समाज

    Showing 2,191-2,200 of 11,162 items.
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं— राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः१५ बजे बस्ने भएको हो ।बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 465 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल हुने छ ।सदनको आजको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रमलाई आजै निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री बालेन शाह नआएपछि प्रतिपक्षी सांसदहरूले बुधबार सदन अवरुद्ध गरेका थिए ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 465 पटक पढिएको
  • सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

    सर्लाही— यहाँको मलंगवा नगरपालिका–१० मा घरको छत प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।बुधबार साँझ करिब ४ः४५ बजे मलंगवा–१० निवासी रञ्जित यादवको चार तल्ले पक्की घरको छतमा पानी ट्याङ्की राख्ने ढलानमाथि प्लास्टर गर्ने क्रममा छत भत्किँदा उनीहरूको खसेका थिए ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–२ निवासी करिब ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ निवासी करिब ४० वर्षीय राज किशोर यादव गम्भीर घाइते भएका थिए। काम गरिरहेको क्रममा छतसहित जमिनमा खस्दा दुवै जनाको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंग

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 519 पटक पढिएको
  • तिन वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज तिन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ९ः३० बजे प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् द्वारा सञ्चालित अनुसन्धानात्मक कार्यक्रम, समस्या, चुनौती तथा परिषद्का आगामी कार्यदिशाका सम्बन्धमा प्रस्तुतीकरण कार्यसूची रहेको छ ।यसैगरी, बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आदिवासी जनजाति आयोगको कामकारबाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धीका साथै अन्य विविध विषयमा छलफल हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 444 पटक पढिएको
  • बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीद

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 511 पटक पढिएको
  • आजको मौसमः हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

    काठमाडौं—  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनि प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनि र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भैरहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्था

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 487 पटक पढिएको
  • इरानमाथि दबाब जारी रहने ट्रम्पको चेतावनी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति ध्वस्त भइसकेको दाबी गर्दै यस युद्धमा अमेरिका जसरीपनि विजयी हुने बताएका छन् । मंगलबार चीन भ्रमणका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथिको नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहेको दाबी गरे । उनले अमेरिका शान्तिपूर्ण रूपमा वा अन्य माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्ने तयारीमा रहेको बताएका हुन् ।ट्रम्पले इरानको नौसेना, वायुसेना तथा युद्ध क्षमतामा ठूलो क्षति पुगेको उल्लेख गर्दै इरानले सही निर्णय लिनुपर्ने, अन्यथा अमेरिकाले आफ्नो अभियान पूरा गर्ने चेतावनी दिए । उनले इरानसँगको तनाव समाधानका लागि चिनियाँ राष्ट्रप

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 567 पटक पढिएको
  • बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु

    बाजुरा— बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्युु भएको हो ।मृतक थापा बुढीगंगा नगरपालिका वडा नं. ३ की महिला वडा सदस्य समेत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ३७ बर्षीया थापा फालासैन बजारबाट घर फर्किने क्रममा भिर माथीबाट आएको ढुंगा लागेको थियो ।पैदल बाटोबाट ५० मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक एंव् सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिए ।उनका अनुसार,घटनाबारे स्थानीयले टेलिफोन मार्फत जिल्ला प्रहरी का

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 431 पटक पढिएको
  • रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता

    सिरहा— सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ ।स्थानीय वीरेन्द्र साहलाई सडक खाली गराउने क्रममा रुखमा बाँधिएको घटनापछि पीडित पक्षको जाहेरीका आधारमा औरही–३ का वडाध्यक्ष जीवछ यादवसहित हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । पीडितको जाहेरी दर्ता भइसकेको छ । पक्राउ अनुमति लिने प्रक्रिया अगा

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 445 पटक पढिएको
  • कर्णालीमा एसईई परीक्षाको नतिजा बर्सेनी खस्किँदो

    सुर्खेत— कर्णालीमा एसईईको परीक्षाको नतिजा अघिल्लो बर्षको भन्दा खस्किएको छ । २०८२ सालको एसईईमा कर्णालीका ३२ हजार ३ सय ३६ विद्यार्थीले परीक्षा दिएका थिए । सोमबार प्रकाशित नतिजाअनुसार १९ हजार ९५ विद्यार्थी अर्थात् ५९.६ प्रतिशत उत्तीर्ण भएका छन् । यो उत्तिर्ण प्रतिशत २०८१ को भन्दा १०.४ प्रतिशतले कम हो । अघिल्लो बर्षको एसईईमा कर्णालीका ७० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । २०८० मा कर्णालीको एसईई नतिजा ७१ प्रतिशत थियो । यसले कर्णालीको नतिजा बर्सेनी खस्कदै गएको देखाएको छ ।कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालय निमित्त शिक्षा निर्देशक दीपा हमालका अनुसार कर्णालीमा यस वर्ष १३ हजार २ सय ४१ विद्यार्थ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • 480 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.