काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले महाधिवेशन आयोज केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरि बोलाईएको हो । हिजोमात्रै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न ८ दल र समूहसँग एकताको घोषणा भएको छ ।

सो एकतालाई अनुमोदन गर्नको लागि माओवादीले महाधिवेशन आयोजक समितिको बैठक बोलाईएको हो । यही कार्तिक १९ गते काठमाडौंको एक पार्टी प्यालेसमा बृहत एकता घोषणा हुने भएको छ । आजमात्रै पनि माओवादीका संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सो भेटमा एकीकृत पार्टीको नाम तय गर्नेबारे छलफल भएको भनिएको छ ।