समाज

    Showing १,०२१-१,०३० of ११,१६२ items.
  • भारतका प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च सम्मान प्रदान

    एजेन्सी— इन्डोनेसियाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान ‘बिन्टाङ आदिपूर्ण’ले सम्मान गरेको छ। भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो।पोस्टमा लेखिएको छ, ‘आज बिहान मलाई इन्डोनेसियाको सर्वोच्च सम्मान पनि ठुलो स्नेहका साथ प्रदान गरिएको छ। यो सम्मान लाखौँ भारतीयहरूको हो, इन्डोनेसियाका जनताको भावना हो, अनि भारत र इन्डोनेसियाबिचको ऐतिहासिक र सौहार्दपूर्ण सम्बन्धको हो। म राष्ट्रपति प्रबोवो, इन्डोनेसियाली सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।’मोदी तीन-राष्ट्र भ्रमणअन्तर्गत पहिलो चरणमा सोमबार इन्डोनेसिया पुगेका हुन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • १,१२४ पटक पढिएको
  • धान रोपाइँ: गत वर्षभन्दा झण्डै १३ प्रतिशतले कम

    काठमाडौं / देशभर चालु आर्थिक वर्ष २०८३/८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ ३२ दशमलव ३८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको ४५ प्रतिशत रोपाइँको तुलनामा १२ दशमलव ६२ प्रतिशत बिन्दुले कम हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ४ लाख ४३ हजार ५५९ दशमलव ०९ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७ दशमलव ९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४० दशमलव ५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३ दशमलव

    • प्रकाशित मितिः असार २३, २०८३
    • २३८ पटक पढिएको
  • तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको हो । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ । अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन सम

    • प्रकाशित मितिः असार २३, २०८३
    • १८७ पटक पढिएको
  • पूर्व ट्रेड युनियनलाई तीन दिनभित्र सरकारी भवन खाली गर्न सरकारको निर्देशन

    काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साविकका राष्ट्रियस्तरका निजामती कर्मचारी ट्रेड युनियन तथा कर्मचारी संगठनहरूले प्रयोग गर्दै आएका सरकारी भवन तथा संरचना तीन दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।मन्त्रालयले जारी गरेको सूचनाअनुसार सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी काजगात, सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्नेछ । मन्त्रालयका अनुसार नेपाल सरकारले २०८३ वैशाख २० गते नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्

    • प्रकाशित मितिः असार २३, २०८३
    • २२७ पटक पढिएको
  • एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।बोर्डका अनुसार असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।बोर्डले परीक्षाफल २० वटा संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस–यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ । नतिजामा चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।नतिजा प्रकाशनका क

    • प्रकाशित मितिः असार २३, २०८३
    • २९१ पटक पढिएको
  • एआई लिट्रेसी तालिम मोडुलको पाइलट सुभारम

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन् । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा साइन्स ल्याब तथा स्मार्ट कक्षाको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् ।अवलोकनका क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन सेल्फ–लर्निङमा आधारित उक्त तालिम एडिबी र शिक्षा

    • प्रकाशित मितिः असार २३, २०८३
    • २४६ पटक पढिएको
  • सर्लाहीमा ६० केजी गाँजासहित दुई जना पक्राउ

    सर्लाही / सर्लाही प्रहरीले ६० किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार अपराह्न जिल्लाको ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरटोलस्थित कठिपुल नजिक प्रहरी चौकी ब्रह्मपुरीबाट खटिएको प्रहरी टोलीले हरिवनबाट नारायणतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ४५१७ नम्बरको अटो शंकाको आधारमा रोकी जाँच गरेको थियो । जाँचका क्रममा अटोको डिक्की र सिटमुनि रातो प्लास्टिकले बेरिएका १२ वटा पोकामा लुकाइराखिएको ६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा अटो चालक सर्लाहीको बागमती नगरपालिका–११ सखुवनी निवासी ३५ वर्षीय थिरव

    • प्रकाशित मितिः असार २३, २०८३
    • २१७ पटक पढिएको
  • सरकारको सय दिनबारे कोशीबासीको प्रतिक्रिया: ‘विश्वास छ, बाचा पूरा होस्’

    विराटनगर / प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकसय दिन पूरा गरिसकेको छ । जेनजी आन्दोलनको जगमा परिवर्तनको नारासहित करिब दुईतिहाइ जनमत प्राप्त गरेको सरकारले जनतासामु गरेका बाचाहरू कति पूरा भए भन्ने विषय अहिले चासोको केन्द्र बनेको छ । सरकारको ‘हनिमुन पिरियड’ मानिने पहिलो सय दिन पूरा भएसँगै कोशी प्रदेशका स्थानीयवासीले सरकारप्रति मिश्रित प्रतिक्रिया दिएका छन् । अधिकांशले सरकारप्रति विश्वास रहेको जनाउँदै अब घोषणाभन्दा कार्यान्वयनमा प्रभावकारिता देखिनुपर्ने बताएका छन् । विराटनगरकी स्थानीय बुद्धिमाया धिमालले सरकारले गरेका प्रतिबद्धता कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताइन् ।‘सरकारले स

    • प्रकाशित मितिः असार २३, २०८३
    • २४८ पटक पढिएको
  • सबै आयोजनालाई एउटै मापदण्डमा राखेर दण्डित गर्नु उचित हुँदैन्: मोहनकुमार डाँगी

    काठमाडौं / वर्तमान सरकार गठन भएको एक सय दिन पूरा भएको सन्दर्भमा विभिन्न क्षेत्रबाट यसको कार्यसम्पादनको मूल्यांकन सुरु भएको छ । विशेषगरी अर्थतन्त्र र ऊर्जा क्षेत्रजस्ता रणनीतिक क्षेत्रमा सरकारबाट देखिएका नीति र कार्यान्वयन क्षमताबारे बहस तीव्र बनेको छ ।सरकार गठनको प्रारम्भिक चरणमै बजेट सार्वजनिक भए पनि त्यसको कार्यान्वयन, नीतिगत स्पष्टता र गति अपेक्षाअनुसार हुन नसकेको टिप्पणी निजी क्षेत्रबाट आउन थालेका छन् । यसै सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सरकारले ऊर्जा क्षेत्रमा केही सकारात्मक नीति ल्याए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताएका छन्

    • प्रकाशित मितिः असार २३, २०८३
    • १८५ पटक पढिएको
  • इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

    इलाम / इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदै भाषिक समावेशीकरणको अभ्यासलाई तीव्रता दिएका छन् । यसै क्रममा जिल्लाको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषा लागू गर्ने भएको छ भने माङसेबुङ गाउँपालिकाले लिम्बू भाषापछि अब वान्तवा भाषालाई पनि सरकारी मान्यता दिने निर्णय गरेको छ ।स्थानीय बासिन्दाको पहिचान र मातृभाषाको सम्मान गर्दै यी पालिकाहरूले आफ्ना नीति तथा कार्यक्रममार्फत ऐतिहासिक कदम चालेका हुन् । चुलाचुली गाँउपालिकाले गाउँसभाको १८औं अधिवेशनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तु

    • प्रकाशित मितिः असार २३, २०८३
    • १७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.