म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एक सय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । आयोजना प्रमुख धु्रबकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए ।‘चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी शुरु भएपछि हुन्छ,’ उनले भने ‘मार्फाखोलामा बाढी आउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ ।’धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको
सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा यतिबेला खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको पालिका केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नुपरेको छ । सिमकोट तल्लो बजारमा धारामा पानी आउन छाडेपछि घण्टाँै लाइन बसेर एक बाल्टी पानी थाप्नुपर्ने अवस्था आएको स्थानीय लक्ष कामीले बताए ।कामीले भने, ‘तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी आउन छाडेको छ, पानी आएका एक दुई छिटफुट धारामा पनि एक घण्टा बढी लाइन बस्नुपर्छ, बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै पानी आउने हुँदा कहिले त खाना पकाउने पानी नै पुग्दैन, खाना पकाउनलगायतका लागिसमेत पानीको समस्या छ, व्यक्तिगत सर
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताइन् ।पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उनले बताइन् । ‘पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ । आम्दानी पनि ठीकै भएको छ ।’एउटा कार्यक्रमको रु आठ हजारदेखि २५ हजारसम्म लिने गरेको उनले जा
ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट रु एक करोड ३० लाख २४ हजार ४५६ भेटी र दान सङ्कलन भएको छ ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा एक लाख छ हजार ६२३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । समितिले चालु आर्थिक वर्षको छ महिनाको भेटीघाटी तथा दर्शनार्थीको सङ्ख्या सार्वजनिक गरेको छ । पाथीभरा क्षेत्र धार्मिक आस्थाको केन्द्र भएकाले हरेक वर्ष लाखौँ भक्तजन यहाँ पुग्ने गर्छन् ।भेटी र दानबाट सङ्कलित रकम पाथीभराको संरक्षण, सम्वर्द्धन तथा दर्शनार्थीलाई थप सुविधा उपलब्ध गराउने, पूर्वाधार निर्माणलगायतका काममा खर्च हुँदै आएक
चितवन । सौराहामा पालिएका निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आउन थालेपछि निजी हात्तीलाई वन नजिक एकीकृत गरेर राख्न स्थानीयले माग गरेका छन् । स्थानीयको मागपछि हात्ती पाल्दै आएका व्यवसायीले सरकारी स्तरबाट जग्गा उपलब्ध गराइदिए आफूहरू एकीकृत रूपमा राख्न तयार रहेको बताएका छन् । सौराहा क्षेत्रमा अहिले मकुना नामको जङ्गली हात्ती बस्ती पसेर स्थानीयलाई दुःख दिँदै आएको छ । योसँगै रोनाल्डो नामको हात्ती पनि हात्ती प्रजनन केन्द्र हुँदै बस्तीमा आउने गरेको छ । जङ्गली हात्तीले पोथी हात्ती खोज्दै बस्ती आउने क्रम बढेपछि स्थानीयले व्यवस्थापनका लागि माग गरेका हुन् । स्थानीयले सामुदायिक वन, मध्य
उदयपुर । त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करीब एक भवन बराबर रु पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले ब
बागमती । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा वृद्धि भएको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व सङ्कलन भएकोे सो कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड ३२ लाख २४ हजार ५०३ राजस्व सङ्कलन भएको छ । सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारवाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए । यो अघ
काठमाडौं । ‘मिस’ अर्थात् ‘छुट्नु’ र ‘मिसिङ’ अर्थात् ‘हराउनु’ । दुवैको परिणाम करिब करिब एकै हुन्छ अर्थात् दुवै कुरा भेटिन सक्छन् अथवा नभेटिन पनि । निर्देशक दीपेन्द्र गौचन अहिले ‘मिस’ र ‘मिसिङ’ दुवैलाई एकसाथ बोकेर नेपाली फिल्म वृत्तमा आएका छन् ।दीपेन्द्र तिनै निर्देशक हुन् जसले ३२ वर्षअघि डकुड्रामा ‘उजेली’ बनाए । ‘उजेली’ पछि उनले ‘मुमिन’को २६ भागलाई नेपाली भाषामा डब गराएर २००१ मा नेपाल टेलिभिजनमा प्रसारण गरे । यो प्रसारण भएको एक वर्षपछि दीपेन्द्र सन् २००२ मा कम्बोडिया उडे । नेपालका दुई कुरालाई ‘मिस’ गरेर कम्बोडिया उडेका दीपेन्द्र झण्डै २२ वर्षपछि ‘मिसिङ’ अर्थात् ‘मिसिङः केटी हराएको सूचना’ लिएर न
महोत्तरी । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका उनले बताए । उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् । बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन
कञ्चनपुर । कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले रु तीन लाख चार हजार लागतमा ठेक्का प्रक्रियामार्फत शव चिस्यानयन्त्र खरिद गरी सेवा सञ्चालन गरेको हो ।नगर क्षेत्रका विदेश वा देशका अन्यत्र क्षेत्रमा भएका व्यक्तिका आफन्तको मृत्यु भएमा घर फर्कँदासम्मका लागि शवलाई चिस्यान यन्त्रमा चार–पाँच दिनसम्म सुरक्षित राख्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ । यन्त्रको माग भएका क्षेत्रमा नगरपालिकाले निःशुल्क सेवा उपलब्ध गराउने नगरप्रमुख हेमराज ओझाले बताए ।‘नगर क्षेत्रभित्र माग भएका ठाउँमा यन्त्र घरसम्म पुर्याउने र घरबाट नगरपालिका कार्यालयसम्म ल्याउन कर्मचारीलाई खटाउँछौँ’
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.