समाज

    Showing 561-570 of 11,160 items.
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं—  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 535 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं— हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ ।  मधेश तथा कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थ

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 418 पटक पढिएको
  • माटोको ढिस्कोले पुरिँदा १३ वर्षीय बालकको मृत्यु

    दाङ । दाङको राजपुर गाउँपालिका–२ मा माटो उत्खननका क्रममा भएको दुर्घटनामा १३ वर्षीय दीपेश चौधरीको ज्यान गएको छ भने १८ वर्षीय सुमित यादव घाइते भएका छन्।प्रहरीका अनुसार शनिबार राति करिब ९ बजे दुर्गा सामुदायिक वन क्षेत्रमा ट्याक्टरसहित माटो लिन गएका बेला माथिबाट माटोको ढिस्को खस्दा दुवै जना पुरिएका थिए। स्थानीयको सहयोगमा उद्धार गरी लमही अस्पताल पुर्‍याइए पनि चिकित्सकले दीपेशलाई मृत घोषणा गरेका थिए। घाइते सुमितको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ।घटनापछि ट्याक्टर चालक २८ वर्षीय रामप्रताप यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा चालकले माथिबाट ढिस्को खसेर घटना भएको दाबी गरेक

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 272 पटक पढिएको
  • सुन्दरीजलमा ३० किलो गाँजासहित दुई जना पक्राउ

    काठमाडौं।  देशका विभिन्न जिल्लामा लागूऔषधविरुद्ध प्रहरीले एकै रात सञ्चालन गरेको अपरेशनमा ठूलो परिमाणमा गाँजा बरामद हुनुका साथै तीन जना पक्राउ परेका छन्। काठमाडौं, पर्सा र मोरङमा भएका छुट्टाछुट्टै कारबाहीले लागूऔषध तस्करी र ओसारपसारविरुद्ध सुरक्षा निकायले निगरानी कडा बनाएको संकेत दिएको छ।काठमाडौंको सुन्दरीजल क्षेत्रमा प्रहरीले मोटरसाइकलमा गाँजा ओसार्दै गरेका दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट करिब ३० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि प्रहरी वृत्त बौद्धमा लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।उता पर्साको छिपरमाई गाउँपालिका–१ मिर्जापुर स्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 56 पटक पढिएको
  • प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रहः ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

    काठमाडौं— अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन् ।अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिएको बताए ।‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ । त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने । उनले

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 565 पटक पढिएको
  • एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    काठमाडौं— सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ ।यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङस्थित घार गुम्बाको तस्वीर समेटिएको डिजाइन स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । तर मन्त्रिपरिषद्ले उक्त प्रस्ताव फिर्ता गर्दै परिमार्जित डिजाइन तयार गर्न निर्देशन दिएपछि नयाँ डिजाइनमा आकाश भैरवको चित्र समावेश गरिएको हो ।नेपाल राष्ट्र बैंक ऐनअनुसार कुनै पनि नोट वा सिक्काको नयाँ डिजाइन वा डिजाइन परि

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 559 पटक पढिएको
  • सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 401 पटक पढिएको
  • २४ वर्षदेखि रोकिएको सम्यक महादानको स्मरणमा साउन १३ गते दिपंकर बुद्धको शोभायात्रा

    काठमाडौं— हरेक १२ वर्षमा आयोजना हुनुपर्ने तर पछिल्ला २४ वर्षदेखि हुन नसकेको सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौंमा दिपंकर तथागत बुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम आयोजना गरिने भएको छ ।गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका–२७ स्थित महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको तयारीका लागि आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएका थिए । उनीहरूले कार्यक्रमको सफल व्यवस्थापनका लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 614 पटक पढिएको
  • आज डा.केसी र सरकारबिच वार्ता हुँदै

    धनगढी— धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा।जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य सचिव सदस्य रहेका छन् । संयोजक अग्रवाल सहित सरकारका तीनै जना प्रतिनिधिले शनिबार डा. केसीलाई सामान्य भेटे पनि औपचारिक वार्ता भने आज हुनेछ । डा. गोविन्द केसीका स्वास्थ्य सहयोगी डा। अमृत जैसीका अनुसार शनिबार सरकारी टोलीले केसीसँग सामान्य भेट मात्रै गरेका थिए । औपचारिक वार्ता (आज) आइतबार हुने उनले बताए । केसीको तर्फबाट स्पष्ट माग अघि बढिसकेकाले सरकारी टोली त्यसमा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 458 पटक पढिएको
  • लागूऔषध सहित चार जना पक्राउ

    काठमाडौं— लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।चन्द्रागिरी नगरपालिका—२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका—४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१—००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, भीमफेदी गाउँपालिका—२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५३ ट्याब्लेटसहित काठमाडौं कीर्तिपुर नगरपालिका—९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.