समाज

    Showing ५२१-५३० of ११,१६२ items.
  • त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई पक्राउ

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साको वीरगञ्ज बस्दै आएका बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई वीरगञ्जबाट पक्राउ गरिएको हो।गत शुक्रबार सञ्चालन भएको व्यवस्थापन संकायतर्फको ‘संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसअघि यही प्रकरणमा साउन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ५२७ पटक पढिएको
  • माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन

    काठमाडौं— लघुवित्त पीडितहरूले आफूलाई न्याय दिलाउनुपर्ने माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा सामूहिक आमरण अनसन सुरु गरेका छन्। यसलाई सामाजिक न्यायको आन्दोलनको रूपमा व्याख्या गर्दै उनीहरूले सबै पीडित बचतकर्तालाई समान रूपमा बचत रकम फिर्ता गराउन सरकारसँग माग गरेका छन्।आन्दोलनकारीहरूको भनाइमा, बचतकर्ताको रकम सुरक्षित रूपमा फिर्ता हुने सुनिश्चितता हुनुपर्ने, दोषीमाथि आवश्यक कानुनी कारबाही गरिनुपर्ने तथा पीडितहरूले न्याय पाउने वातावरण सिर्जना गरिनुपर्ने प्रमुख मागहरू रहेका छन्।

    • प्रकाशित मितिः साउन १२, २०८३
    • ५४० पटक पढिएको
  • मोरङमा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोगमा प्रतिबन्ध

    विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि कार्यक्रममा डिजेको प्रयोग गर्न वा गराउन निषेध गरिएको हो ।कार्यालयले जारी गरेको सूचनाको उल्लङ्घन गरी कसैले डिजेको प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण जिल्लावासीलाई सूचनाको पालना गर्न

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २०० पटक पढिएको
  • प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो: हरिवंश

    काठमाडौं / हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे । मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आचार्यले अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारिएका व्यक्तिहरू मानव बेचबिखनको जोखिममा परिरहेको बताए ।‘आजको परिस्थितिमा चेलीबेटी बेचबिखनमा मात्र संसार सीमित छैन । चेलीबेटी बेचबिखनभन्दा पनि मानव बेचबिखनका

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २६३ पटक पढिएको
  • प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्तावमाथि छलफल

    काठमाडौं / राष्ट्रियसभाका सांसदहरुले सामाजिक सञ्जाललाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय सन्धी सम्झौंतालाई मध्यनजर राखेर कानुन निर्माण गर्नुपर्ने बताएका छन् । राजधानीमा मंगलबार महिला, कानुन र विकास मञ्च एफडब्लुएलडीले आयोजना गरेको प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बोधनसम्बन्धी राष्ट्रियसभाबाट पारित संकल्प प्रस्ताव सम्बन्धमा भएको प्यानल छलफल कार्यक्रममा उक्त कुरा बताइएको हो । राष्ट्रियसभाबाट असार १७ गते सर्वसम्मत पारित संकल्प प्रस्तावकी प्रस्तावक रेणु चन्दले अभिव्यक्ति स्वतन्त्रताको महत्वपूर्ण माध्यम बनेको सामाजिक सञ्जाल नियमन गर्ने कानुन निर्माण नगर्ने हो भने विकराल समस्या उत्पन्न हुने

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २८० पटक पढिएको
  • मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक: आईजीपी कार्की

    काठमाडौं / प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले मानव बेचबिखनको बदलिँदो र जटिल बन्दै गएको स्वरूपलाई नियन्त्रण गर्न राज्य, सुरक्षा निकाय, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायबीच समन्वित र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत स्वरूपमा मात्र सीमित नरहेको बताए । उनका अनुसार विगतमा मानव बेचबिखन मुख्यतः यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता गतिविधिमा केन्द्रित भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप प्रविधिमा आधारित अपराधतर्फ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २२८ पटक पढिएको
  • निर्वाचन आयोगको स्वतन्त्रता र प्रभावकारितामा जोड

    काठमाडौं / संसदीय सुनुवाइ समिति संयुक्तको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले ओखलढुङ्गा र डा. राजीव सुब्बा काठमाडौंसँग संसदीय सुनुवाइ गरिएको छ ।बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगको भूमिका निर्वाचन सञ्चालनमा मात्र सीमित नभई संस्थागत रूपमा अझ सुदृढ र स्वतन्त्र बनाउनुपर्नेमा जोड दिए । परिवर्तनसँगै आयोगको कार्यशैलीमा पनि नयाँ सुधार आवश्यक रहेको उनको भनाइ थियो ।उनले भने, ‘निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका रूपमा व

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २२७ पटक पढिएको
  • घर बनाउने योजना छ ? नबिल बैंकले ल्यायो लचिलो आवास कर्जा योजना

    काठमाडौं / घर निर्माण वा घर खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल हाउजिङ लोन’ योजना प्रवद्र्धन गरेको छ । बैंकले आफ्ना ग्राहकलाई आवश्यकताअनुसार लचिलो वित्तीय सुविधा उपलब्ध गराएर घरको सपना साकार बनाउन सहयोग गर्ने जनाएको छ । बैंकका अनुसार नबिल हाउजिङ लोनमार्फत ग्राहकले घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी अन्य आवश्यकताका लागि कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता र वित्तीय क्षमतालाई ध्यानमा राखेर कर्जा योजना तयार गरिएको बैंकले जनाएको छ ।बैंकले घर स्वामित्वको योजना बनाइरहेका व्यक्तिहरूलाई सहज र व्यवस्थित वित्तीय समाधान प्रदान गर्ने उद्देश्यका साथ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १९३ पटक पढिएको
  • विज्ञापन प्रसारणअघि बोर्डबाट परीक्षण अनिवार्य

    काठमाडौं / विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा स्वीकृति प्राप्त नगरी कुनै पनि श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।बोर्डले सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यममार्फत बोर्डको पूर्वस्वीकृतिबिना विज्ञापन सामग्री प्रसारण भइरहेको पाइएको जनाएको हो । बोर्डका अनुसार कतिपय विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना तथा चेतावनीमूलक सन्देशजस्ता अनिवार्य विवरण उल्लेख नगरिएको पाइएको छ । साथै, केही विज्ञापनमा तथ्यहीन, अतिरञ्जित तथा उपभोक्तालाई भ्रममा पार्ने प्रकृतिका विषयवस्तु समेत समावेश भएको बोर्डले जनाएको छ ।बोर्डले यस्ता सामग्री प्रचलित

    • प्रकाशित मितिः साउन १२, २०८३
    • १७१ पटक पढिएको
  • भारतीय जेलमा रहेका दुई नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

    काठमाडौं / नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो । सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए । उनीहरू विगत २० दिनदेखि भ

    • प्रकाशित मितिः साउन १२, २०८३
    • २६४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.