समाज

    Showing १,४८१-१,४९० of ११,१६२ items.
  • अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

    काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानले आफ्ना सहसंयोजक अजय सोडारी र प्रवक्ता विर्जन विश्वकर्मालाई गृहमन्त्री सुदन गुरुङले प्रतिशोध साँधेको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले राष्ट्रियताको विषयमा बोल्दा पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । अभियानका सचिव प्रकाश बमले आफ्ना सहकर्मीहरुलाई वर्तमान सरकारले विना कारण पक्राउ गरेको आरोप लगाएका छन् । नेपालको सीमा सुरक्षा, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय हितको पक्षमा आवाज उठाउँदा गिरफ्तार गरिएको आरोप लगाउँदै बमले भने, ‘संवैधानिक अधिकारमा टेकेर गरिएको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर

    • प्रकाशित मितिः असार १, २०८३
    • १९६ पटक पढिएको
  • बिर्तामोड रोजगार मेलामार्फत १ सय ६४ जनालाई रोजगारी

    झापा । बिर्तामोड नगरपालिकाले आयोजना गरेको दुईदिने ‘बिर्तामोड रोजगार मेला’ मार्फत एक सय ६४ जना बेरोजगार युवाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेका छन् ।रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष समन्वय गराउने उद्देश्यले सञ्चालन गरिएको मेलामा एक हजारभन्दा बढी आवेदकलाई आगामी दिनमा थप रोजगारीका अवसरसँग जोड्न पहल गरिने भएको छ ।बिर्तामोड उद्योग वाणिज्य संघसँगको सहकार्यमा बिर्तामोडस्थित अतिथि सदनमा शनिबारदेखि सञ्चालन भएको रोजगार मेलाको समापन समारोहमा मेलाका सहजकर्ता पाथवे नेपालका सेवक बजगाईले उक्त जानकारी दिए।उनका अनुसार मेलाको अवधिभर दुई हजार आठ सय ७१ जनाले अवलोकन गरेका थिए । विभिन्न क्ष

    • प्रकाशित मितिः असार १, २०८३
    • ५४८ पटक पढिएको
  • अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८३ सम्पन्न

    विराटनगर— नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ सम्पन्न भएको छ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित गोष्ठीको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी जहाँ उपस्थित हुन्छ, त्यहाँ सरकारको उपस्थिति महसुस हुने भएकाले आम नागरिकको विश्वास कायम राख्न निष्पक्ष र त्रुटिरहित अनुसन्धान आवश्यक रहेको बताए। अपराध अनुसन्धानका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउन प्रद

    • प्रकाशित मितिः असार १, २०८३
    • ५०३ पटक पढिएको
  • सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गरेकी छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताइन् । उनले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गरिन् । उनले भनिन्, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर

    • प्रकाशित मितिः असार १, २०८३
    • २४२ पटक पढिएको
  • जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप, खारेज गर्न सांसद खतिवडाको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडाले जेनजी आन्दोलनमा सहभागी युवामाथि झुटा मुद्दा लगाइएको आरोप लगाउँदै त्यस्ता मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका सहिद र घाइतेहरूको रगत र संघर्षबाट प्राप्त जनादेशकै आधारमा वर्तमान सरकार बनेको दाबी गर्दै अहिले त्यही आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गरी झुटा मुद्दामा फसाउने काम भइरहेको बताइन्। खतिवडाले निर्दोष युवाहरूलाई झुटा मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाउँदै विशेषगरी काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी प्रमुख एसपी आएपछि यस्ता गतिविधि

    • प्रकाशित मितिः असार १, २०८३
    • २०३ पटक पढिएको
  • ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

    काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सवारीसाधन जथाभावी पार्किङ गर्नेलगायत नगर प्रहरीसम्बन्धी कारवाहीलाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन ई–चलान प्रणाली लागू गरेको बताएका छन् ।सोमबार ललितपुर महानगरपालिकाको ई–चलान शुभारम्भ कार्यक्रममा बोल्दै उनले आजदेखि नै लागू हुनेगरि संचालनमा ल्याएको जानकारी दिए । उनले विभिन्न क्षेत्रमा प्रविधिमैत्री सेवाहरू विस्तार गर्दै आएको बताए । उनले स्मार्ट स्ट्रीट लाइट, इन्टेलिजेन्ट ट्राफिक लाइटलगायतका नवीनतम प्रविधि पहिलोपटक ललितपुरमा प्रयोग गरिएको उल्लेख गर्दै अब ई–चलान प्रणाली संचालन गर्न लागेको बताए । ‘सेवाग्राहीलाई सहज बनाउनका लागि नगर प्र

    • प्रकाशित मितिः असार १, २०८३
    • २४० पटक पढिएको
  • एकै दिन २ हजारभन्दा बढी चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

    काठमाडौं। ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २५ सवारी चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ। उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।कारबाहीमा परेकामध्ये १०० जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने, १०७ जना अवैध राइड सेयरिङ गर्ने, १३६ जना ट्राफिक बत्ती उल्लङ्घन गर्ने र १६५ जना तीव्र गतिमा सवारी चलाउने चालक रहेका छन्।त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने तथा एकतर्फी सडकमा सवारी चलाउनेसहित अन्य विभिन्न नियम तोड्ने चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही

    • प्रकाशित मितिः असार १, २०८३
    • १९९ पटक पढिएको
  • सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल खोल्न पदमा अर्यालको माग

    काठमाडौं— नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफ्नो पार्टीसँग जोडिएका विषयमा सरकारलाई फाइल खोल्न चुनौती दिएकी छन्।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा ूफाइल खोल्छुू भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई धम्कीको शैली भएको टिप्पणी गरिन्। उनले यदि सरकारले वास्तवमै फाइल खोल्ने हो भने सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल सार्वजनिक गर्नुपर्ने बताइन्।अर्यालले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गर्दै कुनै पनि फाइलको नाममा राजनीतिक दबाब वा धम्की दिन नहुने धारणा राखिन्। अत्यधिक बहुमत प्राप्त सरकारले सबै विवादित फाइल निष्पक्ष रूपमा खोलेर वास्तविकता

    • प्रकाशित मितिः असार १, २०८३
    • ४७९ पटक पढिएको
  • भारतीय अवरोधले चिया उद्योग धराशायी हुने खतरा, उद्योग बन्द गर्ने निर्णय

    विराटनगर। भारतीय टी बोर्डले नेपाली चियामा पुनः परीक्षणको झन्झट थपेपछि पूर्वी नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। भारत पुगेका चियाका ट्रकहरू गोदाममै रोकिएर हप्तौंसम्म परीक्षण रिपोर्ट कुर्नुपर्दा निर्यात प्रभावित बनेको उद्योगीहरूको गुनासो छ।इलामका अर्थोडक्स चिया उद्योगहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् भने झापाका उद्योगहरू पनि असार ४ गतेदेखि उत्पादन रोक्ने तयारीमा छन्। उद्योगीहरूका अनुसार भारततर्फ लाखौं किलो तयारी चिया थन्किएको छ भने नेपालभित्र पनि ठूलो परिमाणमा चिया बिक्रीविहीन अवस्थामा रहेको छ।बजारमा चिया निकास हुन नसकेपछि किसानले हरियो पत्तीको भुक्तानी पा

    • प्रकाशित मितिः असार १, २०८३
    • २५० पटक पढिएको
  • टेम्पो भीरबाट खसालिएको घटनाप्रति हर्क साम्पाङको आपत्ति, दोषीमाथि कारवाहीको माग

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले कैलालीमा एक टेम्पोलाई भीरबाट खसालिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति ध्यानाकर्षण गराउँदै एक गरिब टेम्पो चालकको सवारीसाधन वन प्रहरीको उपस्थितिमा भीरबाट गुल्ट्याइएको दृश्यले आफूहरू मर्माहत भएको बताए। उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा पीडित चालकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए। साम्पाङले सोही क्र

    • प्रकाशित मितिः असार १, २०८३
    • १९४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.