्याग गर्नुपर्ने आयोगले जनाएको छ । आयोगका अनुसार चिकित्सा शिक्षा आयोगको वेबसाइटमा रहेको आफ्नो अनलाइन प्रोफाइलमा लगइन गरी स्वीकार, अस्वीकार वा परित्याग गर्नुपर्ने छ ।यो प्रक्रियापछि स्वीकार गर्ने उम्मेदवारको नाम भनाए सूचीमा प्रकाशन हुनेछ । भर्नासूचीमा नाम प्रकाशन भएका उम्मेदवारहरुले तोकिएका विश्
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.