समाज

    Showing 1,261-1,270 of 11,160 items.
  • कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

    हेटौंडा— जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौं उत्कृष्ट प्रशासन कार्यालयको रूपमा स्थापित भएको छ ।गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार मकवानपुर पाँचौं स्थान हासिल गर्न सफल भएको हो। मूल्याङ्कनमा मनाङ पहिलो, म्याग्दी दोस्रो, भक्तपुर तेस्रो तथा रसुवा चौथो स्थानमा रहेका छन् । यसैगरी काठमाडौं ७६औँ तथा धनुषा ७७औँ स्थानमा रहेका छन् ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, मुद्दा फछ्र्यौट लगायतका सूचकहरूको आधारमा गृह मन्त्रालयले कार्यसम्पादन

    • प्रकाशित मितिः असार १२, २०८३
    • 411 पटक पढिएको
  • खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

    काठमाडौं— खर्च अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ । व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।ढिलाइ र विभिन्न विवादका कारण छैटौं दिनसम्म लम्बिएको महाधिवेशन आज नयाँ पदाधिकारी चयनसँगै सम्पन्न गर्ने तयारी गरिएको छ । आर्थिक व्यवस्थापनमा देखिएको कठिनाइका बीच महाधिवेशन सञ्चालन भइरहेको हो ।महाधिवेशनको अन्तिम दिन आज नयाँ पदाधिकारी चयनसँगै कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८३
    • 410 पटक पढिएको
  • सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

    काठमाडौं— विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्।विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका ला

    • प्रकाशित मितिः असार १२, २०८३
    • 453 पटक पढिएको
  • लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    काठमाडौं— आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ । राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागूऔषधको प्रयोग र यसको अवैध कारोबार दुवै बढ्दो क्रममा छन् । विशेषगरी कोकिनको उत्पादन, बरामद र प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ । लागूऔषध दुरुपय

    • प्रकाशित मितिः असार १२, २०८३
    • 475 पटक पढिएको
  • डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौं महानगरपालिका

    काठमाडौं—  काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खा याम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबै वडामा लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ । यो क्षमता विकासपछि केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले वडामा ५० जनालाई तालिम प्रदान गर्नुहुनेछ । महिला स्वास्थ्य स्वयमसेविका, स्थानीय क्लव, टोल सुधार समिति, आमा समूह लगायतका संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्

    • प्रकाशित मितिः असार १२, २०८३
    • 450 पटक पढिएको
  • सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटीको (रास्वपामा) सभापतिपछिको महत्वपुर्ण मानिएको महामन्त्री पदमा शक्तिशाली नेताहरुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यको नतिजा आएसँगै पदाधिकारीमा उम्मेदवारी घोषणाको प्रतिस्पर्धा देखिएको छ ।अहिलेसम्म ६ जनाले महामन्त्रीमा उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । अझै सबै केन्द्रीय सदस्यको पूरा नतिजा सार्वजनिक गरिएको छैन । तर खुला केन्द्रीय सदस्यमा जितेकाहरूले महामन्त्रीमा उम्मेदवारी घोषणा सामाजिक सन्जालबाटै गरेका हुन् ।खुला केन्द्रीय सदस्यमा तेस्रो नम्बरमा मत ल्याएका शिशिर खनाल, चौथो नम्बरमा मत ल्याएका सागर ढकाल, छैठौँ नम्बरमा मत ल्याएकी रन्जु दर्शना, सात

    • प्रकाशित मितिः असार १२, २०८३
    • 411 पटक पढिएको
  • कर्णाली करिडोरमा बाटो खन्ने क्रममा ढुंगाले लागेर डोजर चालकको मृत्यु

    कालीकोट । कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ को शान्तिघाट–आम्तडा सडक खण्डमा भिरबाट खसेको ढुंगा लागेर एक डोजर चालकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार रास्कोट नगरपालिका–८ का १८ वर्षीय बाबुराम टमटा डोजर सञ्चालन गरिरहेका बेला माथिबाट खसेको ढुंगा लाग्दा घटनास्थलमै ज्यान गएको हो।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मनसुन सुरु भएसँगै पहाडी क्षेत्रमा ढुंगा खस्ने र पहिरो जाने जोखिम बढेकाले सडक निर्माण तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 93 पटक पढिएको
  • शिक्षामन्त्री भन्छन आन्दोलनप्रति सम्मान छ, तर नतिजा प्रक्रियामा हतार गरिएको छैन

    काठमाडौं— कक्षा १२ को नतिजालाई लिएर विद्यार्थी आन्दोलन चर्किरहेका बेला शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र व्यवस्थित रहेको बताएका छन्। उनले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थप गरी र प्रशासनिक प्रक्रिया सहज बनाएर समयमै सार्वजनिक गरिएको स्पष्ट पारे।विद्यार्थीको असन्तुष्टिलाई सम्मान गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण विरोधको अधिकार सुरक्षित रहेको उल्लेख गरेका छन्। साथै, आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 538 पटक पढिएको
  • एक महिनामै २ हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ, २३ करोडभन्दा बढी जरिवाना असुल

    काठमाडौं— नेपाल प्रहरीले जेठ महिनाभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत देशभरबाट २ हजार १ सय ८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशबाट ५ सय ३९ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशबाट ३ सय ६०, काठमाडौं उपत्यकाबाट ३ सय २६, लुम्बिनीबाट ३ सय २० र कोशी प्रदेशबाट ३ सय ५ जना पक्राउ परेका छन्। अन्य प्रदेशहरूमा पनि फरार प्रतिवादी पक्राउ अभियान जारी रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका प्रतिवादीहरूविरुद्ध अदालतबाट तोकिएको कुल ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ। साथै उनीहरूबाट २३ करोड ४४ लाख रुपैयाँभन्दा बढी जरि

    • प्रकाशित मितिः असार ११, २०८३
    • 482 पटक पढिएको
  • प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

    विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले घरका साना बालबालिकाले राम्रो शिक्षा–दीक्षा प्राप्त गर्न सके परिवारमा खुसीयाली र सकारात्मक वातावरण सिर्जना हुने बताए । उनले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे । बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट

    • प्रकाशित मितिः असार ११, २०८३
    • 147 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.