समाज

    Showing 651-660 of 11,160 items.
  • बाल सुधार गृह कारागारजस्तै, न्यायिक ढिलाइले बालविजयकर्ताको भविष्य अन्योलमा

    काठमाडौं / प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले देशका तीन प्रमुख बाल सुधार गृहको स्थलगत अनुगमनपछि त्यहाँ रहेका बालविजयकर्ताको अवस्था अत्यन्तै चिन्ताजनक रहेको निष्कर्ष निकालेको छ ।उपसमितिले भक्तपुर, रूपन्देही र कास्कीस्थित बाल सुधार गृहको अध्ययन गर्दै भौतिक पूर्वाधारको अभाव, उमेर तथा अपराधका आधारमा वर्गीकरण नहुनु, शिक्षा तथा सीपमूलक कार्यक्रमको कमी, न्यायिक प्रक्रियाको ढिलाइ र पुनःस्थापनामा देखिएका समस्यालाई औँल्याएको हो । ४५ दिनको अध्ययनपछि तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्दै उपसमितिकी संयोजक तथा सांसद निनुकुमारी कर्णले बाल सुधार गृहलाई सुधार

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 152 पटक पढिएको
  • दोलखामा पहिरो, एक वृद्ध बेपत्तास चार कर्मचारीको सकुशल उद्धार

    दोलखा। अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोले एक वृद्ध बेपत्ता भएका छन्। पहिरोले स्थानीय बस्ती र जलविद्युत् आयोजनालाई जोखिममा पारे पनि आयोजनामा कार्यरत चार कर्मचारीलाई भने उद्धार टोलीले सुरक्षित स्थानमा पुर्‍याएको छ। खोजीका लागि सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोली परिचालित भएको छ। स्थानीयका अनुसार पहिरोले तामाङलाई बगाएपछि तत्काल खोज तथा उद्धार अभियान सुरु गरिएको हो। मौसम प्रतिकूल रहे पनि बेपत्ता वृद्धको अवस्था पत्ता लगाउन निरन्तर प्रयास भइरहेको छ।यता, पहिरोको जोखिममा परेको नजिकैको जलविद्युत् आयोजनामा कार्यरत चार कर्मचारीलाई भने उद्धार टोलीले सकुशल बाहिर

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 117 पटक पढिएको
  • कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज आइपुग्यो

    काठमाडौं— भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ मल ल्याइएको हो ।मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण हिजो नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक टन युरिया मल बोकेको रेल अब भोलि नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २५ सय मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि भोलि नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रि

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 473 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६८ पैसा र बिक्रीदर १५४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ५६ पैसा र बिक्रीदर १७६ रुपियाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३६ पैसा र बिक्रीदर २०७ रुपियाँ १७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९० रुपियाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ९५ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा तोकिएको छ । राष्ट्र बैंकले क्यानेडिय

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 376 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।देशभर साधारणतया बादल लागेको छ । कोशी र गण्डकी प्रदेशका केहि स्थानमा, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र सुदूरपश्चिमको

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 540 पटक पढिएको
  • हुम्लालगायत चार जिल्लामा टुजी–फोरजी सेवा विस्तार

    काठमाडौं / नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु–याउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नं. २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी का

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 173 पटक पढिएको
  • वाचा पूरा नगरेको भन्दै स्याङ्जामा रास्वपा सांसद रेग्मीलाई पुल तर्न दिएनन् आफ्नै कार्यकर्ता

    स्याङ्जा । निर्वाचनअघि गरेको पुल निर्माणको वाचा पूरा नभएको भन्दै स्याङ्जा–१ का रास्वपा सांसद डा. धनञ्जय रेग्मीलाई आफ्नै मतदाताले पुल तर्न रोकेका छन्।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा स्थानीयले पुल निर्माणको माग गर्दै सांसदको बाटो अवरुद्ध गरेका देखिन्छन्। सांसद रेग्मीले पनि स्थानीयको असन्तुष्टि जायज रहेको स्वीकार गरेका छन्।उनका अनुसार सम्बन्धित क्षेत्रमा पुल निर्माणका लागि योजना प्रस्ताव गरिए पनि अन्तिम बजेटमा समावेश हुन सकेन। त्यसपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले फोनमार्फत उक्त पुल अर्को शीर्षकबाट अघि बढाइने र निर्माण सुनिश्चित गरिने जानकारी दिएको रेग्मीले बताएका छन्।स्थानीयका अनुसा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 200 पटक पढिएको
  • शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै शिक्षा क्षेत्रमा अमेरिकी सरकार कोतर्फबाट प्राप्त सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवद्र्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यबारे छलफल भएको थियो ।अमेरिकाले नेपा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 202 पटक पढिएको
  • सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् । साथै, जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्ने गरी जलस्रोत विधेयकलाई थप परिष्कृत र समयानुकूल बनाउने काम भइरहेको पनि उनले बताएका छन्। मंगलबार सातै प्रदेशका ऊर्जामन्त्रीहरूको सहभागितामा आयोजित ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको स्थलगत अध्ययनबाट सिँचाइ र कृषिलाई सँगै अघि बढाउनुपर्ने आवश्यकता स्पष्ट भएको बताए।उनले भने, ‘स्थलगत निरीक्षण जाँदा लुम्बिनी, कर्णाली र सुदूर

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 169 पटक पढिएको
  • शिक्षा र स्वास्थ्यमा ३५ समता शुल्क हाललाई लागू नहुने: प्रधानमन्त्री बालेन

    काठमाडौं / प्रधानमन्त्री बालेन शाहले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हाललाई लागू नगर्ने निर्णय गरिएको बताएका छन्।मंगलबार सामाजिक सञ्जालमार्फत उनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन गर्दा आमनागरिकले थप आर्थिक भार र निराशा व्यहोर्नुपर्ने देखिएकाले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।उनले भने, ‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३५ समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 149 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.