समाज

    Showing ३,३०१-३,३१० of ११,१६२ items.
  • मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

    काठमाडौं— मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न एक प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची शितगंगा नगरपालिका–५ निवासी ३० वर्षीय शिवबहादुर सारु रहेका छन्।मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनलाई साउदी अरबबाट फ्लाई दुबइमार्फत नेपाल फर्कने क्रममा अध्यागमन कार्यालयको समन्वयमा नियन्त्रणमा लिएको हो।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, सारुले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडितसँग सम्पर्क गरी आर्थिक प्रलोभन देखाउँदै ग्राहक खोज्ने र विभिन्न होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको खुलेको छ।उनीविरुद्ध मानव

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ४९५ पटक पढिएको
  • हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न पत्राचार

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोकी पठाउन पत्रचार गरेको छ ।मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि कार्यालय र अस्पताल र निकायलाई फोकल पर्सन तोकेर पठाउन परिपत्र गरेको हो ।मन्त्रालयले सरकारको एकसय कार्यसूचीहरूमध्ये २५ नम्बरमा रहेको हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक सरकारको प्लेटफर्मको रुपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति रियल टाइममा अनुगमन गर्ने नीतिअनुसार फोकल पर्सन तोक्ने निर्देशन दिएको हो ।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ५५५ पटक पढिएको
  • चलचित्र विकास बोर्डमा आर्थिक अनियमितता नभएको अध्यक्ष डिसीको दाबी

    काठमाडौं— चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्।बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी गरे । उनले भने, ‘मैंले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम १५ मिनेटमै हुने गरेको छ ।’कार्यक्रममा उनले हालै सञ्चारमाध्यममा आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति पनि आपत्ति जनाए । उनले बोर्डले राज्यकोष दोहन गरेको वा ४०–४५ लाख रुपैयाँ फजुल खर्च गरेको भन्ने समाचारहरू तथ्यमा आधारित नभएको बताए ।उनले भने, ‘चलचित्र विका

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ५५० पटक पढिएको
  • सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य

    काठमाडौं— ललितपुर क्षेत्र नम्बर २ स्थित ग्वार्को चोक नजिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।बिहीबार एक विशेष कार्यक्रमको आयोजनागरी उक्त कार्यालयको उद्घाटन गरिएको हो ।कार्यालय उद्घाटनपछि सांसद खरेलले चुनावमा जनतासँग नजिक हुने र चुनाव जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य गर्ने उद्देश्यले सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको बताए । अब कार्यालय उद्घाटन भएसँगै जनतासँग प्रत्यक्ष नियमितरुपमा जोडिने, सम्पर्क र सम्बन्ध बनाउने साथै कुराकानी गर्ने उनको भनाई छ ।उनले भने,‘चुनावमा आउने र चुनाव सकिएपछि र जितेपछि सांसदहरु हराउने प्रथाको अन्त्य हुनुपर्छ भन्ने ल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ५४० पटक पढिएको
  • उच्च इन्धन लागत र अन्तर्राष्ट्रिय संकटबीच हवाई सेवा सञ्चालनमा चुनौतीः अध्यक्ष बस्नेत

    काठमाडौं— बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालको पर्यटकीय सिजनमा प्रत्यक्ष प्रभाव परेको बताएका छन् ।विदेशी पर्यटकहरूले पूर्वबुकिङ गरेका हवाई टिकटहरू समेत धमाधम रद्द भइरहेकाले पर्यटन तथा हवाई सेवा क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको बताए ।यसैगरी बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालै हवाई इन्धन शुल्कमा भएको वृद्धि अप्रत्याशित मात्र नभई अहिलेसम्मकै उच्च रहेको जनाएको छ ।स्वचालित रूपमा भएको इन्धन मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव हवाई भाडादरमा परेको विज्ञप्तिमा उल्लेख छ । साथै, वर्तमान अवस्थामा गरिएको भाडा समायोजन प्रचलित नियमअनुसारक

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ५२४ पटक पढिएको
  • सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन

    काठमाडौं— नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न तथा सूचना प्रवाहलाई एकरूप र पारदर्शी बनाउन सरकारी सञ्चार माध्यममार्फत मात्रै सूचना प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ ।कार्यालयको चैत १८ गतेको सचिवस्तरीय निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सार्वजनिक निकायलाई यस्तो व्यवस्था लागू गर्न अनुरोध गरिएको हो ।अब सार्वजनिक खरिदलगायतका सबै सूचना प्रकाशन वा प्रसारण गर्दा गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै सीमित गर्नुपर्ने उल्लेख गरिएको छ ।निर्देशनमा सरकारी वा सार्वजनिक कोषबाट

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ४८४ पटक पढिएको
  • काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

    काठमाडौं— काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चा

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ५५० पटक पढिएको
  • पुराना सुनका गहनाहरू पुनर्निर्माणमा युवा आकर्षणः मासिक २१ सय डलरसम्म आम्दानी

    एजेन्सी— युवा पुस्ताका चिनियाँ सुनारहरूले पुराना सुनका गहनाहरू पुनर्निर्माण गर्ने कामलाई प्राथमिकता दिएका छन् ।सांघाईमा सुनको पुनर्निर्माणको बढ्दो लोकप्रियताले सुनारहरूको नयाँ पुस्तालाई जन्म दिएको छ । जसले परम्परागत शिल्पकलालाई आधुनिक सौन्दर्यशास्त्र र रचनात्मकतासँग जोडिरहेका छन्।सुनको मूल्य उच्च रहँदा पुरानो सुनलाई पगाल्नु र यसलाई गहनाको मौलिक टुक्रामा परिणत गर्नु धेरै मानिसहरूको लागि किफायती विकल्प बनेको छ।सुनको काममा व्यस्त ली जियायी भन्छन्,‘मलाई सुनको पुनर्निर्माण पेशा साँच्चै मन पर्छ। जब म ग्राहकलाई सुन्दर ढंगले बनाइएको टुक्रा दिन्छु र उनीहरूको आँखामा प्रशंसा देख्छु, म त्यो क्षणको आनन्द ल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ४८० पटक पढिएको
  • मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्ताहरूलाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।आज बिहानैदेखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राखिरहेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेका सर्वसाधारणले प्रत्यक्ष रूपमा आफ्नो अवस्था सुनाउने अवसर पाएका छन् ।छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । ‘पीडितहरूको सम्ब

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ५१३ पटक पढिएको
  • महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

    काठमाडौं— महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण चन्दको अवस्था अझै अज्ञात रहेको छ ।  मङ्गलबार बिहान ११ः३० बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता चन्दको खोजी जारिरहे पनि भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। उनको खोजीका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी पनि खटिएको सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जङ्गबहादुर कुँवरले बताए।

    • प्रकाशित मितिः चैत १९, २०८२
    • ४३१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.