काठमाडौं— गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ३० वर्षीय आदित्य सिंह छन् । उनले आफूलाई गृहमन्त्रालयको जिम्मेवार व्यक्ति भन्दै प्रहरी कार्यालयमा सेटिङ मिलाउन खोजेको प्रहरीको भनाइ छ ।कोटेश्वरस्थित खरिबोट क्षेत्रबाट पक्राउ गरिएका सिंहमाथि अनुसन्धान भइरहेको छ ।
काठमाडौं— नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसदमा उठाइएको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै स्पष्ट जवाफ दिनुपर्ने बताएकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउचाले नेपाली कांग्रेसले शुरूदेखि नै उक्त संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराइन् ।प्रधानमन्त्रीको विवादित अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले पटक-पटक संसदमा स्पष्ट जवाफ माग्दै आएको उल्लेख गर्दै उनले त्यसको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्नु नभई संसदको अभिलेखमा रहेको विषय सच्याई नेपालको राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरि
वीरगञ्ज— सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र सुरक्षा व्यवस्थाको प्रभावकारिता मूल्याङ्कन गर्न गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका विभिन्न सीमा नाकामा कुनै पूर्वसूचना नदिई आकस्मिक अनुगमन गरेका छन्।पहिचान गोप्य राख्न उनले कालो टोपी, फेस मास्क र सनग्लासको प्रयोग गरेका थिए। यस क्रममा उनी पर्साको जगन्नाथपुर गाउँपालिकास्थित जानकी टोला, ड्राइपोर्ट तथा बाराको कलैया उपमहानगरपालिका–१० अन्तर्गत पर्ने मटियार्वा नाका पुगेका थिए।अनुगमनका क्रममा मन्त्री गुरुङले सुरक्षाकर्मीलाई जानकारी नदिई स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका थिए। स्थानीयले विशेषगरी रातिको समयमा साइकलमार्फत हुने तस्करी बढ्दो रहेको
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सह-संयोजक माधव नेपाल, र (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरु आज कार्यक्रममा सँगै देखिएका छन् ।मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ओली, प्रचण्डसहितका नेताहरु सहभागी भएका हुन् ।
खेल मैदान निर्माणमा अनियमितता भएको ठहर गरेर विशेष अदालतले गत २७ चैतमा बझाङको बित्थडचिर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित ६ जनालाई दोषी ठहर गर्यो । बित्थडचिर गाउँपलिका–१ को बित्थडमा खेल मैदान निर्माणमा १४ लाख ६६ हजार ५ सय ३ रुपैयाँ अनियमितता भएको विशेष अदालतको ठहर छ । विशेषका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासबाट दोषी ठहर हुनेमा तत्कालीन प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सबइन्जिनियिर गणेशराज उपाध्याय, लेखा अधिकृत हर्कदेव जोशी छन् । खेल मैदान उपभोक्ता समितिका अध्यक्ष दीपेन्द्रकुमार बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष नीलम भण्डारी पनि दो
रौतहट । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा सुरक्षा निकायलाई समेत पूर्वजानकारी नदिई ‘छड्के अनुगमन’ गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज आइपुगेका गृहमन्त्री गुरुङले सुरक्षा टोली र आफ्नो औपचारिक संयन्त्रलाई बाहिरै राखेर सुटुक्क स्थलगत निरीक्षण गरेका हुन् । सामान्य पोसाकमा मास्क, टोपी र हाफ टिसर्ट लगाएर कसैले नचिन्नेगरी सीमा क्षेत्रमा पुगेका मन्त्री गुरुङले जानकी टोला, मटिअर्वा र अलौँलगायतका नाकाहरूको अवलोकन गरेका थिए ।अनुगमनका क्रममा उनले नाका क्षेत्रका स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग सीमापार भइरहेको तस्करी र सुरक्षा
रौतहट । आफ्नी अर्धाङ्गिनीको जीवन बचाउन आफूसँग भएको सर्वस्व गुमाइसकेपछि एक सर्वसाधारणले परोपकारी मनहरूसमक्ष आफ्नो आँसु र विवशता पोख्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी अनिश ले आफ्नी ३० वर्षीया बिरामी पत्नी पूजा देवीको थप उपचारका लागि हारगुहार गरेका हुन् । पूजा देवी विगत केही वर्षदेखि रगतसम्बन्धी अत्यन्तै दुर्लभ र जटिल रोग ‘आईटीपी’ इडियोप्याथिक थ्रोम्बोसाइटोपेनिक पर्पुरा सँग मृत्युको लडाइँ लडिरहेकी छिन् ।आफ्नो सिन्दूरको रक्षाका लागि ईनरदेवले नेपाल र भारतका अस्पतालहरू चहारिसकेका छन् ।वीरगञ्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेज, भरतपुर अस्पताल
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षा केवल ज्ञान हासिल गर्ने माध्यम मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने आधार भएको बताएका छन् ।आइतबार मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोमा बोल्दै उनले २५ वर्षको यात्रा कुनै पनि शैक्षिक संस्थाका लागि समयको गणना मात्र नभई संकल्प, साधना र राष्ट्र निर्माणमा पु¥याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर रहेको बताएका हुन् । उनले भने, ‘२५ वर्षको यात्रा कुनै पनि संस्थाका लागि केवल समयको गणना मात्र होइन । यो संकल्प, साधना र राष्ट्र निर्माणमा पुर्याएको योगदानको स्मरण र आत्मसमीक्षा गर्ने अवसर पनि हो
काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले उक्त कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरे। शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ।
मुगु । मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा कोठाको अभाव भएपछि विद्यार्थीहरु दैनिक पठनपाठन संयुक्त कक्षामा पढ्न वाध्य छन् ।संयुक्त कक्षामा कोठामा बसाइ गर्दा शिक्षकहरुले पढाएको बुझ्नै समस्या भएको विद्यार्थीहरुको गुनासो छ । २०३७ सालमा स्थापना भएको नेपाल राष्ट्रिय आधारभुत विद्यालय ४६ बर्ष वितिसक्दा पनि उस्तै समस्या झेलिरहेको हो । सोही विद्यालय पढेर धेरैले राम्रो सफलता पाएपनि स्थानीय अभिभावक, सरोकारवाला र सरकारी वेवास्ताका कारण पूर्वाधारको अभाव व्यहोरिरहेको हो । कक्षा ४ र ५ एकै कक्षा कोठामा बसेर पढ्नु परेको छ । आवाजले विद्यार्थीले पढाएको नै बुझ्दै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.