चितवन / राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए । एक करोड रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका
तनहुँ / आँबुखैरेनी गाउँपालिका–६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन् । स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन् । हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन् । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए । घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए । शुरुमा २५ जना मिलेर सम
देउखुरी / घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव पारेकाले प्रदूषणजन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी परमादेशको आदेश माग्दै २१ जनाले संयुक्तरूपमा मुद्दा दायर गरेका हुन् । रिटमा मानवबस्तीबीचमा स्थापना गरिएको उद्योगका कारण पानीको सतह सुक्दै जाँदा उत्पादन घटेको, खेतबारी र घरमा सिमेन्टको धुलो जम्मा हुने गरेको, ध्वनि प्रदूषणले रातमा पनि सुत्न नसकिएको भन्दै सम्मानपूर्वक बाँच्न पाउनुपर
मनाङ / मनाङमा कृषि ज्ञानकेन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम चामेमा खोलिएका दुवै कार्यालयको शुक्रबार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले उद्घाटन गरेका छन् । सङ्घीयता लागू भएसँगै विघटित साविकका जिल्ला पशु सेवा कार्यालय तथा कृषि विकास कार्यालयका भवनमा प्रदेश सरकारले ती कार्यालय सञ्चालनमा ल्याएको हो । आफ्नै जिल्लामा कार्यालय नहुँदा मनाङवासी कृषि र पशु सम्बन्धित सेवाका लागि लमजुङमा जानुपर्ने बाध्यता रहेको थियो ।सम्बन्धित जिल्लाका कृषकलाई जिल्लाभित्रै सेवा दिने र एक जिल्लाभन्दा बाहिर अर्को जिल्लामा जानु नपर्ने
बिर्तामोड / आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महासाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वअनुमान महासाखाले जनाएको छ । अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट
विराटनगर / विराटनगर उपमहानगरपालीका – ३ का कान्छा भनेर चिनिने ४० वर्षिय नितेश कुमार राईको शुक्रबार राती शंकास्पद मृत्यु भएको छ । उनको शव शुक्रबार राती विराटनगर–१९ घिनाघाट क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।मृतक राईको परिवारका सदस्यले शरिरमा निलडामा र चोटपटक देखिएकाले हत्याको आशंका गर्दै निस्पक्ष छानविनको माग गरेका छन् । मृतकको शव घर देखि करिव २ किलोमिटरको दुरीमा भेटिएको आफन्तले जानकारी गराएका छन् ।मृतक राई बिहीबार दिउँसो बाट परिवारको सम्पर्क मा नरहेको जनाउँदै उनका दाजु राम बहादुर राईले भने – मृतकको शरिरमा निलडाम र चोटपटक देखिएकाले स्थानिय प्रशासनले निस्पक्ष छानविन अघि
बिर्तामोड / झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का १९ बर्षीय सरोज सुनुवार र १९ बर्षकै अभिषेक राजवंशी रहेका छन् । उनिहरुलाई २.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित डाँगीवारीबाट पक्राउ प्रहरीले जनाएको छ ।त्यसैगरी ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–९ का १९ बर्षीय पवन भनिने साईल खानलाई ५ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । खानलाई अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट पक्राउ गरिएको बताइएको छ । उता ला
बैतडी / दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनले भने, “दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल
बझाङ / बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान हासिल गर्न च्याउखेती शुरु गरेका हुन् । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक ज्ञान दिन च्याउखेती शुरु गरेको प्रशिक्षक नरेश जानकारी गराए । स्रोत साधनको अभावका बाबजुद पनि आफूहरु विद्यार्थीलाई सीप सिकाउन लागिपरेको उनले बताए । अध्ययनरत विद्यार्थीलाई च्याउखेती मात्रै नभएर तरकारी खेती, फलफूल खेती, नगदे बालीलगायतका विषयमा व्यवहारिकसहित अध्ययन गराइँदै आएको उनको भनाई छ ।यस्तै कृषि कार्यक्रम संयोजक दिनेश बोहराले च्य
बिर्तामोड / ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको जनाउँदै असन्तुष्ट बनेका स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र संसद् विकास कोषबाट रु १० लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनःगठन गर्नुपर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताएका छन्। बाकाचोल वडा क
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.