काठमाडौं— काठमाडौं विश्वविद्यालय (केयू), स्कूल अफ आर्ट्सको कला तथा डिजाइन विभागले सन् २०२६ का लागि बीएफए प्रदर्शनी ‘अवधारणा’ आयोजना गर्न लागेको छ। यो प्रदर्शनी स्नातक तहका विद्यार्थीहरूको अन्तिम परियोजना प्रस्तुत गर्ने विशेष अवसर हुनेछ।
सन् २०२२–२०२६ समूहका ३६ विद्यार्थीले आफ्नो सिर्जनात्मक कला र डिजाइन परियोजना प्रदर्शनीमा राख्ने आयोजकले जानकारी दिएका छन्। प्रदर्शनीमा ग्राफिक कम्युनिकेसनतर्फ २३ र स्टुडियो आर्टतर्फ १३ जना विद्यार्थीले आफ्ना विविध र आकर्षक कला परियोजनाहरू दर्शकका लागि प्रस्तुत गर्नेछन्।
आयोजकले बताएका अनुसार, यो प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मक यात्रा देखाउने मात्र होइन, कला र डिजाइनमा नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्नेछ।






































