काठमाडौं / अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूची सार्वजनिक गरेको छ ।यस वर्षको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट होटल बन्दै पहिलो स्थान ओगट्न सफल भएको छ । विश्वभरका प्रसिद्ध र ऐतिहासिक होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको यो रिसोर्टले विश्वको सर्वोच्च विलासी गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको हो । कालीगण्डकी नदीको तटमा अवस्थित यस रिसोर्टको परिकल्पना प्रख्यात ‘म्याक्सिमलिस्ट’ डिजाइनर बिल बेन्स्लीले गरेका हुन् ।परम्परागत बा
काठमाठौं / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह तथा पार्टीका नेता वीरेन्द्र केएमले आज सोमबार गृहमन्त्री सुधन गुरुङलाई भेटघाट गरी छलफल गरेका छन् । उनिहरुले भेटघाटको क्रममा घटनाको सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको बताए । उनीहरुले घटनाप्रति सरकारको विशेष ध्यानाकर्षण गराइएका हुन् । दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितले न्
रामेछाप / रामेछापको सेलेघाटदेखि ओखलढुङ्गाको सिमाना साँघुटारसम्म निर्माणाधीन सडक आयोजना निर्माण व्यवसायीको चरम लापरबाहीका कारण अलपत्र परेको छ । निर्माण कार्य कछुवा गतिमा हुँदा सडक किनारका बस्ती, खेतीयोग्य जमिन र स्थानीयको जनजीवन नै जोखिममा परेको भन्दै स्थानीयवासीले तत्काल काम अघि बढाउन माग गरेका छन्। रामेछापको मन्थली नगरपालिका–६ स्थित सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित साँघुटार बजारसम्म पुग्ने करिब ५२ किलोमिटर लामो सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो। आयोजनाको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड टीसीआईएलले पाएको भएपनि कम्पनील
काठमाडौं / सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति,संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् ।मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी हुन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिइन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन तथा शान्ति स
काठमाडौं / मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले यात्रुवाहक बस, मालवाहक सवारीसाधन तथा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन् । करिब ५० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रमा पहिरो खसेपछि सडक सञ्चालनमा कठिनाइ भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । जेसीबीमार्फत पहिरो पन्छाउने प्रयास भइरहे पनि माथिबाट लगातार पहिरो खसिरहेकाले काम प्रभावित भएको छ । अवस्था नियन्त्रणमा लिन थप जेसीबी र जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ ।सडक डिभिजन कार्यालयका अनुसार
काठमाडौं / नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ ।विभागले सोमबार एक सूचना जारी गर्दै प्रतिबन्धित सामानहरूको अनधिकृत पैठारी, भण्डारण र बिक्री वितरण गर्ने कार्य गैरकानुनी भएको भन्दै सबै सरोकारवालाहरूलाई सचेत गराएको हो । निकासी पैठारी नियन्त्रण ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम सरकारले विभिन्न समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी केही वस्तुहरूको आयात र निर्यातमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएको छ । विभागका अनुसार वि.सं. २०७६/०३/०२ र २०७६/१२/२४ लगायतका विभिन्न मितिहरूमा राजपत्रमा सूच
काठमाडौं / साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।प्रदर्शनको १० औं दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल चलचित्रको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क ‘सिनेपाः बक्सअफिस’ प्रणालीका अनुसार साउन १ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले १० दिनको अवधिमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको छ ।प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको व्यापारिक आँकडासँगै चलचित्र हेर्ने दर्शकको संख्या पनि निकै उत्साहजनक द
काठमाडौं / सानिमा बैंक लिमिटेडको वितरणयोग्य नाफा उल्लेख्य रूपमा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड रुपैयाँभन्दा बढी थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३४ दशमलव ६६ प्रतिशतले वृद्धि भएको हो । बैंकको खुद नाफामा समेत उल्लेख्य सुधार देखिएको छ ।अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी खुद नाफा
काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य सडक दूरी छोट्याउनु, इन्धनको खपत घटाउनु तथा यात्रालाई सुरक्षित र सहज बनाउनु रहेको बताएका छन् ।सोमबार नागढुंगा सुरुङमार्ग उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले सुरुङमार्ग निर्माणको आवश्यकता सडकको दूरी, सवारीसाधनको चाप भायबिलिटी र भौगोलिक जोखिमका आधारमा निर्धारण हुने बताए । उनले लामो दूरी घुमेर यात्रा गर्दा इन्धनको बढी खपत हुने भएकाले सुरुङमार्गले यात्रा छोट्याएर इन्धन तथा यातायात लागत बचत गर्ने उल्लेख गरे । उनका अनुसार सुरुङमार्गले समयको बचतसँगै यातायातलाई थप प्रभावकारी बन
जनकपुर / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् ।सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए । उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए ।मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.