समाचार

    Showing 9,021-9,030 of 25,668 items.
  • पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    लिस्बन (पोर्चुगल), २ कात्तिकः वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् ।तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताउनुभयो ।सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 262 पटक पढिएको
  • यस्तो रहनेछ तिहारमा मौसम

    काठमाडौँ, २ कात्तिकः नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ ।तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन (कात्तिक ३ गते) देशका पहाडी भूभागमा आ

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 299 पटक पढिएको
  • तिहारलाई झिनियाँ बेचेर मनग्य आम्दानी

    तानसेन (पाल्पा), २ कात्तिकः हिन्दूहरूको दोस्रो ठूलो महानपर्व तिहार नजिकिएसँगै पाल्पाका बजारमा झिनियाँ बिक्री बढ्दो छ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई उपहारस्वरुप झिनियाँ दिने गर्दछन् । जसका कारण यसको माग बढ्दो छ । यतिबेला यहाँका महिला उद्यमीलाई झिनियाँ बनाएर बेच्न भ्याइनभ्याई छ । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने रोटीका परिकार पनि स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका छन् । जिल्लाका तानसेन, नि

    • प्रकाशित मितिः कार्तिक २, २०८२
    • 151 पटक पढिएको
  • स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनःनिर्माण

    रौतहट । रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनःनिर्माण गरि हस्तान्तरण गरिएको छ ।गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए ।भवनमा आगजनी छि बस्न अयोग्य भएपछी स्थानीयवासीहरूले चन्दा र श्रमदानबाट भवन पुनःनिर्माण थालेको करिब दुई महिनापछि हस्तान्तरण गरिएको हो ।उक्त भवन शनिबार प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जलेको भवन  भवनको पुनःनिर्माण गरी प्रहरीलाई बस्न र प्रशासनिक एवम अनुसन्धानमा सहज पुर्याएकोमा भवन निर्माणका अभियन्ताप

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 323 पटक पढिएको
  • तिहार फ्लोरा एक्स्पोमा मनिषा कोइराला, आफ्नै माटोमा हुर्किँएका फूललाई माया गर्न आग्रह

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा असोज २८ गतेदेखि सञ्चालनमा आएको तेस्रो तिहार फ्लोरा एक्स्पो शनिबार समापन गरिएको छ ।नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सम्पन्न उक्त मेलाको समापन अभिनेत्री मनिषा कोइरालाको विशेष उपस्थितिमा गरिएको हो ।समापन कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले प्राकृतिक सौन्दर्य र वनस्पतिको संरक्षणप्रति जोड दिइन् । उनले भनिन्, ‘हामीले विदेशी फूलहरू पनि ल्याएर बुझ्नुपर्छ, कस्तो हुन्छन् भनेर जान्नुपर्छ । तर आफ्नै माटोमा हुर्किएका पूराना बोटबिरुवालाई हेप्नु हुँदैन ।’उनले नेपाललाई प्रकृतिले सजिएको सुन्दर देशको रूपमा चित्रण गर्दै वातावरणीय संरक्षणमा सबैको ध्यान जानुपर्ने बताइन्

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 422 पटक पढिएको
  • पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

    काठमाडौं । ललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् । असोज २९ गतेदेखि सुरू भएको मेलामा पहिलो दिन सात हजार २ सय जना, दोस्रो दिन सात हजार ५ सय, तेस्रो दिन आठ हजार ६ सय जना र चौथो दिन अर्थात शनिबार (आज) ११ हजार ५ सय जनाले अवलोकन गरेको एसोसिएसनले जनाएको छ । चार दिनमा ३४ हजार ८ सय जनाले अवलोकन गर्दा एक करोड तीन लाख रुपियाँ भन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।शनिबार भएको कारण अरु दिनको तुलनामा बढी अवलोकर्ता आएक

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 394 पटक पढिएको
  • प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना

    काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन् ।शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे । ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौं, विकासवादी हौं,’ ढुंगानाले भने ।उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अध

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 238 पटक पढिएको
  • जेनजी आन्दोलनपछि देशभर १५ हजार बढी मजदुरहरुको रोजगर प्रभावित : महासचिव राई

    ब्राजिल । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव  तथा आईटिएफ , लण्डनका बोर्ड सदस्य अजयकुमार राईले नेपालका हरेक आन्दोलन र परिवर्तनहरुमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ )लण्डनको विश्व कार्य समितिको ब्राजिलको रिय द जेनरियोमा आयोजित बैठकमा भाग लिन पुगेका राईले नेपालमा भएको जेनजी आन्दोलन बाट श्रमिकहरु पनि प्रभावित भएको बताए । उनले आन्दोलनका कारण देशभर हजारौ को संख्यामा मजदुरहरु प्रभावित भएको र १५ हजार बढिले रोजगारी गुमाएको जानकारी दिए ।अन्तर्राष्ट्रिय बैठकमा विशेष समय लिएर बोल्दै फेडेरेसनका बोर्ड सदस्य राईले वर्तमान नेपालको

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 219 पटक पढिएको
  • शान्ति सुरक्षा कायम गर्न र भयरहित निर्वाचन गराउन राष्ट्रपतिको निर्देशन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू समेतको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई पौडेलले यस्तो निर्देशन दिएका हुन् ।उनले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायहरूले ‘बोल्ड्ली’ रुपमा प्रस्तुत हुनपनि निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 332 पटक पढिएको
  • एनपीएल ट्रफी टुर : जानकी मन्दिरमा पूजापाठसँगै टुर सुरु

    सर्लाही । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको क्रममा आज जनकपुरधाममा विशेष कार्यक्रमका साथ ट्रफी प्रदर्शनी गरिएको छ । सातै प्रदेशमा आयोजना भइरहेको ट्रफी टुर कार्यक्रम अन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज जानकी मन्दिरमा विधिवत पूजापाठ गरी ट्रफी प्रदर्शन सुरु गरिएको हो ।जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजक टोलीले मन्दिर प्रांगणमा निर्माण गरिएको विशेष मञ्चमा ट्रफी प्रदर्शन गरेको थियो । त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा ¥यालीसहित घुमाइएको जनाइएको छ ।जानकी मन्दिरबाट सुरु भएको ट्रफी यात्रा राम मन्दिर, मुरलीचौक, जिरो माइल,

    • प्रकाशित मितिः कार्तिक १, २०८२
    • 356 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.