काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेश
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आयोजना गरिएको छ । खेलकुद महोत्सवको प्रमुख आकर्षण भने ‘सिलाम साक्मा’ बनेको छ । आइतबारदेखि सुरू भएको खेलकुद महोत्सव बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा (मस्कट) निर्माण गरिएको छ । सिलाम साक्माको दायाँ–बायाँ ठूला अक्षरमा ‘सिलाम साक्मा हाम्रो सभ्यता हो’ लेखिएको छ । धेरैले सिलाम साक्मा देखेको हुन सक्छन्, तर यति अग्लो र ठूलो सिलाम साक्मा पह
रसुवा । जिल्लाको गोसाइँकुण्डलगायत उच्च हिमाली क्षेत्रस्थित जमेका तालतलैयामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको छ ।पानी जमेको मौका छोपी पवित्र तालतलैयामाथि सर्वसाधारण हिँड्नेक्रम बढ्न थालेसँगै रामसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्डलगायतका तालतलैयमामाथि नहिँड्न सर्वसाधारणको ध्यानाकर्षण गरिएको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए ।पवित्र धार्मिकस्थलका रुपमा परिचित गोसाइँकुण्ड क्षेत्रको संरक्षण गर्न र सम्भावित दुर्घटना रोक्न यस किसिमको कदम चाल्नुपरेको सो पालिकाले स्पष्ट गरेको छ । विशेषगरी मङ्सिर, पुस र माघ महिनामा गोसाइँकुण्ड तलाउ जमेको मौका छोपी धार्मिक महत्वको पवित्र कु
काठमाडौँ ।माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्
गाईघाट (उदयपुर) । उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी हराउँदै जान थालेको हो ।विवाह, भोज, भतेरसहितका कार्यमा कागजको टपरी प्रयोग हुन थालेपछि परम्परागत टपरी विस्थापित भएको हो । व्यावसायिक रुपमा परम्परागत टपरी उत्पादन गर्नेको रोजगारी सङ्कटमा पर्दै गएको थारु समुदायका महिला बताउँछन् । त्रियुगा नगरपालिकाको मोतिगडा, बगाहा, जोगिदह, देउरी, खैजनपुर, मोथ्याई, पोर्ताहा, लक्ष्मीपुर, पुरानो गाईघाट र गैरुन क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायको विव
खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण थालिएको हो । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जावापतको रकम हालसम्म रु चार करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको प्रजिअ
मुगु । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा९महेन्द्रं० तालकोे किनारमा रहेको ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन् । सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहँुदा ओझेलमा परेको छ । २०३२ साल अगाडि रारा क्षेत्रमा रहेका बस्ती मुर्मा, छाप्रु, रराले बस्तीका मानिसहरुले प्रयोग गर्ने ढुङ्गे धाराहरु पछिल्लो समयमा अलपत्र परेका हुन् ।२०३२ सालमा रारा ताल वरिपरिको क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा २०३५ सालमा छाप्रु र रराले बस्तीका मानिसहरुलाई नेपालगंन्जको चिसापानीतिर बसाई सरेपछि ढुंङ
पोखरा । पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न चार दिन बाँकी छ । तर महानगरका जनप्रतिनिधिहरुको अदुरदर्शी नेतृत्वकाकारण यति बेला पोखराका घर , चोक, गल्लीहरुमा फोहोरको थुप्रो देखिएका छन् ।६ महिनाको लागि भन्दै पोखरा बाच्छेबुडुवाबाट पोखरा ३० लामेआहालमा सारिएको ल्याण्डफिल साइट साढे दुई वर्षदेखि उतै छ । मेयर धनराज आचार्यले ‘टिकट काटेर हेर्न लायक गन्तव्य’ बनाउने भनेका फोहोर प्रशोधन केन्द्र अहिलेसम्म निर्माण भएको छैन ।लामे आहालमा फोहोर फाल्ने दोस्रो सम्झौता माघ २३ देखि सकिएको छ । दोश्रो पटक गरिएको सम्झौता सकिंदा पनि पोखरा महानगरले ल्याण्डफिल साइट अन्यत्र सारे तर्फ ध्यान नदिए पछि लामे
गलकोट (बागलुङ) । सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखामा कार्यरत कर्मचारी रामप्रसाद उपाध्यायले जानकारी दिए । उनले नयाँ परिचयपत्रका लागि दैनिक दुई सयसम्म सेवाग्राही आउने भए पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने न्यूनमात्र आउने गरेको जानकारी दिए । दैनिक २० देखि ५० जना सेवाग्राही मात्र परिचयपत्र लिन आउने गरेकाले थुप्रो लागेको हो । अहिले वडा तहमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको
काठमाडौँ । सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ ।बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको ‘लोडसेडिङ’को पनि भूमिका रहेको बताएपछि माओवादी सांसद अछामीले बीचैमा प्रतिवाद गर्दै सो सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग बहस गर्न आग्रह गरे । सांसद अछामील
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.