काठमाडौं / नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो । म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि आजदेखि पूर्ण रूपमा बन्द गरेको संघले जनाएको छ ।संघले यसअघि आन्दोलनका चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो । जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ५३, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा १३, लेन क्रसमा ३२, अवस्था ठिक नभएको १४, एकतर्फीमा १४ र अन्यमा ४७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं / नेपाल सरकारसँग भएको ७ बुँदे सहमति सकारात्मक भएको लघुवित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सहमति कार्यान्वयन नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ । संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नविनले सहमति सकारात्मक भए पनि सरकारले कार्यान्वयन नगर्दासम्म ढुक्क हुननसक्ने अवस्था रहेको धारणा राखे । अध्यक्ष नविनले उच्चस्तरीय शक्तिशाली छानविन समिति मार्फत लुघुवित्त तथा सम्पूर्ण वित्तीय पीडितहरुलाई न्याय दिन सरकारसँग जोडदार माग गरेका छन् । नविनले नेपालका राजनीतिक
काठमाडौं / स्वतन्त्र कानुन व्यवसायी मञ्चले उच्च अदालत बार एशोसिएसन, पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण, एकपक्षीय, अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै वहिष्कार गरेको जनाएको छ । आइतबार राजधानीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पीपीएलएको निर्देशन पालक निर्वाचन समिति रहेकोेसमेत आरोप लगाएको छ । मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए । निर्वाचनसम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनधिकृत व्यक्तिहरूको घेसपैठ गराई फर्जी मतदान ग
काठमाडौं / एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ । एनसेलले
काठमाडौं / नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण तथा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले जनाएको हो । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक टिप्पणी गरिएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै चेम्बरले पाँचतारे होटलको सञ्चालन प्रकृति र दैनिक खपतलाई नहेरी मौज्दातलाई मात्र आधार
काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरो रूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन् ।आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन् ।उनले मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियासँग जोड्दै जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेको स्मरण गरिन् । लोकतन्त्रलाई निर्वाचनमा मात्र सीमित नराखी
काठमाडौं / यती डिस्टिलरी प्राइभेट लिमिटेडले पछिल्ला वर्षमा नाफा, ऋण व्यवस्थापन र समग्र वित्तीय अवस्थालाई मजबुत बनाएको देखिएको छ। तर कम्पनीको आम्दानी अझै पनि केही सीमित ब्रान्डमा अत्यधिक निर्भर रहेको भन्दै रेटिङ एजेन्सी इक्रा नेपालले यसलाई व्यवसायिक जोखिमको पक्षका रूपमा औंल्याएको छ। इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा कम्पनीको कुल आम्दानीमध्ये करिब ९१ प्रतिशत हिस्सा ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्का ब्रान्डबाट आएको छ। यी उत्पादनले बजारमा बलियो स्थान बनाएका कारण कम्पनीको आम्दानी स्थिर रहे पनि केही उत्पादनमा अत्यधिक निर्भरता दीर्घकालीन चुनौती बन्न सक्ने
चितवन / चितवनको राप्ती नगरपालिकाको एक बस्तीमा पसेर आतङ्क मच्चाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।राप्ती नगरपालिका वडा नम्बर १ को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो । आइतबार बिहान साढे ६ बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । त्यस्तै दिला कुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ । बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जनाइएको छ । घटना लगत्तै स
गुल्मी / सर्वोच्च अदालतले रेसुङ्गा क्षेत्रमा व्यावसायिक रिसोर्ट सञ्चालनसम्बन्धी सम्झौता बदर गरेपछि अब त्यहाँको धर्मशाला व्यवस्थापन र धार्मिक पर्यटनको भविष्यबारे नयाँ बहस सुरु भएको छ। रेसुङ्गा संरक्षण समितिले धर्मशालालाई गैरनाफामूलक रूपमा सञ्चालन गर्ने तयारी थालेको जनाएको छ। रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार धर्मशालाको व्यवस्थापनका लागि नौ सदस्यीय समिति गठन गरिएको छ। समितिले धार्मिक तथा आध्यात्मिक गतिविधिलाई केन्द्रमा राखेर धर्मशाला सञ्चालन गर्ने योजना बनाएको छ। सर्वोच्च अदालतले रेसुङ्गा नगरपालिका र होटल पौवा प्रालिबीच भएको रिसोर्ट सञ्चालन सम्झौता बदर गर्दै आवश्यक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.