चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेर
वीरगञ्ज (पर्सा) । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए । ‘माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयो
गलेश्वर (म्याग्दी) । सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको पहुँचसँगै विकासले उज्यालिँदै गरेका गाउँ बसाइँसराइले अँध्यारा बन्दै गएका छन् । सङ्घीयता कार्यान्वयनमा आएसँगै स्थानीयतह सबल हुँदा विकासका कार्यक्रम गाउँ केन्द्रित भए पनि गाउँ रित्तिँदै गएको हो । वर्षौंदेखि ओझेलमा परेका गाउँबस्तीमा विकास पुगेको छ । घरआँगनमै गाडी गुड्ने सडक छन् । नजिकै विद्यालय छ । वडा कार्यालयसँगै स्वास्थ्यचौकी, घरघरमा झलमल्ल बिजुली, घाँस पराल बोकेर घरगोठमा पुग्ने ट्र्याक्टर, मोटरसाइकल सबैको सुविधा गाउँमा भए पनि गाउँ छोड्दै सहर झर्ने र मधेस पस्नेहरूको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।‘गाउँ गाउँजस्तो छैन सहर सहरजस्तो छै
धनुषा । धनुषाको ऐतिहासिक तथा धार्मिक स्थल धनुष मन्दिरलाई ट्रस्टमा लैजाने प्रक्रिया अघि बढाउन धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले निर्देशन दिएका छन् ।मकर मेला समितिले आयोजना गरेको धनुष मन्दिर व्यवस्थापन सम्बन्धी विशेष भेलामा बोल्दै मेयर मण्डलले वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरूलाई सो प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् । समुदायबाट मन्दिरको व्यवस्थापन ट्रस्टमार्फत गर्नुपर्ने माग उठेपछि मेयर मण्डलले आफू समुदायको इच्छाअनुसार काम गर्न प्रतिबद्ध रहेको बताए । साथै, मन्दिरका पूजारी भरत बाबाको व्यवस्थापन, मन्दिर परिसरको सुरक्षा र सरसफाइलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट पारे।धनुष म
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह यही फागुन १४ गतेदेखि हुने भएको छ । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा यही फागनु १४ गतेदेखि चैत ३ गतेसम्म पाँच सय जनाको बृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने जनाइएको छ । यसैगरी अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा यही फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ । त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित
काठमाडौँ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।आज तराईका केही भू–भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रूपैयाँ ४० पैसा र बिक्रीदर १७५ रूपैयाँ १५ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ३४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रूपैयाँ २० पैसा, क्याने
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको सात महिनामा कुल २८ दशमलव १५ प्रतिशतमात्र खर्च गरेको छ । आज वर्तमान सरकार गठन भएको दुई सय दिन पुगेको अवसरमा मन्त्रालयद्वारा गरिएका कार्यको जानकारी सार्वजनिक गर्दै चालु आव सकिन पाँच महिना मात्र रहँदा अझै ७० प्रतिशतभन्दा बढी खर्च गर्न बाँकी रहेको जनाइएको हो । चालु आवमा मन्त्रालयका लागि चालुतर्फ रु सात अर्ब ४८ करोड ६३ लाख र पुँजीगततर्फ रु एक खर्ब ४३ अर्ब पाँच करोड गरी रु एक खर्ब ५० अर्ब ५३ करोड बजेट विनियोजन रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने क्रम
झापा । झापा र मोरङको दक्षिणी क्षेत्रलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको रतुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी उपेन्द्र दासका अनुसार निर्माण सुरु भएको १७ वर्षपछि पुल बनेको हो । उनले पुल निर्माण सम्पन्न भएसँगै पहुँच मार्ग विस्तारको काम भइरहेको बताए ।विसं २०८१ असार १७ गते सम्पन्न हुनेगरी देव एण्ड सायररसमतारआशिषदीप जेभीसँग विसं २०७९ पुस १७ गते रु २२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अघिल्लो निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेको पुल निर्माण सम्पन्न गरेको उनले बताए ।सूचना अधिकारी पन्तका अनुसार पहि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.