काठमाडौं / राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ ।आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए ।तर उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक एसपी पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधनमार्फत भक्तपुरस्थित
काठमाडौं / सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको 'इन्डोर सेलिब्रेटी क्रिकेट लिग' को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा सहभागी हुने चार टोलीहरू टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडीहरू अनुबन्धित गर्दै टोलीलाई पूर्णता दिएका छन्। अक्सन कार्यक्रममा इन्टरनेशनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतीक, टिम रेन्जर्सका कप्तान एवं चर्चित लोकदोहोरी कलाकार बद्री पंगेनी, र टिम च्याम्पियन्सका कप्तान एवं चर्चित हास्य कलाकार सन्दीप क्षेत्री लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा
काठमाडौं / जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो । निर्णयअनुसार जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ । यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार उक्त निर्णय गरिएको जनाएको छ ।
रामेछाप / रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८२ र ८३ को तेस्रो चौमासिक अवधिसम्म कुल बजेटको ६८ दशमलव ७ प्रतिशत खर्च गरेको छ । नगरपालिकाले आइतबार आयोजना गरेको सम्पन्न आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनुवाइ कार्यक्रममा वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो । नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले तेस्रो चौमासिकसम्मको वित्तीय तथा कार्यक्रमगत प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ५१ करोड ६३ लाख ४५ हजार ७७४ रुपैयाँ १० पैसामध्ये ४३ करोड ५५ लाख ८७ हजार ८७ रुपै
काठमाडौं। राजधानी काठमाडौंको प्यास मेटाउने सुन्दरीजलका स्थानीय भने वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका छन्। मेलम्चीको पानी राजधानीभर पुग्दा मुहान क्षेत्रका बासिन्दा भने अझै कुवा, ढुंगेधारा र सार्वजनिक धारामा भर पर्न बाध्य छन्। सुन्दरीजलमा प्रशोधन गरिएको मेलम्ची र बागमतीको पानी दैनिक काठमाडौं उपत्यकामा वितरण भइरहेको छ। तर गोकर्णेश्वर र कागेश्वरी मनोहराका धेरै बस्तीमा नियमित खानेपानी नपुग्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ।कतिपय स्थानीयले केवल १० लिटर पानीका लागि आधा घण्टा हिँडेर सार्वजनिक धारामा पुग्नुपर्ने र घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताएका छन्। यता, स्थानीय जनप्रतिनिधिले मुहान क्ष
काठमाडौं / निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।उनीहरूले उक्त व्यवस्था व्यवहारिक, न्यायोचित तथा संविधानको भावनाविपरीत रहेको भन्दै पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन् । आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्युसन्स नेपाल अपेन, हायर सेकेन्डरी स्कुल्स एसोसिएसन नेपाल हिसान, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल एन–प्याब्सन र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले संयुक्त रूपमा आफ्ना धारणा सार्वजनिक गरेका हुन्
सोलुखुम्बु / राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालन भइरहेका कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन गरिएको छ । चालु आर्थिक वर्ष २०८२ र ८३ मा सञ्चालन भएका योजनाहरूको प्रभावकारिता, पारदर्शिता तथा अनुदानको वास्तविक सदुपयोग भए–नभएको मूल्यांकन गर्ने उद्देश्यले शनिबार जिल्लाका विभिन्न कृषि फार्म, किवी बगैंचा, दुग्ध उद्योग तथा माछा फार्मको विस्तृत निरीक्षण गरिएको हो ।जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको संयोजकत्वमा भएको अनुगमन टोलीमा सोलुदूधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धीमाया तामाङ, विभिन्न सरकारी कार्यालय
काठमाडौं / ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका स् नयाँ सरकार र चाल्नुपर्ने कदमहरू‘ विषयक राष्ट्रिय संवाद कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर/स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा रास्वपाका केही नेताहरु, उद्यमी, स्टार्टअप संस्थापक, लगानीकर्ता, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विकास साझेदार, शिक्षाविद् तथा उद्योग क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा आर्थिक रूपान्तरणका लागि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई विकासको प्रमुख आधार बनाउनुपर्नेमा
धनगढी / सधैंझैं यस बर्षपनि सुदूरपश्चिममा रासायानिक मलको अभाव उच्च रह्यो । लामो सयम मल पाउने आशामा बसेका किसान अन्ततः मल विना नै रोपाई गर्न बाध्य भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेश्रो सातासम्म पनि रासायनिक मलको प्रतिक्षामा बसे । मलका लागि यहाँका हरेक सहकारी धाइरहे तर, कतैपनि मल पाइने अवस्था नभएपछि चौधरी मल बिनानै रोपाईमा व्यस्त भएका छन् ।‘मलको प्रतिक्षामा रोपाईनै ढिलो हुन थाल्यो,’ चौधरीले भने, ‘अहिले रोपाई सुरु गरेको छु, मल पाएको छैन,’मानबहादुका अनुसार धान रोपाईका लागि डिएपि मल आवश्यक पर्ने हुन्छ । तर यस पटक रोपाई सकिने समयसम्म पनि मल प्राप्त हुन नसकेको
सर्लाही । चारपटकको सरकारी सहमति कार्यान्वयन नभएको भन्दै मिटरब्याज पीडितहरूको जनकपुर–काठमाडौं पदयात्रा चौथो दिनमा प्रवेश गरेको छ।असार २५ गते जनकपुरबाट सुरु भएको पैदल न्याय मार्च अहिले सर्लाहीको लालबन्दीबाट काठमाडौंतर्फ अघि बढिरहेको छ। सहभागीहरूले हरेक दिन करिब २० देखि २६ किलोमिटर पैदल यात्रा गर्दै सरकारमाथि दबाब बढाइरहेका छन्।‘चुपचाप तमसूक फाड’ र ‘अधिकार माग्न काठमाडौं जान पर्दैन’ जस्ता नारासहित सयौँ पीडित न्याय र अधिकारको माग गर्दै सडकमा उत्रिएका छन्।सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेकाले न्याय नपाएसम्म आन्दोलन नरोकिने र करिब एक साताभित्र काठमाडौं पुगेर थप दबाबमूलक कार्यक्रम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.