समाज

    Showing 3,431-3,440 of 11,162 items.
  • राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन् ।चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् ।राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए । यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 460 पटक पढिएको
  • आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै

    काठमाडौं— चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । यस पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।धार्मिक मान्यताअनुसार त्रेता युगमा श्री रामचन्द्रको जन्म अयोध्याका राजा दशरथ र महारानी कौसल्याको सुपुत्रका रूपमा चैत्र शुक्ल नवमीकै दिन भएको थियो । उनलाई विष्णुको सातौँ अवतार मानिन्छ ।पुनर्वसु नक्षत्रमा जन्मिएका रामचन्द्रको कुण्डलीमा चन्द्रमासँग वृहस्पति रहेको कर्कट लग्नको योग परेको उल्लेख छ भने सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहेको दुर्लभ योग पनि परेको विश्वास गरिन्छ ।वासन्तीय नवरात्रको नवमीका द

    • प्रकाशित मितिः चैत १३, २०८२
    • 564 पटक पढिएको
  • नेप्से परिसूचक १४ अङ्कले बढ्यो

    काठमाडौं— यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो ।आज ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।बैंकिङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 504 पटक पढिएको
  • सुनकोसी कटानको जोखिममा विश्वामित्र गुफा

    रामेछाप— सुनकोसी किनारमा रहेको धार्मिक तथा ऐतिहासिक विश्वामित्र गुफा सुनकोसी नदी कटानको जोखिममा परेको छ ।रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम स्थित सुनकोसी नदी किनारमा रहेको गुफा धार्मिक तथा ऐतिहासिक दृष्टिले निक्कै महत्वको रहेको छ।गुफामा विश्वामित्र ऋषिले तपस्या गरी सूर्य भगवानबाट गायत्रीमन्त्र प्राप्त गरेको विश्वास गरिन्छ । त्यसैले गुफालाई गायत्रीमन्त्र प्रादुर्भाव भएको गुफाको रूपमा लिइन्छ ।विश्वामित्र ऋषिले आदिर्लिङ्ग कुशेश्वर महादेव मन्दिरमा पूजा गरी यही गुफामा तपस्या गरेर बस्ने गर्दथे र जाडोको बेलो गुफा भन्दा माथि राकाथुमको चापाडीमा रहेको ढुङ्गामा गएर घाम ताप्ने र गर्मीको रातमा सोही ढ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 474 पटक पढिएको
  • लुम्बिनी विकास बैंकद्वारा रौतहटको विद्यालयलाई ‘स्यानिटरी प्याड भेन्डिङ र डिस्पोज’ मेसिन सहयोग

    रौतहट— लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहटको गरुडा नगरपालिकास्थित नमुना माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।बैंकको गरुडा शाखाले विद्यालयमा अध्ययनरत करिब १२ सय छात्राहरूको स्वास्थ्य र रजस्वला स्वच्छतालाई ध्यानमा राख्दै ‘स्यानिटरी प्याड भेन्डिङ’ र ‘स्यानिटरी प्याड डिस्पोज’ मेसिन हस्तान्तरण गरेको हो ।एक विशेष कार्यक्रमका बीच बैंकका गरुडा शाखा प्रबन्धक सुबोध कोइरालाले विद्यालयका प्रधानाध्यापक प्रभु राउत पटेललाई उक्त मेसिनहरू हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा बोल्दै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवालले समाजमा रहेका विभिन्न संघ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 540 पटक पढिएको
  • काठमाडौं विश्वविद्यालयमा बीएफए समूहको कला प्रदर्शनी हुँदै

    काठमाडौं— काठमाडौं विश्वविद्यालय (केयू), स्कूल अफ आर्ट्सको कला तथा डिजाइन विभागले सन् २०२६ का लागि बीएफए प्रदर्शनी ‘अवधारणा’ आयोजना गर्न लागेको छ। यो प्रदर्शनी स्नातक तहका विद्यार्थीहरूको अन्तिम परियोजना प्रस्तुत गर्ने विशेष अवसर हुनेछ।सन् २०२२–२०२६ समूहका ३६ विद्यार्थीले आफ्नो सिर्जनात्मक कला र डिजाइन परियोजना प्रदर्शनीमा राख्ने आयोजकले जानकारी दिएका छन्। प्रदर्शनीमा ग्राफिक कम्युनिकेसनतर्फ २३ र स्टुडियो आर्टतर्फ १३ जना विद्यार्थीले आफ्ना विविध र आकर्षक कला परियोजनाहरू दर्शकका लागि प्रस्तुत गर्नेछन्।आयोजकले बताएका अनुसार, यो प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मक यात्रा देखाउने मात्र होइन, क

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 537 पटक पढिएको
  • अदालत भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य

    सप्तरी— सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई अदालत परिसर भित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य गरिएको छ । अदालत प्रशासनद्वारा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । केही दिनयता अदालत परिसरमा अनावश्यक व्यक्तिहरूको भीड बढ्दै गएपछि सुरक्षा चुनौती बढेकोले यस्तो व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । चोरीजस्ता घटनासमेत बढ्न थालेपछि अदालत प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको जनाएको छ ।अदालत प्रशासनद्वारा जारी सूचनामा भनिएको छ,’अब अदालत परिसरमा प्रवेश गर्न सबैले अनिवार्य रूपमा परिचयपत्र  वा सम्बन्धित कागजात देखाउनु पर्नेछ ।’प्रवेशका लागि तोकिएको स्था

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 491 पटक पढिएको
  • इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने चेतावनीः सडक संघर्ष जारी रहने

    काठमाडौं— सुर्खेतकी इनिशा विक हत्या प्रकरणमा अनुसन्धान ढिला भएको र दोषीलाई अहिलेसम्म कारबाही नगरीएको भन्दै संघर्ष समितिले कडा असहमति जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्यहरूले घटनामा किटानी जाहेरी दिँदासमेत नलिने र हत्यारालाई बचाउने प्रयास भइरहेको बताएका छन्।अभियन्ता जीवन तिरुवाले भने, “महिलाहरूको न्यायका लागि निरन्तर संघर्ष आवश्यक छ। इनिशाले न्याय नपाएसम्म उनको शव उठाइने छैन।” उनले राज्यले पीडितलाई न्याय नदिने अवस्था रहँदासम्म संघर्ष समिति निरन्तर आन्दोलनमा रहने चेतावनी दिइन्।समितिले भोलि, चैत्र १३ गते शान्तिपूर्ण आन्दोलन गर्ने योजना बनाएको छ। उनीहरूले बलात्कारपछ

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 537 पटक पढिएको
  • एसईईमा मधेश प्रदेशबाट ८७,५९१ जना विद्यार्थी सहभागी हुने

    जनकपुर— यस वर्षको एसईई परीक्षामा मधेश प्रदेशबाट जम्मा ८७,५९१ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।मेधश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशद्वारा बिहीबार जनकपुरधाममा आयोजित एसईई २०८२ संचालन÷व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय एकदिने अभिमुखिकरण कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार मधेश प्रदेश भरिका १३१६ वटा विद्यालयका जम्मा ८७,५९१ जना विद्यार्थीहरु यस वर्ष परीक्षामा सहभागी हुने भएको छ ।निर्देशनालय निर्देशक महेन्द्र महतोले प्रस्तुत गरेको विवरण अनुसार यस वर्ष सप्तरीबाट १६२ वटा विद्यालयका जम्मा ९२७६ जना विद्यार्थीहरु एसईई दिने भए

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 562 पटक पढिएको
  • नयाँ संसद्, नयाँ सुरुवातः शपथका लागि सिंहदरबारतर्फ सांसदहरूको लर्को

    काठमाडौं— फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारतर्फ जुट्न थालेका छन्। दिउँसो २ बजे तय गरिएको कार्यक्रमका लागि बिहानैदेखि सांसदहरूको आवागमन तीव्र बनेको छ।यसपटक प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद निर्वाचित भएका छन्। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट यसअघि नै शपथ लिइसकेका छन् र आज बाँकी सदस्यहरूलाई उनले नै पद तथा गोपनीयताको शपथ गराउनेछन्।संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख चयन नभएसम्म सभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ, जसअनुसार आजको शपथ प्रक्रिया अघि बढ्न लागेको हो।भदौ २३–२४ को जेनजी विद्रो

    • प्रकाशित मितिः चैत १२, २०८२
    • 545 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.