काठमाडौं— कक्षा १२ को नतिजालाई लिएर विद्यार्थी आन्दोलन चर्किरहेका बेला शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र व्यवस्थित रहेको बताएका छन्। उनले नतिजा हतारमा नभई आवश्यक जनशक्ति थप गरी र प्रशासनिक प्रक्रिया सहज बनाएर समयमै सार्वजनिक गरिएको स्पष्ट पारे।
विद्यार्थीको असन्तुष्टिलाई सम्मान गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण विरोधको अधिकार सुरक्षित रहेको उल्लेख गरेका छन्। साथै, आन्दोलनरत विद्यार्थीप्रति सामाजिक सञ्जालमा गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन्।




































