काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराज भक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका छन् ।मन्त्री श्रेष्ठले शनिबार साँझ स्युचाटारस्थित नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले मुलुकको समग्र विद्युत् प्रणालीको सञ्चालन, ग्रिडको विद्युत् आपूर्ति व्यवस्थापन र छिमेकी मुलुकसँग भइरहेको अन्तरदेशीय विद्युत् खरिद बिक्रीको अवस्थाबारे जानकारी लिएका थिए ।
बाजुरा— बाजुरा जिल्लाको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा भएको अमानवीय व्यवहारको सत्य,तथ्य छानबिन गरी घटना संलग्न अराजक समूहलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।उक्त क्षेत्रको भएको विवादपछि नेपाल भोटे जनजाति सेवा संघ केन्द्रीय कार्यालय बाजुराले शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरिएको हो ।हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका २ थाली गाउँका करिब तीन सय स्थानीयहरू संलग्न भई लाम्पाटा क्षेत्रमा अराजक तवरले गरिएको अमानवीय व्यवहारको घोर निन्दा गरिएको छ । हुम्ली जनताले पु¥याएको क्षतिको निष्पक्ष रूपमा छानबि
काठमाडौं । नेपाली टोलीका ब्याट्सम्यान इशान पाण्डेले अमेरिकाविरूद्धको शुक्रबारको खेलमा अर्धशतक बनाएका छन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्धशतक पूरा गर्दै पाण्डेले ८१ बलमा ८२ रन बनाएका हुन् ।उनले जेठ ४ गते भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए । यो कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा उनको दोस्रो अर्धशतक हो ।लगातार दुई महत्वपूर्ण इनिङ्स खेलेसँगै उनले नेपाली टोलीका भरपर्दा ब्याट्सम्यानका रूपमा आफूलाई स्थापित गर्ने संकेत दिएका छन् ।नेपाली राष्ट्रिय टोलीमा नयाँ अनुहारका र
धनगढी । कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस् भएका छन् ।राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस् भएको जानकारी दिए ।उनका अनुसार बेहोस् हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।उनीहरुलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्
काठमाडौँ । नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र नभइ आन्दोलन हो । नेपालका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । राणा विरोधी सात सालको क्रान्तिदेखि ०४६ को प्रजातान्त्रिक आन्दोलन साथै अन्य नागरिक तहबाट हुने गरेका आन्दोलनमा कांग्रेसले अगुवाइ गरेको छ । कांग्रेसले निरंकुश राणाशासनविरुद्ध लड्यो, पञ्चायतको अन्धकार चिर्ने आन्दोलनको नेतृत्व गर्यो र ०४६ सालको आन्दोलनदेखि २०६२र०६३ को ऐतिहासिक परिवर्तनसम्म जनताको भरोसाको केन्द्र बन्यो । आठ दशक लामो इतिहास बोकेको, करिब चार दशकदेखि सत्ताको पेरिफेरिमा रमाएको कांग्रेस जेनजी विद्रोहपछि बनेको सरकारको प्रमुख प्रतिपक्षमा छ ।तर प्रतिपक्षको भूमिका प्रभावकारी
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ ।त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो । यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस (डिएल) पद्धतिमा २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो भने तेस्रो खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।नेपालली टोलीमा रोहित पौडेल (कप्
सुर्खेत— फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू बसाइँ सर्ने तयारीमा छन्। हाल सुर्खेतको गुर्भाकोटमा बसिरहेका राउटेहरू अब सल्यानतिर सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्।राउटे समुदाय बसाइँ सर्ने निश्चित स्थानको बारेमा अन्य समुदायलाई जानकारी नदिने भएकाले उनीहरू ठ्याक्कै कहाँ सर्न लागेका हुन् भन्ने नखुलाए पनि बस्ती सार्ने तयारी भइरहेको मुखिया शाहीले जानकारी दिए। बसाइँ सर्नका लागि उनीहरू आवश्यक सामान ओसार्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षामा छन्। बिहीबार राउटे बस्तीमा पुग्दा उनीहरू आफ्नो सामान व्यवस्थापनमा निकै व्यस्त देखिन्थे।
बाजुरा— बाजुरा–हुम्ला सीमा क्षेत्र अन्तर्गत हिमाली गाउँपालिका–३ लाम्पाटामा उत्पन्न भएको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ ।बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सर्वदलिय बैठकले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी दोषी माथि कानुनी कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सो क्षेत्रमा सुरक्
काठमाडौं— आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ ।अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । अमेरिका भने उक्त हारको बदला लिने योजनामा छ ।समान २७ खेल खेले पनि अंक तालिकामा नेपाल पाँचौँ स्थानमा छ भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ खेलमा १९ जितसहित ३८ अंक जोडेको छ । नेपालले भने १० खेल जित्दा १५ खेलमा हार बेहोरेर २२ अंकसहि
काठमाडौं— नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ ।फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेमको गहिरो अनुभूतिमा आधारित फिल्म भएको बताए ।उनले भने, ‘यो फिल्म हेरेपछि काजीजस्तो श्रीमान् वा प्रेमी होस् भन्ने चाहना धेरैले गर्नुहुनेछ । काजीले आफ्नी श्रीमतीलाई गर्ने प्रेम अद्भुत छ । अहिलेको पुस्तालाई समेत प्रेमको नयाँ परिभाषा सिकाउने प्रेमकथानक बन्नेमा विश्वस्त छु ।’फिल्ममा ‘काजी’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता विपिन कार्कील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.