काठमाडौँ / आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका अधिकांश जिल्लामा लागू गरिएको निषेधाज्ञाका कारण लिखित परीक्षा स्थगन गरिएको जनाएको हो । ‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ’, विभागले सार्वजनिक गरिएको सूचनामा भनिएको छ ।गत चैत दोस्रो साता विभागले ठूलो सङ्ख्यामा भन्सार एजेन्टको माग गरेको थियो । बीस वर्षदेखि नयाँ भ
मध्यपुरथिमि / भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शैक्षिकसत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी सूचना जारी गरी नगरपालिकाले यस्तो निर्देशन दिएको हो ।नगरपालिकाले कक्षा १ देखि कक्षा ७ र ९ को वार्षिक मूल्यांकन एवं नतिजा प्रकाशन गर्न तथा कक्षा ८ को नतिजा प्रकाशन गर्नका लागि विद्यार्थीको प्रयोगात्मक र सैद्धान्तिक अंक शिक्षा, युवा तथा खेलकूद शाखामा अनिवार्य रुपमा सो दिनसम्म बुझाउन निर्देशन दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।वर्षको अन्तिम परीक्षा अनलाइन वा अफलाइन वा विद्यालयको
बिर्तामोड / पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन् । उनले काठमाडौंको रवि भवनमा रहेको लिंकन स्कुलबाट कक्षा १२ को पढाई पूरा गरेका हुन् ।पूर्व युवराज पारस शाहले फेसबुक मार्फत आफ्नो छोरो हृदयेन्द्र दीक्षित भएको भन्दै शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका छन् । शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ ।हृदयेन्द्रले काठमाडौंको रुपिज इन्टरनेश्नल र लिंकन स्कूलमा अध्ययन गरेका हुन् । सन् २००२ मा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षको भएका छन् ।
काठमाडौं / सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो ।कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिम
पोखरा / कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरे र कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ ।पोखराका अधिकांश निजी विद्यालयले निषेधाज्ञा जारीअगावै वार्षिक परीक्षा सञ्चालन गरिसकेको तथा केहीमा परीक्षा शुरु हुने मिति नजिकिँदै लाग्दा निषेधाज्ञा जारी भएपछि स्थगन गरिएको थियो ।&nbs
जाजरकोट / नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उनी अहिले कक्षा १० मा छिन् । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उनको मन भक्कानिएर आउँछ तर लक्ष्मीको घरमा मोबाइल चार्ज गर्नेसम्मको विद्युत् छैन ।गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइलमार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नुबाहेक लक्ष्मीले केही गर्न सक्ने अवस्था नभएको बताइन् ।उनी भन्छिन्, “गाउँमा विद्युत्, इन्टरनेट तथा टिभी केही पनि छैन, कसरी वैकल्पिक उपाय अपनाएर पढ्नू । बाख्रा चराउन जङ्गल गएर पढाइ चौपट भयो ।” उनीजस्तै बारेकोट गाउँपालिका–५ पाखाक
काठमाडौँ / दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन गरिरहेको छ । आइतबार सम्मको विवरणमा सङ्क्रमणबाट मृतकको सङ्ख्या चार हजार ८ सय ५६ पुगेको छ भने मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७ सय ४० छ । महामारी नियन्त्रण र रोकथामका लागि मुलुुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ
काठमाडौँ / नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयाई आन्तरिक मूल्याङ्कन गराई प्रमाणीकरण गरिएको थियो ।मन्त्री श्रेष्ठले आज सिंहदरबारस्थित कार्यकक्षमा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै छलफल गरिने जनाए । मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा वयावसायीक तालिम परिषद् (सिटिइभिटीको) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीतिसम्बन्धी अध्ययन गर्न कार्यदल बना
कर्णाली / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो ।विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले खुला प्रतिष्पर्धाबाट चार÷चार डीन तथा निर्देशक र नौ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिए । विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौँ विश्वविद्यालयका पूर्वडीन प्रा डा विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा डा रामेश्वर अधिकारी सदस्य रहेको तीन सदस्यीय छनोट समिति
काठमाडौं / साइबर अपराधी तथा ह्याकरहरुबाट आफ्नो महत्वपूर्ण सूचना चोरी हुने खतरा सबैलाई हुन्छ । तर यो खतरा सबैका लागि उत्तिकै अर्थात् बराबरी भने हुँदैन ।सूचना चोरीको खतरा चर्चित व्यक्तिहरुलाई बढी हुन्छ । चर्चित व्यक्तिको तुलनामा सामान्य मानिसलाई यस्तो खतरा तुलनात्मक रुपमा कम हुन्छ । ठूला पदमा भएका व्यक्तिहरु फिसिङ ईमेलको निशानामा पर्ने गर्छन् ।ह्याकरहरुले त्यस्ता व्यक्तिहरुलाई फिसिङ ईमेल पठाएर उनीहरुको कर्पोरेट नेटवर्कको महत्वपूर्ण सूचना चोरी गर्नुका साथै रकम समेत आफ्नो खातामा सार्ने प्रयास गर्छन् । सामान्य मानिसहरुमा भने व्यक्तिगत रिसइबीका कारण यस्तो जोखिम हुन सक्छ ।यद्यपी साइबर सुरक्षाको यस कि
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.