समाज

    Showing 2,121-2,130 of 11,162 items.
  • कर्णाली सरकारको ४ अर्ब १२ करोड ५ लाख ८४ हजार बेरुजु

    सुर्खेत— कर्णाली प्रदेश सरकारको बेरुजु बर्सेनी घट्नु भन्दा बढ्दै गएको छ । शुक्रबार सार्वजनिक महालेखापरीक्षककोे ६३ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको बेरुजु रकम चार अर्ब १२ करोड पाँच लाख ८४ हजार रहेको थियो । त्यसमध्ये १७ करोड ६४ लाख ५८ हजार रुपैयाँ मात्र फस्र्योट भएको छ ।आर्थिक वर्ष २०८१/०८२ मा मात्रै थप ७७ करोड ३५ लाख ६२ हजार रुपैयाँ बेरुजु थपिँदा यही आर्थिक वर्षमा एक करोड ७९ लाख १९ हजार थप भएको छ । महालेखाले उक्त वर्ष प्रदेश मन्त्रालय तथा प्रदेश सरकार मातहत निकाय गरी १३७ कार्यालयको ३७ अर्ब १९ करोड ८० लाख ७६ हजार रुपैयाँको लेखापरीक्षण गर्दा उक्त बेरुजु रकम कायम भएको ह

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 467 पटक पढिएको
  • दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

    रामेछाप— रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाका स्थानीयले एकै पटक विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियाना कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा करिब ८ सय जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए ।शिविरमा सबै उमेर समूहका स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एकीकृत स्वास्थ्य परीक्षण, निदान, उपचार, परामर्श र प्रेषण ग

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 442 पटक पढिएको
  • जनगुनासोमा ऊर्जा मन्त्रालयको सक्रियताः १० हजारभन्दा बढी उजुरीमा तत्काल सम्बोधन

    काठमाडौं— जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पु¥याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ ।मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै ‘गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने’ कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन् ।मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको छ । २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब केवल गुनासो टिप्ने माध्यममा सीमित छैन, बरु समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकास गरिएको मन्त्रा

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 465 पटक पढिएको
  • हत्या गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं— चन्द्रागिरीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ ।चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 446 पटक पढिएको
  • दक्ष ईन्टरनेशनलद्वारा ‘ग्लोबल स्टार अवार्ड–२०२६’ सम्पन्न, विभिन्न क्षेत्रका स्रष्टा सम्मानित

    काठमाडौं— दक्ष ईन्टरनेशनलको आयोजना तथा राष्ट्रखबरको सहकार्यमा दोस्रो संस्करणको “ग्लोबल स्टार अवार्ड–२०२६” राजधानीको सुकेधारास्थित होटेल मक्र्युरमा भव्य रूपमा सम्पन्न भएको छ ।कला, संगीत, पत्रकारिता, समाजसेवा, उद्यमशीलता, सौन्दर्य, फेसन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूलाई समारोहमा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।कार्यक्रममा सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मानबाट उर्मिला श्रेष्ठ सम्मानित हुनुभयो भने वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई “चलचित्र इतिहासकी अमर प्रेरणा तथा दिग्गज अभिनेत्री सम्मान–२०२६” प्रदान गरिएको थियो । त्यस्तै वरिष्ठ लोकगायक एवं

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 907 पटक पढिएको
  • हिमाली छुर्पी ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक दम्पत्ती कान्स रेड कार्पेटमा, जनावरप्रेमको सन्देश

    काठमाडौं— विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन् ।मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन् । उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए ।भूपेन्द्र खनालले आफूले लगाएको पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइनलाई समेटिएको बताए । ‘यो केवल

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 544 पटक पढिएको
  • एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने भएको छ ।बैठक दिउँसो १ बजे गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बस्ने कार्यालय सचिव डा। भीष्म अधिकारले जानकारी दिए ।जेठ २ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ ।हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुम

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 423 पटक पढिएको
  • कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल फ्रान्स प्रस्थान

    काठमाडौं— कान्स फिल्म फेस्टिभलको ७९औँ शृङ्खलामा भाग लिन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आइतबार फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उनी फेस्टिभलमा भाग लिन गएको हो । फेस्टिभलका विभिन्न सत्रका कार्यक्रममा भाग लिएर उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले कार्यवाहक प्रमुख डंगोललाई पठाउनुभएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 503 पटक पढिएको
  • नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिमा नयाँ सदस्य मनोनयन

    काठमाडौं— गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रसले केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेको छ ।पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा ३८ उपधारा (१०) बमोजिम भरत कुमार साहको संयोजकत्वमा गठित समितिमा निम्न व्यक्तिहरूलाई सदस्य नियुक्त गरिएको छ ।धनुषाका दिलिप ढुंगाना, भक्तपुर रमेश नेपाल र गुल्मीका पदम भट्टराईलाई केन्द्रीय लेखा समितिको सदस्यमा मनोनयन गरेको हो ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • 440 पटक पढिएको
  • धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

    जनकपुर— धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार  जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।केही दिन अघि धनुषाको फुलगामा ४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले उल्टै पक्राउ गरी पिडा माथि झन पिडा थपेको भन्दै आफूहरुले प्रहरी प्रशासनविरुद्ध अनिश्चितकालिन आन्दोलन सुरु गरेको मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषा जिल्ला अध्यक्ष सम्भु प्रसाद यादवले जानकारी दिए ।मिटरब्यजीहरुलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितहरुलाई समातेर जेल पठाउने गरेको घटनाहरु अगाडि आउन थालेपछि आफूहरुले बाध्य भएर आजदेखि जिल्ला प्रशासन क

    • प्रकाशित मितिः जेठ ३, २०८३
    • 608 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.