समाज

    Showing 231-240 of 11,160 items.
  • अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ: अमरेशकुमार सिंह

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका पदाधिकारीसँग भएको छलफलमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री तथा मन्त्रीको मातहतमा नरहेको भन्दै आयोगले आफ्नो संवैधानिक मर्यादा कायम राख्नुपर्ने बताए ।उनले अख्तियारका पदाधिकारी संसदीय समितिमा छलफलका लागि आउन सक्ने भए पनि प्रधानमन्त्री वा मन्त्रीले बोलाउँदैमा आयोगका पदाधिकारी त्यहाँ जान नहुने धारणा राखे । उनले भने, ‘अख्तियारको पदाधिक

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 162 पटक पढिएको
  • कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

    काठमाडौं / अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन् ।अर्थ समितिको बैठकमा विधेयकमाथि दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित विधेयकलाई अघि बढाउन सकिने बताए । उनले सरकार अहिले बजेट कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै बजेटमा उल्लेख भएका कार्यक्रम तथा कानुन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको बताए ।उनले भने, ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि अझै थप छलफल गर्नुपर्छ । सानो समूहमा छलफल गरी आवश्यक प्रस्तावसहित अनुमोदन गराए पनि हुन्छ । हामी अहि

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 178 पटक पढिएको
  • वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न सार्वजनिक लेखा समितिको निर्देशन

    काठमाडौं / प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।बिहीबार बसेको समितिको बैठकमा वैदेशिक सहायता परिचालन, व्यवस्थापन तथा त्यसबाट हुने खर्चका विषयमा छलफल भएको थियो । बैठकमा भएका छलफलको सारांश सुनाउँदै समितिका सभापति भरतबहादुर खड्काले समितिले विभिन्न विषयमा सुझाव तथा निर्णय गरेको जानकारी दिए । सभापति खड्काका अनुसार राष्ट्रिय आवश्यकता, प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक विकास सहायता मात्र स्वी

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 153 पटक पढिएको
  • अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ: कानुनमन्त्री गौतम

    काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा अभियोजनमार्फत आफ्नो विश्वसनीयता स्थापित गर्नुपर्ने बताएकी छन् ।बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका पदाधिकारीसँग भएको छलफलमा मन्त्री गौतमले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आयोगप्रति नागरिकको विश्वास बलियो हुनुपर्नेमा जोड दिइन् । उनले अख्तियारको प्रभावकारिता डर र दबाबका आधारमा नभई कानुनी प्रक्रिया, तथ्य र प्रमाणमा आधारित अनुसन्धान तथा निष्पक्ष अभियोजनबाट मापन हुनुपर्न

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 175 पटक पढिएको
  • आईजीपीलाई खगेन्द्र सुनारको चुनौती: आरोप गलत लागे अदालत जानू, कठघरामा उभिएर जवाफ दिन तयार छु

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन् । उनले भने, ‘हामीले १५ दिनभित्रमा प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु ।’उनले आफ्नो मानमर्दन भएजस्तो लागे अदालत गएर मुद्दा हाल्न चुनौ

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 180 पटक पढिएको
  • बुद्ध एयरले भदौ ३१ देखि नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन गर्ने

    काठमाडौं / लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ । यात्रुको माग बढेसँगै कम्पनीले यो रुटमा फेरि नियमित उडान सुरु गर्न लागेको हो । बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज–पोखरा रुटमा यात्रुको माग पुनः बढेकाले उडान सञ्चालन गर्ने निर्णय गरिएको हो । कम्पनीले गत जेठ ५ गतेदेखि यो सेवा स्थगित गरेको थियो । शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधै जोड्ने यो उडान धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण छ ।यसअघि भारतीय धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढ्नुका कारण उडान रोक्नुपरेको थियो। अहिले

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 59 पटक पढिएको
  • सरकार फेरिए पनि विदेशिने युवाको संख्या घटेन

    काठमाडौं / नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो ।तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन । पुराना दलप्रति निराश भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए । पुराना सरकारले पूरा गर्न नसकेका सपना नयाँ सरकारले पूरा गर्ला र नेपालमै रोजगारीको अवसर बढ्ला भन्ने अपेक्षा थियो । नेपालमै बसेर श्रम गर्ने र भविष्य बनाउने सपना फेरि पलाएको थियो । तर वैदेशीक रोजगार विभागको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्कले भने युवाको विदेशिने क्रम अझै उस्तै रहेको देखाएको छ

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 139 पटक पढिएको
  • डोल्पामा सीमा क्षेत्रका करिब २०० बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण

    डोल्पा / जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ ।नेपाल–चीन सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको आवतजावतलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको हो । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई दैनिक आवश्यक काम, व्यापार–व्यवसाय तथा सामाजिक गतिविधिका लागि सीमावर्ती क्षेत्रमा आवतजावत गर्नुपर्ने भएकाले प्रवेश तथा प्रस्थानपत्र महत्वपूर्ण मानिन्छ ।जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 230 पटक पढिएको
  • गाडी चढ्ने सपना अधुरै: राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुमकार्मारोङ

    काठमाडौं / सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ । गमगढीदेखि चीन सीमास्थित नाक्चेलाग्नासम्म पुग्ने ९९ किलोमिटर सडकको विस्तृत सर्वेक्षण २०६२/६३ सालमै सम्पन्न भएको थियो । त्यसबेला करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०६६ सालबाट निर्माण सुरु भए पनि १८ वर्षमा जम्मा १८ किलोमिटर मात्रै सडक निर्माण भएको छ । सडक हाल म

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 129 पटक पढिएको
  • जाजरकोटमा आवश्यक चिकित्सक नहुँदा उपचार सेवा प्रभावित

    जाजरकोट / जाजरकोट अस्पतालमा चिकित्सको अभाव भएको भन्दै आज कार्यदलले कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई जानकारी गराएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशाला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको बताइन् । छलफलमा प्रदेशसभा सदस्य बेदराज सिंह, कल्याणी खडका तथा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनको समेत सहभागिता रहेको थियो ।  ५० शय्याको जिल्ला अस्तपतालमा डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित भएको छ । लामो समय देखि डाक्टर नहुँदा उपचारमा भारी समस्या भएको उनले जानकारी दिइन। स्वास्थ्य सेवा कार

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.