काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेकी हुन् । बैठक सिंहदरबारमा जारी छ ।

सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने सचिवालयले जनाएको छ ।