बर्दिया / बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ ।माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिएका छन् ।कार्ययोजनामा बालव
मोरङ / मोरङको कटहरी गाउँपालिका–३ मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलाई ठक्कर दिँदा साइकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका–२ का ३६ बर्षीय बच्चु डुम घाईते भएका थिए । डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
ताप्लेजुङ / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलामा उत्पादित गलैँचा बिक्री नहुँदा व्यवसायी मार्कामा परेका छन् । ओलाङचुङगोलामा उत्पादन भएको गलैँचा चीनका विभिन्न बजारहरुमा खपत हुने भएकाले लक्डाउनले नाकाबन्दी भएका कारण १६ महिनादेखि गलैँचा बिक्री भएको छैन । सो क्षेत्रका स्थानीयवासी प्रमुख पेशाका रुपमा गलैँचा उत्पादन गर्ने गर्दछ । समुन्द्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङगोला हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका समुदायले पशु र गलैँचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएको छन् । हिमाली बस्ती ओलाङचुङगोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको प
बझाङ / प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो । केदारस्युँ–३ मा १० बाख्रा र पाँच पाठा वडा नं ६ मा २० बाख्रा गरी जम्मा ३० ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले जानकारी दिएका छन् । कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र त्यसले गर्दा उक्त परिवारलाई कृषि तथा पशुपालनमा आत
टीकापुर / कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
डोल्पा / शे–फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शे–फोक्सुण्डो ताल क्षेत्रमा निशुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो । सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रसार–प्रसार होस् भन्ने हेतुले ताल नजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वल्र्ड लिङ्कले जनाएको छ । इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निःशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिएका छन् । निःशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर
कञ्चनपुर / कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा दलित समुदायमाथि परम्परागत पेशा अपनाएकै आधारमा छुवाछूत हुने गरेको छ । धर्म संस्कृति, पेशा र रीतिरिवाजका नाममा दलित समुदायले छुवाछूत खेप्दै आएका छन् । संविधानसभा सदस्य हरि श्रीपाइले देशमा लोकतान्त्रिक गणतन्त्र आइसक्दासमेत सार्वजनिक स्थानमै हुने छुवाछूत हट्न नसकेकोमा चिन्ता व्यक्त गर्छन् । “विद्यालय, धार्मिकस्थल, पानीको धारा, चिया पसलमा दलित समुदाय जातीय आधारमै अपमानित हँुदै आएको छ”, उनले भने, “दलित समुदायमाथि हुने थिचोमिचो र जातीय छुवाछूत राज्यको मुद्दा बन्नुपर्दछ । छुवाछूत मुक्त राष्ट्र घोषणाले मात्रै जातीय विभेद अन्त्य हुँदैन त्यसलाई बलिय
काठमाडौँ / आजबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा गैँडा गणना गर्न शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुभारम्भ गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणना शुरु गरिएको हो ।सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभाग
टीकापुर / कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । आज बिहान सेनाको बम डिस्पोजल टोली टीकापुर आउन थालेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन् ।
बिर्तामोड / ठुलो परिमाण्मा लागुऔषध सहित झापाको बिर्तामोडबाट प्रहरीले चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार बिर्तामोड ३ को भद्रपुर सडक क्षेत्रबाट चार जनालाई ब्राउन सुगर र अन्य लागुऔषध सहित पक्राउ गरिएको जनाएको छ ।झापा प्रहरीले लागुऔषध विरुद्द चलाएको अप्रेशनका क्रममा लगातार केहि दिन यता लागुऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गरिरहेको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा झापाको का बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी, कचनकवल ६ कै ५० वर्षीय हेमनारायण राजवंशी, उर्लाबारी
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.