काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा यसअघि सभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सुरक्षणसँग सम्बन्धित छपाई स्वदेशमै गर्दै विदेशी मुद्रणमा रहेको निर्भरता घटाउने उद्देश्यले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरक्षण मुद्रण केन्द्रका लागि रु २२ करोड विनियोजन गरिएको बताए । राष्ट्रियसभा सदश्य रोश्नी मेचेले दुर्गम क्षेत्रका विद्यार्थीले अझै कापी–किताबसमेत सहज रूपमा प्राप्त गर्न नसकेको अवस्था
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मधुकुमार चौलागाईंले दुग्ध विकास संस्थान डीडीसी भित्र भएको भनिएको अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न तथा दूध किसानको बक्यौता भुक्तानी सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको छानबिन गर्न २०८१ सालमा समिति गठन गरेको र उक्त समितिले मेसिन तथा औजार खरिदमा १ करोड १७ लाख रुपैयाँको अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको उल्लेख गरे। ‘अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न २०८१ सालमा समिति
काठमाडौं / नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण किसानहरू गाउँ छाड्न बाध्य भएको बताएकी छन् ।सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले किसानले वर्षभरि खानका लागि लगाएको अन्नबाली खेतबारीमै नष्ट गर्ने मात्र नभइ घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत बाँदरले खाइदिएर दुख दिएको बताइन् । उनले भनिन्, ‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसानहरू गाउँ छाडेर हिँड्न बाध्य भएका छन् । किसानले वर्षभरी खानको लागि लगाउने अन्नबाली खेतबारीमा मात्र पसेर होइन, घर भित्र राखेको अन्नबाली समेत पसेर खाइदिने गरेको छ ।’ ‘एक्लै हिड्डुल गर्दा पनि बाँदरको
काठमाडौं / एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन् । नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । साथै, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन् । एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो । अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विक
काठमाडौं— गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्।विमानस्थलको आकस्मिक निरीक्षणका क्रममा उनले नेपाली संस्कृति, राष्ट्रिय पहिचान र मौलिकतालाई झल्काउने गरी कर्मचारीको पहिरनमा एकरूपता ल्याउन यस्तो निर्णय गरेका हुन्।गृहमन्त्री गुरुङले विदेशी नागरिक नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमन कार्यालयसँगै सम्पर्कमा आउने भएकाले त्यहाँको वातावरण, कर्मचारीको व्यवहार र पहिरनले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार पहिलो भेटमै विदेशी पाहुनाले नेपालीपनको अनु
काठमाडौं / कर्णाली प्रदेशमा भएको बस दुर्घटनाको विषय प्रतिनिधिसभा बैठकमा प्रमुख रूपमा उठेको छ । सोमबार बसेको बैठकमा विभिन्न दलका सांसदहरूले उद्धार कार्यमा भएको ढिलाइ, सडकको दुरावस्था र सरकारको बेवास्ताप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन् । असार १८ गते कर्णाली नदीमा बस खस्दा ठूलो मानवीय क्षति भएको थियो । दुर्घटनापछि केही यात्रु बेपत्ता भएका छन् भने उद्धार तथा खोजी कार्य अझै जारी छ । दुर्घटनाले कर्णालीको सडक सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दुर्घटनाभन्दा पनि सरकारको गैरजिम्मेवा
काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय तथ्यांक कार्यालय, थापाथलीले करार सेवामा जनशक्ति माग गरेको छ ।कार्यालयले सोमवार सूचनामार्फत राष्ट्रिय आर्थिक गणना, २०८२ को संकलित फारामहरूको कोडिङ, एडिटिङ र तथ्यांक प्रविष्टि (डाटा इन्ट्री)कार्यका लागि कर्मचारी आह्वान गरेको हो ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त फाराम भर्नुपर्ने कार्यालयले जनाएको छ ।
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद आशिका तामाङले देशका विभिन्न स्थानका बोइलर कुखुरा पाल्ने किसान बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बर्डफ्लुको त्रासका कारण कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने तथा किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताइन् । उनले भनिन, ‘हाल देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन किसानहरुले बजारमा बर्ड फ्लुको हल्लाको त्रासका कारण गम्भिर समस्या भोगिरहेको जानकारी गराउनु भएको छ । यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने
काठमाडौं— नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन्।उनले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।चापागाईंले व्यक्तिगत कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेको बताएका छन्। उनी २०८१ साल चैत १९ गते नेप्सेको सिईओमा नियुक्त भएका थिए।उनको राजीनामापछि नेप्सेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा अब सरकारले आवश्यक प्रक्रिया अघि बढाउनेछ।
काठमाडौं । नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा सुस्त देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १ दशमलव ५८ प्रतिशतमा सीमित भएको छ । धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रको समग्र वृद्धिलाई कमजोर बनाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानबालीको उत्पादन घटे पनि पशुपन्छी, तरकारीबाली, फलफूल तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक अवस्थामा कायम राख्न सहयोग गरेको छ । यी उपक्षेत्रको योगदानका कार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.