काठमाडौं / कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् ।बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र सर्बोच्च अदालतदेखि गृहमन्त्रालयसम्मको आदेशलाई अवज्ञा गरी धादिङ धुनिवेशी नगरपालिकाले गाडि रोकेको जनाएका छन् । राज्यका सबै निकायहरुमा गुहार्दा पनि कसैले नसुनेको भन्दै एकजना कवाड व्यवसायी मुकेश प्रसाद साहले बुधबार पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए । ‘स्क्रयाब हकहित फाउण्डेसन’को टोलीले तत्काल उद्दार गरेर अप्रिय घटना हुनबाट रोकेको फाउण्डेसनका अध्यक्ष सन्जय साहले बताए ।विगत लामो समयदेखि कवाड व्यवसायी विभिन्न ठाउँमा दोहोरो, तेह
काठमाडौं / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था बमोजिम शेयर धितो कर्जा मार्जिन लेन्डिङ प्रवाहमा नयाँ र लचिलो व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले संस्थाको सबलता मूल्याङ्कनका लागि विभिन्न स्पष्ट आधारहरु तय गरेको छ । नयाँ निर्देशन अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सबलता मापन गर्दा उक्त संस्थाको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, संस्था नाफामा रहेको अवस्था र लाभांश वितरणको इत
काठमाडौं— सरकारले नयाँ प्रविधिसहित राहदानी सेवा सुरु गर्दै ४८ घण्टाभित्र पासपोर्ट उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने सेवाग्राहीले १० देखि १३ दिनसम्म कुर्दासमेत राहदानी नपाउने अवस्था देखिएको छ। महँगो शुल्क तिरेर 'आकस्मिक सेवा' रोजेका नागरिकसमेत विभागको ढिलासुस्ती, प्राविधिक समस्या र कर्मचारीको व्यवहारबाट हैरान भएका छन्।परराष्ट्र मन्त्रालयले असार २९ गते जर्मन प्रविधिमा आधारित नयाँ ई–पासपोर्ट प्रणाली लागू गरेको थियो। नयाँ प्रणालीसँगै सेवा छिटो, सुरक्षित र प्रभावकारी हुने दाबी गरिए पनि सुरुआती कार्यान्वयनमै समस्या देखिएको हो।जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाउन समय लाग्ने भएकाले छिटो से
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।मन्त्रालयले एक सूचना जारी गर्दै बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीहरूसँग स्पष्टीकरण माग गरेको हो । मन्त्रालयका अनुुसार सूचना प्रकाशित भएको मितिदेखि १५ दिनभित्र सबै कर्मचारीहरुले आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने छ ।‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा ९१० को खण्ड ९ज० बमोजिम बिदा स्वीकृत नगराई लगातार साठी ९६०० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्थ
काठमाडौं / सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ ।नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै सार्वजनिक प्रयोजनका विद्युतीय यात्रुवाहक सवारीमा ऋण–मूल्य अनुपात बढाएर ८० प्रतिशत पु¥याएको हो । यसअनुसार खरिदकर्ताले कम्तीमा २० प्रतिशत रकम भने आफ्नै स्रोतबाट व्यवस्थापन गर्नुपर्नेछ ।यसअघि सार्वजनिक र व्यक्तिगत दुवै प्रकारका विद्युतीय सवारीमा अधिकतम ६० प्रतिशतसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था थियो । नयाँ व्यवस्थाले भने सार्वजनिक यातायातका विद्युतीय सवारीलाई विशेष सहुलियत दिएको छ
काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा दीर्घकालीन रूपमा अधिक तरलता कायम रहे एक वर्षसम्मको आफ्नै ऋणपत्र एनआरबी बन्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ ।‘नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली, २०७८’ को छैटौँ संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सञ्चालक समितिको स्वीकृतिमा जारी हुने ऋणपत्रको ब्याजदर बैंक तथा वित्तीय संस्थाबीचको बोलकबोलबाट निर्धारण हुनेछ ।राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले बैंकिङ प्रणालीमा लामो समयसम्म थुप्रिएको अतिरिक्त रकम प्रभावकारी रूपमा प्रशोचन गर्न सहयोग गर्नेछ । यसअघि अधिक तरलता व्यवस्थापनका लागि छोटो अवधिका निक्षेप संकलन उपकरण बारम्बार प्रयोग गर्न
मुस्ताङ— मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ ।थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब रु चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो ।भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन
काठमाडौं— स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई लगातार ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अनुसार ती कर्मचारीलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा लिखित जवाफ मागेको हो। सूचनाअनुसार उनीहरू स्वीकृत बिदाबिनै लामो समय कार्यालयमा अनुपस्थित रहेकाले विभागीय कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।मन्त्रालयले तोकिएको अवधिभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न नसके सम्बन्धित कर्मचारीलाई भविष्यमा स्वास्थ्य सेवाका
कञ्चनपुर— जिल्लामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको मृत्युपछि श्रीमान् रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो।
सल्यान। गाउँपालिकाको अनुदान र सहकारीमार्फत बजारको सुनिश्चितताले सल्यानको त्रिवेणी गाउँपालिकामा बाख्रापालन व्यवसायले नयाँ उचाइ लिएको छ। एक वर्षमै २ हजार ५८० वटा खसी बिक्री हुँदा किसानले करिब ५ करोड रुपैयाँ आम्दानी गरेका छन्।‘कृषकको उत्पादन, गाउँपालिकाको अनुदान’ कार्यक्रमअन्तर्गत ८ सय ७८ किसान सहभागी भएका थिए। प्रतिकिलो १२ रुपैयाँ प्रोत्साहन अनुदान सहित किसान र सहकारीलाई करिब ९ लाख ७२ हजार रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ।स्थानीय तहको सहयोग, सहकारीमार्फत बजारीकरण र सुनिश्चित बजारका कारण अहिले युवा र महिलासमेत व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.