काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्। पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन्। आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाल
काठमाडौं / सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे । उनले आजको दिन भानुभक्तलाई सम्झने मात्र नभई उनको योगदानलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनुपर्ने बताए । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाज
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालक
धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा शत्तारुढ दल नेकपा एमालेलेलै अबरोध सिर्जना गरेपछि सरकारनै संकटमा परेको छ । असार १ आर्थिक मामिला मन्त्री विक्रमसिं धामीले प्रदेश सभामा पेश आर्थिक बर्ष २०८३÷०८४का लागि बजेट प्रस्तुत गरेका थिए । सो बजेट प्रति नेकपा एमालेले चरम असन्तुष्टि जनाउदै पुनर्लेखनको माग गर्दै आएको थियो । मुख्यमन्त्री कमल बहादुर शाहले एमालेलाई मनाउने हर सम्भव प्रया गरेपछि एमाले आफ्नो अडानबाट भने पछि हटेन । उल्टै शत्तारुढ दलकै ६ जना प्रदेश सभा सदस्यले मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् ।एमालेको सो निर्णयका कारण सरकारनै संकटमा परेको कांग्रेसको निष
सिरहा— सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका प्रहरीले जनाएको छ।रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख विगत करिब ३० वर्षदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। उनी घर भाडामा लिएर कवाडी संकलनको काम गरी जीविकोपार्जन गर्दै आएका थिए।प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट खेल्न निस्किएका उनका पाँच सन्तानमध्ये तीन जना पशु हाटबजार परिसरमा रहेको पानी ज
काठमाडौं— नेपालको अग्रणी निजी वाणिज्य बैंकका रुपमा स्थापित नबिल बैंकले स्थापनाकालदेखि हालसम्म सरकारलाई २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर बुझाएको छ ।बैंकले उपलब्ध गराएको विवरणअनुसार सन् २०२४/२५ सम्म नबिल बैंकले कुल २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको हो । तथ्यांकले बैंकको कर योगदान वर्षेनी उल्लेख्य रूपमा बढ्दै गएको देखाएको छ । सुरुआती वर्षहरूमा केही लाख रुपैयाँको हाराहारीमा रहेको आयकर पछिल्ला वर्षहरूमा अर्ब रुपैयाँको स्तरमा पुगेको छ । आर्थिक वर्ष २०२४/२५ मा मात्रै बैंकले करिब २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर बुझाएको छ, जुन हालसम्मकै उच्च वार्षि
काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।उनीहरूबीच आइतबार ४ घण्टा लामो छलफल भएको हो । सो छलफलमा समसामयिक राजनीति र सरकारका विभिन्न कामकारबाहीबारे छलफल भएको बताइएको छ ।सभापति लामिछानेले सुकुमवासी समस्या,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सम्बन्ध, पार्टी महामन्त्री चयन लगायतका विषयमा प्रधानमन्त्री बालेनसँग चासो राखेका थिए ।छलफलमा प्रधानमन्त्री बालेनले सरकारले आफ्नो तरिकाले गरिरहेको कामका विषयमा भ्रम फैलाइएको र पार्टी त्यसप्रति सचेत रहनका लागि लामिछानेलाई आग्रह गरेका थिए ।
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् ।गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।गृहमन्त्री गुरुङले नागरिकता हस्तान्तरण गर्दै पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताएका छन् ।
कञ्चनपुर— जिल्लाको बेलडाँडीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन्।आइतबार बेलुकातिर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा घाँस काट्ने क्रममा उपाध्यायमाथि बाघले अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथमा रहेका अन्य स्थानीयले होहल्ला गरेपछि बाघ उनलाई छाडेर भागेको बताइएको छ।बाघको आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेकी घाइते उपाध्यायलाई तत्कालै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो। हाल उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ
काठमाडौं— थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा आइतबार राति भएको भीषण आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ ।आगलागीमा परी ६० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको हो । केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको जनाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.