काठमाडौँ / प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका
लमजुङ / गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ । चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४,
विराटनगर / मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या अभियोगमा प्रहरीले उनकै देवरलाई पक्राउ गरेको छ ।यो पनि - रंगेलीमा महिलाको विभत्स हत्या, अनुसन्धानका क्रममा ४ पक्राउप्रारम्भिक अनुशन्धानका क्रममा उनको संलग्नता देखिएपछि मृतक अनिताको १९ वर्षिय देवर विनोद यादवलाई पक्राउ गरि अनुशन्धान अघि वढाईएको मोरङ प्रहरीले जनाएको छ । घर झगडाको विषयलाई लिएर बिनोदले अनिताको सोमबार राती आठ बजे हत्या गरेको अनशन्धानका क्रममा खुलेपछि उनलाई पक्राउ गरिएको हो ।मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुशार यस्तो छ घटना मङ्गलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थ
बझाङ / साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना र सहारा नेपालका सहकार्यमा हिमाली क्षेत्रको जैविक विविधता संरक्षण गर्न सरसफाइ अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राईढुंगी, माझालगायत वनमा फालिएका पुराना कपडा, जुत्ता, प्लाष्टिक, सिसा आदि यार्सा संकलनकर्ताले फालेको फोहोर खाल्डो खनेर विसर्जन गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थायी शौचालय पनि निर्माण गरेको छ । संकलन क्षेत्रमा फोहोरका कारण यार्सा उत्पादन दिनप्रतिदिन
मोरङ / मोरङको रंगेली ३ कि २४ वर्षिया अनिता यादवको धारिलो हतियार प्रयोग गरी विभत्स तरीकाले हत्या भएको छ । धारिलो हतियार प्रहार गरी घाटी रेटेर हत्या पछि फ्याकिएको अनिताको शव घर भन्दा करिव डेढ किलोमिटर दक्षिणमा भेटिएको रंगेली प्रहरीले जानकारी गराएको छ । रंगेली ३ का बेचन यादवकी श्रीमती अनिताको शव स्थानिय तिलुवा चोक नजिकको नहरमा भेटिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी गराएका छन् । शव भेटिए लगत्तै प्रहरीले अनुशन्धान सुरु गरेको छ । घटनास्थल पुगेर मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङको टोलीले अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनास्थल अनि शवको
ललितपुर / ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो । आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछौँ ।” यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी ब
दमौली / तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् । प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “घटनाबारे अनुसन्धान गरिरहेका छौँ, थप विवरण अनुसन्धानपछि आउँछ”, उनले भने ।
लमजुङ / पहाडी जिल्ला लमजुङ मस्र्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान पाँच दशमलव आठ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मस्र्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमध्ये खुशीमाया र गोविन्द भने भाग्ने क्रममा चोट लाग्न पुगी घाइते भएका थिए ।घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । उनीहरुको टाउको, हात
रोल्पा / सरकारी तबरबाट शव व्यवस्थापनमा ढिलाइ भएपछि कोरोना सङ्क्रमितको दाहसंस्कार आफन्तबाट हुँदा समुदायमा सक्रङ्क्रमण फैलिने भयले स्थानीयवासी त्रसित देखिएका छन् । कोरोना भाइरसको लक्षण देखिएपछि गत वैशाख ३१ गते रोल्पा अस्पताल भर्ना भएका रोल्पा नगरपालिका –२ सदरमुकाम लिवाङका एक व्यक्तिको अक्सिजनको मात्रा नबढेपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटैमा मृत्यु भयो ।शव अस्पताल पु¥याएका आफन्तहरु लामो समय कुर्दा समेत सरकारी तबरवाट शव व्यवस्थापन गर्नेबारे चासो नदेखाउँदा आफन्तहरुले नै शव व्यवस्थापन गर्न बाध्य भएको बताएका छन् । यस्तै कोरोना भाइसरका कारण केही दिनअघि मृत्यु भएका सुनिलस्मृति
सर्लाही / विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ । स्थानीयवासी भने निषेधाज्ञा उल्लङ्घन गर्दै बिहे, व्रतबन्ध र भोजभतेरमा सहभागी भइरहेका छन् । यस्ता सामाजिक कार्यमा मानिसको भीड नियन्त्रण भन्दा बाहिर छ । यसतर्फ सरोकारवाला निकायले समेत चिन्ता, वास्ता र चासो देखाएको छैन । कविलासी नगरपालिका–२ पिपरियामा हालै सडकमै बिहे भोजको आयोजना
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.