समाज

    Showing ८६१-८७० of ११,१६२ items.
  • मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर

    विराटनगर / विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनामा सोमबार बिहानै डोजर चलाइएको छ ।मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरेर एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइएको हो ।अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा लगाएका २६ वटा तथा अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा सटर भत्काइएको हो ।‘मन्त्रालयको निर्देशनअनुसार यी संरचना हटाइएको हो । अब यस क्षेत

    • प्रकाशित मितिः असार २९, २०८३
    • १९७ पटक पढिएको
  • दोलखामा पहिरो: चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर घाइते

    रामेछाप / दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन् । प्रहरीका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन् । सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अव

    • प्रकाशित मितिः असार २९, २०८३
    • १७६ पटक पढिएको
  • परिवर्तनको भ्रमबाट देश बदलिदैन: महासचिव शंकर पोखरेल

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्। पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन्। आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाल

    • प्रकाशित मितिः असार २९, २०८३
    • २१६ पटक पढिएको
  • भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ: सभामुख अर्याल

    काठमाडौं / सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे । उनले आजको दिन भानुभक्तलाई सम्झने मात्र नभई उनको योगदानलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनुपर्ने बताए । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाज

    • प्रकाशित मितिः असार २९, २०८३
    • १५१ पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् ।राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पु¥याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालक

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४८८ पटक पढिएको
  • सुदूरपश्चिम प्रदेश बजेट विवाद् समाधान गर्ने जिम्मा केन्द्रलाई

    धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा शत्तारुढ दल नेकपा एमालेलेलै अबरोध सिर्जना गरेपछि सरकारनै संकटमा परेको छ । असार १ आर्थिक मामिला मन्त्री विक्रमसिं धामीले प्रदेश सभामा पेश आर्थिक बर्ष २०८३÷०८४का लागि बजेट प्रस्तुत गरेका थिए । सो बजेट प्रति नेकपा एमालेले चरम असन्तुष्टि जनाउदै पुनर्लेखनको माग गर्दै आएको थियो । मुख्यमन्त्री कमल बहादुर शाहले एमालेलाई मनाउने हर सम्भव प्रया गरेपछि एमाले आफ्नो अडानबाट भने पछि हटेन । उल्टै शत्तारुढ दलकै ६ जना प्रदेश सभा सदस्यले मन्त्रालयको खर्च कटौती प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् ।एमालेको सो निर्णयका कारण सरकारनै संकटमा परेको कांग्रेसको निष

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४५३ पटक पढिएको
  • सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

    सिरहा— सिरहाको गोलबजार नगरपालिका–७, चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका प्रहरीले जनाएको छ।रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख विगत करिब ३० वर्षदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए। उनी घर भाडामा लिएर कवाडी संकलनको काम गरी जीविकोपार्जन गर्दै आएका थिए।प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः३० बजे घरबाट खेल्न निस्किएका उनका पाँच सन्तानमध्ये तीन जना पशु हाटबजार परिसरमा रहेको पानी ज

    • प्रकाशित मितिः असार २९, २०८३
    • ४९५ पटक पढिएको
  • ४२ वर्षमा नबिल बैंकले सरकारलाई बुझायो २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी आयकर

    काठमाडौं— नेपालको अग्रणी निजी वाणिज्य बैंकका रुपमा स्थापित नबिल बैंकले स्थापनाकालदेखि हालसम्म सरकारलाई २८ अर्ब ३३ करोड ५१ लाख रुपैयाँभन्दा बढी आयकर बुझाएको छ ।बैंकले उपलब्ध गराएको विवरणअनुसार सन् २०२४/२५ सम्म नबिल बैंकले कुल २८ अर्ब ३३ करोड ५१ लाख ६० हजार रुपैयाँ आयकर सरकारलाई बुझाएको हो । तथ्यांकले बैंकको कर योगदान वर्षेनी उल्लेख्य रूपमा बढ्दै गएको देखाएको छ । सुरुआती वर्षहरूमा केही लाख रुपैयाँको हाराहारीमा रहेको आयकर पछिल्ला वर्षहरूमा अर्ब रुपैयाँको स्तरमा पुगेको छ । आर्थिक वर्ष २०२४/२५ मा मात्रै बैंकले करिब २ अर्ब ९७ करोड ४९ लाख ७० हजार रुपैयाँ आयकर बुझाएको छ, जुन हालसम्मकै उच्च वार्षि

    • प्रकाशित मितिः असार २९, २०८३
    • ५०५ पटक पढिएको
  • प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच चार घण्टा लामो छलफल

    काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।उनीहरूबीच आइतबार ४ घण्टा लामो छलफल भएको हो । सो छलफलमा समसामयिक राजनीति र सरकारका विभिन्न कामकारबाहीबारे छलफल भएको बताइएको छ ।सभापति लामिछानेले सुकुमवासी समस्या,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सम्बन्ध, पार्टी महामन्त्री चयन लगायतका विषयमा प्रधानमन्त्री बालेनसँग चासो राखेका थिए ।छलफलमा प्रधानमन्त्री बालेनले सरकारले आफ्नो तरिकाले गरिरहेको कामका विषयमा भ्रम फैलाइएको र पार्टी त्यसप्रति सचेत रहनका लागि लामिछानेलाई आग्रह गरेका थिए ।

    • प्रकाशित मितिः असार २९, २०८३
    • ५२१ पटक पढिएको
  • गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङले आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गरेका छन् ।गृहमन्त्री गुरुङले आइतबार नेपालीकी श्रीमतीलाई नागरिकता प्रदान गरेका हुन् । नागरिकता प्राप्तिमा देखिएको समस्या समाधान गर्दै आवश्यक सहजीकरणका लागि गृह मन्त्रालयले पहल गरेको जनाइएको छ ।गृहमन्त्री गुरुङले नागरिकता हस्तान्तरण गर्दै पीडित परिवारलाई राज्यका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताएका छन् । 

    • प्रकाशित मितिः असार २९, २०८३
    • ५६१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.