काठमाडौं / काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै आएको बताएकी छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको विपद् व्यवस्थापन हेल्प डेस्कको कार्यक्रममा बोल्दै उनले बाढी प्रभावितका लागि सातवटा एम्बुलेन्स डेडिकेट गरिएकोमा ५ वटा फिल्डमा खटिएर बिरामीलाई अस्पताल पुर्याउने र २ वटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिचालन गरिएको बताइन् । उनले भनिन्, ‘हामीले पहिलो दिनबाट नै एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । ७ वटा डेडिकेटेड एम्बुलेन्स—काठमाडौं महानगरपालिकाले उपत्यकाभरि नै
काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारका कमजोरी र सुधार गर्नुपर्ने पक्ष औँल्याउनु पनि कांग्रेसको जिम्मेवारी रहेको उनले बताए । भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र आगामी योजनाबारे आयोजित छलफल कार्यक्रममा थापाले विपद्का बेला सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु कांग्रेसको कर्तव्य भएको बताए ।‘नेपाली कांग्रेस पार्टीले विपद्को बेलामा सरकारसँग काँधमा काँध मिलाएर आफ्ना कदमहरू अगाडि बढाउँछ । हामीले पूर्ण रूपमा साथ दिने हाम्र
काठमाडौं / रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् । बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरास
काठमाडौं / भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपालका लागि चिनियाँ राजदू
गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू रसुवाको धुन्चे उद्धारको प्रतीक्षामा छन्।बाढी तथा पहिरोका कारण सडकमार्ग अवरुद्ध भएपछि गोसाइँकुण्ड क्षेत्रमा फसेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने क्रम जारी छ।सडकमार्गबाट तल झर्न सक्ने अवस्था नरहेपछि यात्रुहरू धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमा पुगेर हेलिकोप्टरको पालो पर्खिरहेका छन्।
काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् ।कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए ।‘फेला परेका शवबाट दुर्गन्ध निस्केर भयावह अवस्था सिर्जना भएको छ । शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिइकन व्यवस्थापन गरिरहेको कुरा गम्भीरतापूर्वक उठिरहेको छ,’ उनले भने, ‘भोटेकोशी र त्रिशूली क्षेत्रको दु
काठमाडौं / जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा खाद्यान्नलगायत मेडिकल किटहरूसहितका राहत सामग्री लिएर मिराजको समूह प्रभावित क्षेत्र पुगेको हो । क्याम्पमा हाल ७६ जना पीडितलाई राखिएको छ । तीमध्ये १२ देखि १७ वर्ष उमेर समूहका १८ जना बालबालिका, १२ वर्षभन्दा कम उमेरका २९ जना र १८ वर्षभन्दा माथिका २९ जना रहेका छन् ।‘धेरै साना बालबालिका भएकाले हामीले उनीहरूका लागि खेलांैना, लत्ताकपडा, भित्री कपडा तथा विभिन्न प्रकारका खाद्यान्न र आवश्यक सामग्रीहरू पुर्याउँदैछौँ,’ मिराजले भने ।
काठमाडौं / नेपालका परराष्ट्रविज्ञ, वामपन्थी बुद्धिजीवी तथा विभिन्न कम्युनिस्ट दलका नेताहरूले राष्ट्रियता संरक्षणका लागि देशभक्त शक्तिहरूबीच एकताबद्ध पहल आवश्यक रहेको बताएका छन्।शनिबार राजधानीको संवाद डबलीमा समाजवादी कम्युनिस्ट पार्टी नेपालले आयोजना गरेको ‘नेपालको राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता’ विषयक गोष्ठीमा वक्ताहरूले राष्ट्रिय स्वाधीनता, स्वतन्त्र परराष्ट्र नीति र बाह्य हस्तक्षेपका विषयमा आफ्नो धारणा राखेका हुन्। कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर विपद् व्यवस्थापन कूटनीति अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।उनले
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर र सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेर सबै उपलब्ध संयन्त्र परिचालन गरिरहेको बताएका छन्।सम्पर्कविहीन कर्मचारीका परिवारसँग मन्त्रालयमा भेटघाट गर्दै मन्त्री श्रेष्ठले उद्धार अभियानमा कुनै कमी हुन नदिइएको स्पष्ट पारे। प्रतिकूल मौसम र जटिल भौगोलिक अवस्थाका कारण चुनौती थपिएको भए पनि खोजी कार्य निरन्तर जारी रहेको उनले बताए। उनले परिवारजनलाई उद्धार अभियानबारे नियमित, यथार्थ र विश्वसनीय जानकारी उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै नागरिकको जी
काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६८, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २८, लेन क्रसमा ६, अवस्था ठिक नभएको २०, एकतर्फीमा १२ र अन्यमा ३४१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.