काठमाडौं / नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन् ।देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूको ठूलो टोली विमानस्थल पुग्ने तयारी रहेको छ । देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए । त्यहाँको उपचारपछि चैत ७ गते थप उपचारका लागि हङकङ पुगेका थिए । उनी थाइल्याण्ड हुँदै नेपाल फर्कन लागेका हुन् ।
काठमाडौं / आज विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । आज विश्वभर युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो । हरेक वर्ष अगस्ट १३ तारिकको दिन विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवसमार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । यस दिवस सन् २०१७ बाट मनाउन सुरु गरिएको हो । काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाउने गरिएको हो ।
काठमाडौं / राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बस्ने भएको हो । बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडौं / अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा आयोजित ‘फरक सन्दर्भ, साझा आकांक्षा’ विषयक प्यानल छलफलमा युवाका रोजगारी, मानसिक स्वास्थ्य, राजनीतिक नेतृत्व, संसद्को मर्यादा र पछिल्ला युवा आन्दोलनलगायतका विषयमा बहस भएको छ ।एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखिएका समस्या विकासोन्मुख तथा अल्पविकसित मुलुकहरूमा समेत समान रहेको बताए । उनले दक्षिण एसियाका नेपाल, बंगलादेश र श्रीलंकाको शिक्षा प्रणाली, स्वास्थ्य, रोजगारी तथा युवालाई उपलब्ध गराइने अवसरका विषयमा राज्यको भूमिका महत्वपूर्ण हुने बताए । राज्
काठमाडौं— उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा कालोबजारी गर्ने पेट्रोलपम्प, ढुवानी ट्याङ्कर तथा ग्यास डिलरको इजाजत खारेज गर्नेसम्मको कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।सिंहदरबारमा आयोजित ‘अत्यावश्यक दैनिक खाद्यवस्तुको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’ कार्यक्रममा समितिका सभापति रहबर अन्सारीले कालोबजारीमा संलग्न जोकोहीलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए।सभापति अन्सारीले पेट्रोलियम पदार्थसम्बन्धी ऐन तथा कालोबजारी नियन्त्रणसम्बन्धी विधेयक तयार गर्न आवश्यक तयारी अघि बढाउन उद्योग, वा
काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताएकी छन्।बुधबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल गरिएको छ । बैठकमा मन्त्री बादीले मन्त्रालयले विशेष संरक्षण आवश्यक भएका बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको अधिकार, सुरक्षा, मर्यादा र पुनःस्थापनालाई प्राथमिकतामा राखेको बताइन्।उनले भनिन्, ‘विशेषगरी बाल सुधारगृहको व्यवस्थापनका सम्बन्धमा
काठमाडौं / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ।सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो। उनलाई हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
काठमाडौँ / सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारेका छन् ।बुधबार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्ण पालना गरेर खरिद प्रक्रिया अघि बढाइएको बताए ।उनले भने,‘सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ लाई पूर्ण रूपमा पालना गरेर खरिद गरिएको छ । अहिलेसम्म खरिद प्रक्रियाविरुद्ध सार्वजनिक खरिद अनुगमन कार्यालय वा सशस्त्र प्रहरी बलमा कुनै पनि लिखित वा मौखिक निवेदन तथा उजुरी परेको छैन ।’उनले आर्थिक वर्ष २०८२/८३
भैरहवा / नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायुयानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन बमोजिम निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरुप मंगलबार देखि उडान प्रशिक्षण सुरु गरेको हो । निगमका अनुसार आफ्ना फस्र्ट अफिसर पाइलट हरुलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फ्लाइट गराउन लागिएको हो । यो प्रशिक्षण कार्यक्रम साउन २७ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता इन्जिनियर कुमार सुजखुले प्रेस विज्ञप्ति जारी
काठमाडौं / नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाली स्टार्टअप ट्रेलम्यापरले संरचित तथ्यांक (डेटा)को प्रयोगबारे विशेष प्यानल छलफल आयोजना गरेको छ ।द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरबाट इन्क्युबेट भएको ट्रेलम्यापरले जुलाई ३१ मा काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटलमा ‘संरचित तथ्यांकले नेपालको पर्यटनलाई कसरी अझ सुरक्षित र स्मार्ट बनाउन सक्छ रु’ विषयक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पर्यटन, संरक्षण, विपद् व्यवस्थापन, शिक्षा तथा सञ्चार क्षेत्रका करिब ३५ प्रतिनिधिको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुधन सुबेदी,
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.