समाज

    Showing 2,641-2,650 of 11,162 items.
  • गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

    वीरगञ्ज— नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ ।कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको कार्यालयले जनाएको छ । आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सुरक्षामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम भइरहेको छ । कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 479 पटक पढिएको
  • कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुँदै

    बाजुरा— कक्षा १२ को वार्षिक परीक्षामा बाजुराबाट एक हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । शैक्षिक सत्र २०८२ को २०८३ वैशाख १४ गते अर्थात् भोलीदेखि सुरु हुने वार्षिक परीक्षामा जिल्लाबाट कुल १ हजार ३ सय ८४ परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् ।शिक्षा विकास तथा समन्वय इकाई बाजुराले कक्षा १२ को वार्षिक परीक्षा सो सङ्ख्याका विद्यार्थी सहभागी हुने जनाएको छ । जिल्लाभर कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको छन् ।८ वटा परीक्षा केन्द्रबाट करिब ३० वटा विद्यालयका विद्यार्थी सहभागी हुने छन्। भावोदय मावि नौ विस परीक्षा केन्द्रबाट ४ विद्यालयका १२४ जना,मालिका नमुना

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 509 पटक पढिएको
  • स्क्रिनिङ्सँगै स्वास्थ्य जाँच तथा परामर्श

    काठमाडौं— अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरू समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।यस्तै, मनोसामाजिक परामर्शका लागि बहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरूले आफूलाई परेको मानसिक समस्याक

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 482 पटक पढिएको
  • फोटो पत्रकारिता पर्यटन प्रवर्द्धन र इतिहास लेखनको आधारः महानिर्देशक पराजुली

    काठमाडौं— सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले नेपाललाई विश्वसामु चिनाउन फोटो पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।पर्यटन प्रवर्द्धनमा फोटो पत्रकारको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार घोषणा एवं भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै उनले नेपालको प्राकृतिक सुन्दरतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन फोटो पत्रकारहरूले ठूलो योगदान पुर्याउने उल्लेख गरे ।उनले भने, ‘नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् । सिर्जनात्मक फोटोलाई संरक्षण र प्रवर्द्धन गर्न सके देशलाई आर्थिक रूपमा समेत समृद्ध बनाउन सकिन्छ ।’पराजुलीले इतिहास लेखनमा पनि फोटो पत्रकारिताक

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 484 पटक पढिएको
  • आईटी क्षेत्रलाई उच्च प्राथमिकता दिन एनएएस–आइटीको सरकारलाई आग्रह

    काठमाडौं— सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आइटी उद्योगलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज (एनएएस–आइटी) ले सरकारलाई बुझाएको पूर्व–बजेट सिफारिसमा कर सुधारदेखि संस्थागत पुनर्संरचना, शिक्षा, रोजगारी, साइबर सुरक्षा र निर्यात प्रवद्र्धनसम्मका विषय समेटिएका छन् ।संस्थाले आइटी क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न दीर्घकालीन र प्रतिस्पर्धी नीतिगत व्यवस्था आवश्यक रहेको जनाएको छ। सिफारिसमा दर्ता भएका आइटी कम्पनीहरूलाई १० वर्षसम्म खुद नाफामा १ प

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 492 पटक पढिएको
  • घरबास गुमाएका सुकुम्बासीलाई होटल तथा पर्यटन व्यवसायी संघले अस्थायी बसोवासको व्यवस्था गर्ने

    काठमाडौं— होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले बागमती किनारालगायत अरु क्षेत्रबाट उठाइएका सुकुम्बासीहरूलाई अस्थायी बसोवासको व्यवस्था गर्ने भएको छ । शनिबार सरकारले काठमाडौंको थापाथली, सिनामंगललगायतका नदी किनारमा लामो समयदेखि अस्थायी टहरा लगाएर बसेका सुकुम्बासीहरूलाई हटाएको थियो । योसँगै होटल संघ नेपाल, बागमती प्रदेशले घरबास गुमाएका सुकुम्बासीहरूलाई खानपानसहितको अस्थायी बसोवासको व्यवस्था गर्ने घोषणा गरेको हो । संघका अध्यक्ष दामोदर नेपालले भने, ‘घरबास गुमाएका सुकुम्बासीहरूलाई संघ अन्तर्गतका प्रदेशभित्रका होटल, रिसोर्ट तथा गेस्ट हाउसहरूमा अस्थायी बसोवासको व्यवस्था गर्नेछौँ ।’संघ

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 535 पटक पढिएको
  • एक दिन, तीन बस्ती: काठमाडौंमा अतिक्रमण हटाउने तीव्र अभियान

    काठमाडौं— राजधानीका नदीकिनार र सार्वजनिक जमिनमा बनेका बस्ती हटाउने अभियान शनिबार थप तीव्र बन्यो। काठमाडौं महानगरपालिकाले थापाथली, गैरीगाउँ–सिनामङ्गल र शान्तिनगर क्षेत्रमा रहेका अतिक्रमित संरचना हटाउँदै ती क्षेत्र खाली गराएको छ।महानगर प्रहरी बलको अगुवाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली दिनभर खटिएको थियो। प्रभावित बासिन्दालाई सरसामान सार्न सहयोग गरेपछि मात्रै डोजर प्रयोग गरिएको जनाइएको छ। केही स्थानमा पक्की घर धेरै भएकाले काम रातिसम्म लम्बिएको थियो।बस्ती हटाइएपछि ती क्षेत्रमा भग्नावशेष छरिएका कारण आवागमनमा समस्या देखिएको स्थानीयको गुनासो छ। महानगरले क्रमशः सफाइ र व्यवस्थापन गरिने ज

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 485 पटक पढिएको
  • गाजामा इजरायली आक्रमण: छ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु

    एजेन्सी— शुक्रबार गाजामा इजरायली आक्रमणमा छ प्रहरीसहित बाह्र प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी अधिकारीहरुले जनाएका छन् ।स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली तोपखानाले उत्तरी गाजाको बेइत लाहिया शहरमा रहेको कमल अदवान अस्पताल नजिकै धेरै आवासीय घरहरूमा गोलाबारी गरेको हो ।चाइना ग्लोबल टेलिभिजन नेटवर्कको स्ट्रिङरको फुटेजमा, एक शोकाकुल आमा आफ्नो छोरा, एक प्रहरीलाई बिदाई गर्दा रोइरहेको देखिन्छ। भिडियोमा पीडितहरूको शव जमिनमा रहेको र अन्य प्यालेस्टिनीहरू पनि उनीहरूको छेउमा शोक मनाउँदै गरेको देखिन्छ।अक्टोबर १०, २०२५ देखि हमास र इजरायलबीच जारी तनाव र युद्धविराम सम्झौताको उल्लङ्घनको रिप

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 438 पटक पढिएको
  • मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

    काठमाडौं— सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती डोजर चलाएको छ ।सरकारले भक्तपुरको मनोहरा खोला किनारमा बनाइएको अनधिकृत संरचनामाथि आइतबार विहान डोजार चालाएको हो । काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले घरटहरा भत्काउन सुरु गरेको हो ।शनिबार साँझ नै भत्काउन थालेको बस्ती स्थानीयको अवरोधका कारण रोकिएका थियो । आज थप सुरक्षा सतर्कतासहित घरटहराहरु भत्काउन थालिएको हो ।सरकाले शनिबार काठमाडौं महानगरपालिकाको थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका संरचना भत्काएको थियो ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 439 पटक पढिएको
  • ईजीपी प्रणाली ह्याक प्रकरणः निर्माण व्यवसायीसहित ९ जना पक्राउ

    काठमाडौं— सार्वजनिक खरीद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरीद प्रणाली (ईजीपी)मा अनधिकृत पहुँच गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ९ जना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘क’ वर्गका निर्माण व्यवसायीसहित ३ जनालाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डे, भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका सञ्चालक अमृत बोहरा लगायत रहेका छन् ।यसअघि ईजीपी प्रणाली ह्याक गरी ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा ६ जना पनि पक्राउ परिसकेका छन् । उनीहरूलाई

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • 464 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.