समाज

    Showing 3,251-3,260 of 11,162 items.
  • सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभावः नेप्सेमा एकसय अंकको गिरावट

    काठमाडौं— साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ । कारोबार सुरु भएदेखिनै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको हो ।अपरान्ह १ः२७ बजेसम्म नेप्से परिसूचक ९७.६१ अंकले घटेर २६८४.४२ विन्दुमा झरेको छ । बजारमा प्यानिक सेल बढेपछि सबै उपसमूहका सूचकहरू राताम्मे भएका छन् । साढे १ बजेसम्मको अवधिमा बजारमा ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । नेप्सेका अनुसार कारोबारमा आएकामध्ये अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ । विशेषगरी नारायणी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आउँदै नेगेटिभ सर्किट

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 517 पटक पढिएको
  • अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो

    काठमाडौं— नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ । संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट रहेको थियो र मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३८५ रुपैयाँ रहेको थियो ।संघले अण्डा उत्पादक किसानहरूसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ साल चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जा

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 521 पटक पढिएको
  • सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

    काठमाडौं— ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 581 पटक पढिएको
  • शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

    काठमाडौं— शंकर ग्रुपसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण प्रकरणमा थप एक उच्च प्रोफाइल व्यवसायी पक्राउ परेका छन्। सोही समूहका सञ्चालक सुलभ अग्रवाललाई आइतबार बिहान प्रहरीले पक्राउ परेका थिए ।अग्रवाल शंकर ग्रुपअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत हुन्। यसअघि शुक्रबार नै समूहका अध्यक्ष शंकर अग्रवाललाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो।प्रहरी स्रोतका अनुसार व्यवसायी दीपक भट्टसँग भएको शंकास्पद आर्थिक कारोबारका आधारमा अग्रवालद्वयमाथि अनुसन्धान अघि बढाइएको हो। भट्टलाई भने यसअघि नै पक्राउ गरिएको थियो।सम्पूर्ण घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 564 पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं— नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।आज सुनको मूल्य तोलमा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 548 पटक पढिएको
  • महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आज आइतबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेदवारी दिर्ता गराएकी सुनिता नेमाफुकीले महिलाहरुको उपस्थिति संघहरुमा वृद्धि गर्नको लागि उम्मेदवारी दिएको बताइन् ।उम्मेदवारी घोषणा गर्दै नेमाफुकीले नेपालमा महिलाको जनसंख्या ५१ प्रतिशत रहेको उल्लेख गर्दै महिला उद्यमशीलतालाई अझ व्यापक रूपमा बुझ्नुपर्ने आवश्यक्ता औंल्याइन् ।उनले अहिलेसम्म महिला उद्यमशीलता भन्नाले साना स्तरका व्यवसायमा मात्र सीमित सो

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 145 पटक पढिएको
  • असन्तुष्ट पक्षले बहिष्कार गरेपछि क्यानको बैठक स्थगित

    काठमाडौं— नेपाल क्रिकेट संघ -क्यानको शनिबार तय गरिएको बोर्ड बैठक स्थगित भएको छ । बोर्ड बैठकमा उपाध्यक्ष रोशन सिंहसहितको टोली अनुपस्थित भएपछि बोर्ड बैठक स्थगित गरिएको हो ।नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै सिंहसहित ८ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए ।ज्ञापनपत्र बुझाउनेहरुमा सिंहसहित दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट थिए ।क्यानले उक्त विवरण हालसम्म नदिएको भन्दै शनिबारको बोर्ड बैठक बहिष्कार गरिएको स्रोतले जनाएको छ ।बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 555 पटक पढिएको
  • इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन् ।आइतबार आयोजित ४८औँ नगर कार्यपालिका बैठकमा बोल्दै डंगोलले अहिलेको भूराजनीतिक अवस्थाका कारण अभाव र त्यसको प्रभाव विस्तारै देखिन थालेको बताएकी छन् ।उनले इन्धनबाट सञ्चालन हुने गाडीहरूका लागि तोकिएको कोटा आधा गर्न, सकेसम्म विद्युतीय (इभी) सवारी साधन प्रयोग गर्न र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारी प्रयोग नगर्न अग्रह गरिन् ।त्यसैगरी, उनले महानगरका सबै विभागलाई आफ्नो कार्यक्रम र त्यसमा भएको खर्चको विवरण नियमित रूपमा उपलब्ध गराउन अनु

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 227 पटक पढिएको
  • राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

    काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरण मार्फत उक्त रकम संकलन गर्न लागेको हो ।बैंक तथा वित्तीय संस्थाहरूमा पैसा थुप्रिने क्रम नरोकिएपछि राष्ट्र बैंकले ५६ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो । यस उपकरणको बोलकबोल आजै हुनेछ भने संकलन गरिएको रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १७ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलनका लागि ब्याजदर बोलकबोल मार्फत निर्धारण हुनेछ ।यस प्रक्रियामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाह

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 159 पटक पढिएको
  • संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने

    काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो ।अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • 169 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.