काठमाडौं / पशुपतिनाथ मन्दिर परिसरको खुल्ला क्षेत्रमा गीत–भजन गाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक जीवनयापनदेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म अनेक समस्या भोग्नुपरेको बताएका छन् ।उनीहरूले वृद्धभत्ता तथा सर्वसाधारणले दिने सहयोगकै भरमा जीवन चलिरहेको भए पनि त्यसले आधारभूत आवश्यकता समेत पूरा गर्न नसकेको गुनासो गरे । गौरीघाट क्षेत्रमा बस्दै आएकी ‘खगिसरा’ नाम बताउने एक महिलाले पहिले साथीभाइसँगै समूहमा सडक पेटी वा खुल्ला क्षेत्रमा बसेर भजन गाउँदै बस्ने गरेको भएपनि हिजोआज छुट्टाछुट्टै बस्न थालेको बताइन् । उनले भाडा समयमै तिर्न नसक्दा घरधनीबाट गाली खानु
काठमाडौं / काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ ।दुर्घटनामा संलग्न गाडीहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।
विराटनगर / नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् । कुराकानीमा मन्त्री लिंथेपले जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन तथा त्यसबाट सिर्जित प्रशासनिक अवरोधका कारण बजेट कार्यान्वयन प्रभावित भए पनि प्रदेश सरकारले ७० प्रतिशतभन्दा बढी खर्च गर्न सफल भएको बताए ।उनका अनुसार चालु आर्थिक वर्षको खर्च अघिल्ला वर्षको तुलनामा केही कम भए पनि देशका अन्य प्रदेशसँग तु
हेटौंडा / बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ ।निर्णय आजदेखि कार्यान्वयनमा आए पनि मन्त्रीहरूको संख्या भने यथावत् १४ नै कायम रहेपछि सरकारको मितव्ययिता र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको छ । सरकारले मन्त्रालय संख्या घटाएसँगै केही मन्त्री मन्त्रालयविहीन बनेका छन् । तर उनीहरूलाई तत्काल पदमुक्त नगरिने र केही समयका लागि विनाविभागीय मन्त्रीका रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राख्ने तयारी गरिएको स्रोतले जनाएको छ । प्रदेश सरकारका एक मन्त्रीले मन्त्रालय नभए पनि के
काठमाडौं / मनोरञ्जनका साथै सशक्त सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ निर्मित नेपाली कथानक चलचित्र ‘गौँथली’ आज साउन १ गतेदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आएको छ। नेपालभरका २ सयभन्दा बढी ‘शो’ का साथ फिल्मले आफ्नो व्यावसायिक यात्रा सुरु गरेको छ । झन्डै २५ वर्षअघि डा. भोला रिजालले गीतिकथानकका रूपमा निर्माण गरेको ‘गौँथली’लाई यसपटक संवादसहित नयाँ स्वरूपमा उनका छोरा डा। कपिल रिजालले निर्देशन गरेका हुन् । फिल्म हेर्ने दर्शकको चाँप बढेसँगै फिल्म युनिट काठमाडौँका विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिईरहेको छ । सार्वजनिक प्रदर्शनअघि आयोजित प्रिमियरमा फिल्म हेर
काठमाडौं / नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समिति जेएससीको १३औँ बैठकबाट भएका निर्णयलाई स्वागत गर्दै सीमापार विद्युत् प्रसारण क्षमता विस्तारले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने जनाएको छ ।संघले बिहीबार जारी गरेको विज्ञप्तिमा ढल्केबार–मुजफ्फरपुर तथा ढल्केबार–सितामढी ४०० केभी प्रसारण लाइनमार्फत नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट तथा आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पुर्याउने सहमतिले थप ५५० मेगावाट विद्युत् निर्यातको बाटो खुलेको उल्लेख गरेको छ ।संघका अनुसार इनरुवा–पूर्णिया, दोधोधरा
काठमाडौं— आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका चार वटा संसदीय समितिको बैठक बस्दै छ ।शुक्रबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल हुनेछ। बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । ब
काठमाडौं— प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान तथा प्रहरी संगठनबीचको साझेदारीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन ९युएनसीओपिएस० मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले विश्वभरका प्रहरी संगठनबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य विस्तार, प्रविधिको उपयोग, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धि तथा अन्तरदेशीय अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको जानकारी दिएका हुन्।आईजीपी
काठमाडौं— लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै तीन प्रमुख सडकखण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।प्रहरीका अनुसार इलामको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।यस्तै अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलास्थित सालझण्डी–ढोरपाटन सडक खण्ड माथिबाट ढुङ्गा खसेपछि पूर्ण रूपमा बन्द रहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित
काठमाडौं— आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘लज्जावती’ को पहिलो डान्सिङ नम्बर ’दिलको मोटर’ सार्वजनिक गरिएको छ ।राजधानीमा बिहीबार आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा बाबुल गिरी को शब्द तथा संगीत रहेको छ भने सहिमा श्रेष्ठ र रवी ओडले स्वर दिएका छन्।कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। निर्माण टिमका अनुसार डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतको अडियोसँगै भिडियोले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।आहा फिल्म्सको ब्यानरमा क्यानी म
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.