समाज

    Showing २,२३१-२,२४० of ११,१६२ items.
  • काठमाडौंमा गीतामैत्री मिलन कार्यक्रमः कठिन परिस्थितिमा गीता स्मरणले जीवन सहज हुने विश्वास

    काठमाडौं— विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा आयोजना गरेको गीतामैत्री मिलन कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सम्पन्न कार्यक्रममा करिब २ हजारभन्दा बढी प्रत्यक्ष सहभागी तथा देश–विदेशमा रहेका लाखौँ साधकहरूको अप्रत्यक्ष सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रम ‘गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ’ भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा गर्दै प्रज्ञा भवनसम्म पुगेको थियो ।कार्यक्रममा गीता परिवारका संस्थापक तथा श्रीरामजन्मभूमि तीर्थक्षेत्र

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ५१४ पटक पढिएको
  • पर्यटन व्यवसायी पाण्डेलाई पाटाको ‘आजीवन सदस्यता’ अवार्ड

    काठमाडौं— नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता तथा दूरदर्शी व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन जगतको सर्वोच्च सम्मान प्राप्त गरेका छन् ।प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा)इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न भव्य वार्षिक साधारण सभाका अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’बाट सम्मानित गरेको हो ।पाटाको सात दशक लामो गौरवशाली इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ । यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा अतुलनिय छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ ।यो सम्मान प्र

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४२८ पटक पढिएको
  • यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको प्रष्टिकरण

    काठमाडौं— केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ ।अध्यक्ष बाँनियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका छन्।उनले ट्रक महासंघ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दै तटस्थ भूमिका अपनाएको बताएका छन् ।बानियाँले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चार माध्यम

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४१९ पटक पढिएको
  • मकवानपुरमा ईभी दुर्घटनाः ९ भारतीय नागरिक घाइते, ३ जनाको अवस्था गम्भीर

    मकवानपुर— मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानिखेतबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादवको कमाण्डमा तथा प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम वली साहको क

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४०३ पटक पढिएको
  • सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सुनचाँदीकोे मूल्यमा बढेको छ ।आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४६६ पटक पढिएको
  • राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन मन्त्री चौधरीलाई

    काठमाडौं— प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वन तथा वातावरण मन्त्री गीता चौधरीलाई प्रदान गरेका छन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकी मन्त्री चौधरीलाई प्रधानमन्त्री शाहले राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ ले प्रदान गरेको अधिकार प्रयोग गर्दै कोषको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेका हुन् । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार, ऐनको व्यवस्थाबमोजिम प्रधानमन्त्री कोषको संरक्षक रहने र संरक्षकले नै अध्यक्ष नियुक्त गर्ने कानुनी प्रावधान छ । सोही अधिकार प्रयोग गर्दै प्रधानमन

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४५६ पटक पढिएको
  • तीन वटा सवारी साधन ठोकिदा ३७ जना घाइते

    काठमाडौं— धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।पृथ्वी राजमार्ग अन्तरगत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यस पछि सोहि बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको हो ।तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौं

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४७४ पटक पढिएको
  • एसईईको नतिजाबाट असन्तुष्ट भएपछि १५ वर्षीय किशोरले गरे आत्महत्या

    वीरगन्ज— सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् ।पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।पारिवारिक स्रोतका अनुसार सोमबार राति नतिजा सार्वजनिक भएपछि शन्नी निकै निरास र चिन्तित थिए । उनी वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयका विद्यार्थी थिए । राति करिब ११ः३० बजे परिवारका सदस्यहरूले उनलाई सम्झाइबुझाई गरिरहेकै अवस्थामा उनी अचानक दौडिएर आफ्नो

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ५१० पटक पढिएको
  • रास्वपा केन्द्रीय समितिको बैठक भोली बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । बैठक भोली बिहान ९ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर बस्ने भएको हो । बैठकमा ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धका साथै अन्य विविध विषयमा छलफल हुने छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ३८४ पटक पढिएको
  • स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    काठमाडौं— स्नो रिभर्स लिमिटेडले आज (वैशाख २९ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा जेठ १ गतेसम्म र ढिलोमा जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्यु

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ४०८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.