समाज

    Showing 761-770 of 6,640 items.
  • आज सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाल सुन शुक्रबार तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 373 पटक पढिएको
  • उपमेयर सुनिता डंगोलको नाम दुरुपयोग गरी ह्वाट्सएप ठगी, पैसा नपठाउन आग्रह

    काठमाडौं— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर प्रयोग गरी ह्वाट्सएपमार्फत ठगी गरिएको घटना सार्वजनिक भएको छ ।नक्कली ह्वाट्सएप एकाउन्ट बनाएर आर्थिक सहयोग मागिएको भन्दै उनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन् ।उपमेयर डंगोलले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त ह्वाट्सएप खाता र प्रयोग गरिएको नम्बर आफ्नो नभएको स्पष्ट पारेकी छन् । स्क्यामरले आफूलाई अप्ठ्यारो परेको बहाना बनाउँदै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको पाइएको छ ।उनका अनुसार यस विषयमा नेपाल प्रहरी र दूरसञ्चार निकायलाई जानकारी गराइसकिएको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ । उ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 371 पटक पढिएको
  • रामेछापका ग्रामीण बस्तीमा मौन स्वास्थ्य संकट, जाँचबाट टाढिँदा नसर्ने रोग बढ्दै

    रामेछाप— पहिला सहरी र आर्थिक रूपमा सम्पन्न वर्गमा मात्र देखिने भनिएका नसर्ने रोग अहिले रामेछापका ग्रामीण बस्तीमा पनि मौन स्वास्थ्य संकटका रूपमा फैलिँदै गएका छन् । तर, रोग पहिचानका लागि नियमित जाँचप्रति स्थानीयको चासो न्यून देखिएको छ ।जिल्लाका ग्रामीण भेगमा सुगर र उच्च रक्तचाप (प्रेसर) का बिरामी उल्लेख्य रूपमा बढ्दै गएका छन् । जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले सुरु गरेको नसर्ने रोगको घरदैलो परीक्षण कार्यक्रमका क्रममा अपेक्षा गरेभन्दा धेरै नागरिकमा यस्ता रोग देखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले बताए ।‘घरदैलो परीक्षण गर्दा अकल्पनीय संख्यामा सुगर र प्रेसरका समस्या भेटिएका छन्,

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 367 पटक पढिएको
  • सिन्धुली अस्पतालमा अब विशेषज्ञ सेवा, एक सय बेडको अस्पताल भवनको मुख्यमन्त्रीले गरे उद्घाटन

    रामेछाप— सिन्धुलीका स्थानीयले अब जिल्लामा नै विशेषज्ञ सेवा पाउने भएका छन्।सिन्धुली जिल्लाका विशेषज्ञ सेवा सहितको एक सय बेडको अस्पताल सुरु भएको छ । एक सय बेडको अस्पताल भवनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले एक कार्यक्रमका बिच उद्घाटन गरे ।भवन उद्घाटन कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य सचिव डा सुमित्रा गौतम लगायतका अधिकारीहरू, राजनीतिक दलका नेताहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले वाग्मती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । बानियाले स्वास्थ्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 365 पटक पढिएको
  • शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन

    काठमाडौं— हाउस अफ फेसन नेपालको बहुप्रतिक्षित प्रतियोगिता ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को भोलि पुस १२ गते शनिवार काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिँदैछ ।आयोजक संस्था हाउस अफ फेसन नेपालले भोलि (शनिवार) बिहान ९ बजेदेखि लैनचौरको होटल मल्लमा आयोजना हुने अडिसन कार्यक्रममा सहभागिता जनाउन इच्छुक प्रतिस्पर्धिहरुलाई हार्दिक अनुरोध गरेको छ ।हाउस अफ फेसन नेपालकी अध्यक्ष ओशिमा बानुले कलाकर्मीलाई दिएको जानकारी अनुसार ‘क्राउन योर कन्फिडेन्स’ भन्ने थीममा आधारित मिसेज भोग नेपालको तेस्रो सीजनका लागि डिसेम्बर २७ का दिन आयोजना हुने अडिसनका लागि निर्णायकहरुको नामावली पनि सार्वजनिक गरिएको छ ।अ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 398 पटक पढिएको
  • प्रचण्ड भन्छन माओका विचार आज पनि सान्दर्भिक छन्

    काठमाडौं— विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता अध्यक्ष माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओका विचार आजको विश्व परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।जन्मजयन्तिको अवसरमा जारी शुभकामना सन्देशमार्फत प्रचण्डले साम्राज्यवाद, नवउदारवाद र पूँजीवादी शोषणका कारण विश्वभर सामाजिक असमानता बढ्दै गएको, राष्ट्रिय सार्वभौमिकतामाथि हस्तक्षेप तीव्र भएको र जनजीवन संकटग्रस्त बन्दै गएको उल्लेख गरेका छन् । यस्तो परिस्थितिमा माओले अघि सारेका विचार, संघर्षको मार्ग र सामाजिक अन्तर्विरोध समाधान गर्ने वैज्ञानिक दृष्टिकोण आज पनि मार्गदर्श

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 357 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस ७ गतेदेखि सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गरेको हो ।कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने क्रममा ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) सामूहिक लगानी कोषका लागि, १० प्रतिशत (१ लाख १५ हजार ५४६ कित्ता) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि र ५ प्रतिशत (५७ हजार ७८८ कित्ता) कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९ लाख २४

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 362 पटक पढिएको
  • पहिले इङ्गित गर्नुहोस्सारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाउने कानुनी बाटो खुला

    काठमाडौं— सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने कानुनी व्यवस्था गरेको छ ।भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको उक्त व्यवस्था गत २७ कात्तिकको राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेको छ ।नयाँ व्यवस्था अनुसार प्रसारण लाइन मुनिको जग्गा कित्ताकाट गर्न पाइने भएता पनि सुरक्षाका मापदण्ड भने यथावत् रहने छन् । प्रसारण लाइनको राइट अफ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 364 पटक पढिएको
  • फागुन २१ को चुनावः मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ ।आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुनेछ । साथै प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी तथा सङ्घीय र प्रदेश सरकारअन्तर्गतका निकाय र पदाधिकारीहरू पनि आचारसंहिताको दायरामा पर्नेछन् ।यसैगरी स्थानीय तहका कार्यपालिका र त्यसका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 374 पटक पढिएको
  • ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

    काठमाडौं—  आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।यस दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकायले विविध सचेतनामूलक र सम्मान कार्यक्रम आयोजना गर्दछन् ।२०५१ साल पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । यसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यबोध गराउ

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 334 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा