लन्डन— मेक्सिकोको ऐतिहासिक जितपछि लाखौं समर्थक सडकमा खुशीयाली मनाउन उत्रेको क्रममा तीन जनाको ज्यान गएको छ । २०२६ फिफा विश्वकपमा मेक्सिकोले अन्तिम ३२ मा इक्वेडरलाई २–० ले हराएको हो । यो जितपछि खुशीयाली मनाउने क्रममा लाखौं समर्थकहरू एन्जेल अफ इन्डिपेन्डेन्स स्मारक वरपर जम्मा भएका थिए ।अत्याधिक भीडका कारण मानिसहरू एकअर्कामाथि थिचिँदा ४४ वर्षीय एक पुरुष र १९ वर्षीया एक महिलाको घटनास्थलमै निधन भएको थियो । एक जना ४८ वर्षीया महिलाको भने उपचारको क्रममा अस्पतालमा निधन भएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका थिए ।इक्वेडरमाथिको जित सहआयोजक मेक्सिकोको लागि विशेष मानिएको छ । सन् १९८६ पछि पहिलोपटक विश्वकपको
काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड एनटीबीले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । यो संख्या गत वर्षको सोही महिनाको ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली सार्क मुलुकबाट ४८ हजार २५४ जना आएका छन्
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१ मा प्रयोग भएका केही शब्द तथा व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री पुनले प्रयोगशालाको शाखा स्थापना, सञ्चालन तथा कानुनी व्यवस्थालाई व्यवहारिक बनाइनुपर्नेमा जोड दिए । उनले चालु आर्थिक वर्षमै कम्तीमा दुईवटा प्रदेशमा आधुनिक उपकरणसहित वेल इक्विप्ड प्रयोगशालाका शाखा स्थापना गर्नुपर्ने बताए । उनका अनुसार प्रदेशस्तरमा सशक्त पूर्वाधारयुक्त शाखा स्
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएका सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनिफेस्ट नम्बर एएमएस एपी ३२१ अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो । जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेका हुन् ।बरामद गरिएका सामग्रीमा २२ थान ठूला र ४४ थान सा
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूको दीर्घकालीन समस्या समाधानका लागि चार सदस्यीय अध्ययन समिति गठन गरेकी छन् ।मन्त्रालयका अनुसार समितिलाई हालसम्म गठन भएका विभिन्न आयोगका सिफारिसहरूको अध्ययन गरी एक महिनाभित्र विस्थापित परिवारको उचित व्यवस्थापनका लागि स्पष्ट मार्गचित्र तयार गर्न जिम्मेवारी दिइएको छ । समितिले समस्या समाधानका उपाय, कार्यान्वयनका तरिका तथा आवश्यक सिफारिसहरू सरकारसमक्ष पेश गर्नेछ । समितिलाई विगतका आयोगहरूको प्रतिवेदन अध्ययन गर्नुका साथै आवश्यक परे नयाँ आयोग गठन गर्नुपर्ने आधार र त्यसको कार्यादेश टीओआर समेत तय
काठमाडौं । आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । खेलकुद पत्रकार दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । सन् १९२४ मा बेलायतमा अन्तर्राष्ट्रिय खेलकुद प्रेस संघ एआइपिस स्थापना भएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । खेलकुद विटमा कार्यरत पत्रकारहरुको लागि आजको दिनलाई विशेष दिनका रुपमा हेर्ने गरिन्छ ।खेलकुद पत्रकारिता खेलकुदसँग सम्बन्धित समाचार रिपोर्टिङसँग सम्बन्धित पत्रकारिताको एउटा शाखा पनि हो ।
मुगु । जुम्लाको हिमा गाउँपालिका–२ स्थित छोटा खर्क पाटनमा चट्याङ पर्दा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बुधबार साँझ करिब ५ः३५ बजे एनसेल टावर नजिक भेडा गोठालो गएका स्थानीय करिब १८–१९ वर्षीय रबिन्द्र रावतमाथि चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा स्थानीय २० वर्षीय बलबहादुर रोकाया र करिब ३५ वर्षीय जगत रोकाया घाइते भएका छन्। प्रहरीका अनुसार दुवै जनाको अवस्था सामान्य रहेको छ ।चट्याङका कारण केही भेडा–बाख्रा पनि मरेको प्रारम्भिक जानकारी प्राप्त भएको भए पनि कति संख्यामा पशुचौपाया मरेका हुन् भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरील
काठमाडौं— बुधबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्ला सात कारोबार दिन लगातार घटेको बजार आज ४४.५९ अंकले बढेर नेप्से परिसूचक २६५२ अंकमा पुगेको छ।दिनभर बजार हरियो रह्यो भने कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो।बजारमा २५२ कम्पनीको मूल्य बढ्दा १७ कम्पनीको मूल्य घट्यो भने ६ कम्पनी स्थिर रहे। सबै समूहका सूचकहरू वृद्धि भएका छन्।विशेषगरी उत्पादन, जलविद्युत् र व्यापार समूह २ प्रतिशतभन्दा बढीले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहमा पनि वृद्
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आरोग्य पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डमा करारका कर्मचारीमार्फत सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन्।बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले आरोग्य पर्यटनलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक जनशक्ति करारमा नियुक्त गरिने बताए। ‘काम गरिरहने कर्मचारी थप्छौं। आवश्यक परे पाँच वा १० वर्षका लागि करारमा कर्मचारी राखेर काम अघि बढाउँछौं। पर्यटन बोर्डमा सम्पर्क कार्यालय वा सचिवालय स्थापना गर्ने तयारी गरेका छौं,’ उनले भने। मन्त्री पौडेलले आरोग्य
काठमाडौं— मानसिक अस्पताल लगनखेलले बिरामीको सुविधा लक्षित गर्दै ओपीडी टिकट सेवा अनलाइनमार्फत उपलब्ध गराउन थालेको छ। अब सेवाग्राहीले अस्पतालको वेबसाइटमार्फत घरबाटै टिकट काट्न र डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्नेछन्।नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नम्बर ३२ कार्यान्वयन गर्दै अस्पतालले यो सेवा सुरु गरेको जनाएको छ। मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गरेको थियो।अस्पतालका अनुसार नयाँ प्रणाली लागू भएसँगै टिकटका लागि अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। यसले सेवा प्रवाहलाई अझ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.