समाचार

    Showing 8,781-8,790 of 25,668 items.
  • श्री नगर एग्रीटेकको आईपीओ आज बाँडफाँड हुँदै

    काठमाडौं— श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपीओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको हो ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपीओ गोलाप

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 578 पटक पढिएको
  • दमकमा बस दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

    झापा । दमक नगरपालिका-२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 359 पटक पढिएको
  • नगरकोट प्रहरी प्रभागको नयाँ भवन सञ्चालनमा

    काठमाडौँ, १२ कात्तिकः प्रहरी प्रभाग नगरकोटको नवनिर्मित भवन सञ्चालनमा आएको छ । मङ्गलबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले सो भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गर्नुभएको छ ।उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरीप्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत भएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रह

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 281 पटक पढिएको
  • दश दिनमा ४० हजारभन्दा बढी पर्यटक मुस्ताङमा

    मुस्ताङ, १२ कात्तिक: कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै कात्तिक १ गतेदेखि  १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र तीन हजार ७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।  कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका चार हजार ५९८ पर्यटकमध्ये कतिपयको मु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 296 पटक पढिएको
  • यस्तो छ व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ पर्नुको कारण

    काठमाडौं—  नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको जानकारी दिएको हो ।सिआईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि नै जाहेरी दिएकी थिइन् ।विगतमा प्रहरी कार्यालयहरूले जाहेरी लिन नमानेपछि लामाले सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता गराएकी थिइन् । २

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 521 पटक पढिएको
  • दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प, एपीईसी शिखर सम्मेलनअगाडि उच्चस्तरीय बैठकको तयारी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार दक्षिण कोरिया पुगेका छन् । दक्षिणपूर्वी सहर ग्योंग्जुमा आयोजना भइरहेको एशिया–प्रशान्त आर्थिक सहकार्य (एपीईसी) शिखर सम्मेलनका अवसरमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युंगसँग उच्चस्तरीय वार्ता गर्ने तयारी गरेका छन् ।ट्रम्प बुधबार बिहान टोकियोबाट एयर फोर्स वनमार्फत उडेर दक्षिण कोरियाको बुसानस्थित गिमहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनका संचार सल्लाहकार तथा राष्ट्रपति विशेष सहायक मार्गो मार्टिनले सामाजिक सञ्जाल ‘एक्स’ मा साझा भिडियोमार्फत एयर फोर्स वनलाई दुई अमेरिकी र दुई कोरियाली एफ–१६ लडाकु

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 491 पटक पढिएको
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे मिराकल पार्टी प्यालेस, सुकेधारामा बस्न लागेको हो । बैठकमा पार्टी पार्टी एकताको विषय, वर्तमान परिस्थिति दायित्व राजनीतिक समसायायिक विषयबस्तुको छलफल गरिने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । बैठक आगामी शुक्रबारसम्म बस्ने छ । 

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 633 पटक पढिएको
  • इजरायलद्वारा गाजामा फेरि भीषण आक्रमण, ३३ प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं— इजरायलले मंगलबार राति गाजा क्षेत्रमा तीव्र हवाई आक्रमण गरेको छ। आक्रमण गाजा सहरका विभिन्न भागसँगै बेत ला र खान युनिस क्षेत्रमा समेत केन्द्रित भएको बताइएको छ। घर, विद्यालय र आवासीय भवनहरू समेत आक्रमणको लक्ष्य बनेका छन्।हमासका स्वास्थ्य अधिकारी र सिभिल डिफेन्स एजेन्सीका अनुसार आक्रमणमा परी कम्तीमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।इजरायली अधिकारीहरूले भने हमासले अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएका छन्। रक्षामन्त्री इजरायल केट्जले हमासका लडाकुहरूले इजरायली सैनिकमाथि आक्रमण गर्नुका साथै बन्धकका शव फिर्ता गर्ने सहमतिलाई तोडेको दाबी गरेका छन्।त

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 502 पटक पढिएको
  • सोलुखुम्बुमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना

     सोलुखुम्बु— सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। पाइलट भने सकुशल रहेको उनले बताए।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 521 पटक पढिएको
  • झापामा बस दुर्घटना, १ जनाको मृत्यु, २१ घाइते

    झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मङलबार राति यात्रीवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 279 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.