समाचार

    Showing 8,671-8,680 of 25,668 items.
  • झापाका सरोज शर्माको शव विरिङ पुलमुनी भेटियो

    झापा । झापा शिवसताक्षी – १० का सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनी फेला परेको छ । उनको शव पुरिएको अवस्थामा आज विहान फेला परेको हो ।झापा गाउँपालिका- ५ हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनि भेटिएको सब शिवशताक्षी- १० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको परिवारका सदस्यले पुष्टि गरेको वडा सदस्य दीपक पोखरेलले बताएका छन। झापाको बिरिङ खोलामा स्थानीयले शंकास्पद अवस्थामा गाडिएको मानवीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको छ। झापाको मेचीनगर–१३ चारआली भद्रपुर सडकखण्डअन्तर्गत पर्ने हातेमालो सामुदायिक वनभित्र आगजन

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 1,335 पटक पढिएको
  • करेन्ट लागेर एक युवकको मृत्यु

    काठमाण्डौ  ।  सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 273 पटक पढिएको
  • आज हरिबोधिनी एकादशी

    काठमाण्डौ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन् ।सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसी नारायणको आराधना गरी र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गरिन्छ ।आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 537 पटक पढिएको
  • डिजेल र मट्टितेलको मूल्य घटायो, पेट्रोलको यथावत्

    काठमाण्डौ । नेपाल आयल निगमले शुक्रबार इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । जसमा डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।निगम सञ्चालक समितिको निर्णयअनुसार, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले कमी गरिएको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 355 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतया देखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्ड

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 462 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र बिक्रीदर १०१ रुपैयाँ

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 482 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १५ गते शनिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ। विशेष सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। पछिका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसर

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 560 पटक पढिएको
  • सुर्खेतमा छोराको फरुवा प्रहारबाट आमाको मृत्यु

    सुर्खेत— सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले फरुवाले प्रहार गर्दा आमाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीय कविराम बस्नेतले घरायसी विवादका क्रममा आमालाई फरुवाले प्रहार गरेका हुन्। सुतिरहेको अवस्थामा प्रहार भएपछि ५० वर्षीया धनिकला बस्नेत गम्भीर घाइते भएकी थिइन्।उनीलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको भए पनि बिहान करिब ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।घटनापछि फरार भएका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रमा पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 674 पटक पढिएको
  • तीन महिनामा ३०८ महिला हिंसाका घटना, २१ जनाको हत्या

    काठमाडौं— महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत चैतदेखि जेठसम्म तीन महिनामा देशभर ३०८ वटा महिला हिंसाका घटना दर्ता भएका छन्।तीमध्ये २१ वटा हत्या र ३ वटा हत्या प्रयासका घटना भएको ओरेकले जनाएको छ। हिंसाका घटनामध्ये ४१ वटा पत्रपत्रिकाबाट र २६७ वटा प्रत्यक्ष स्रोतबाट संकलन गरिएको हो।ओरेकका कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हत्या हुनेमध्ये २९ प्रतिशत १८–२५ वर्षका युवती, २४ प्रतिशत २६–३५ वर्षका महिला, र १९ प्रतिशत बालिका छन्।हत्या गर्नेमा ४३ प्रतिशत श्रीमान, २४ प्रतिशत परिवारका सदस्य, १० प्रतिशत छिमेकी, ५ प्रतिशत साथी, र १४ प्रतिशत पूर्वपति रहेका छन्।प्रहरी तथ्याङ्क अनुसार सो अवधिम

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 592 पटक पढिएको
  • मनाङ र म्याग्दी क्षेत्रमा अलपत्र परेका ३० जना पर्यटकको उद्धार

    काठमाडौं— देशका हिमाली पर्यटन क्षेत्रहरू मनाङ र म्याग्दीमा हिमपातका कारण अलपत्र परेका ३० जना पर्यटकको उद्धार गरिएको छ । मनाङको तिलिचो ताल बेश क्याम्पमा फसेका १५ जना र म्याग्दीको धौलागिरी सर्किट गई फर्कने क्रममा फसेका अन्य १५ जना पर्यटकको उद्धार सुरक्षा निकायले गरेको हो ।मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको बेश क्याम्पमा हिमपातका कारण अलपत्र परेका २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी १५ जना पर्यटकको उद्धारका लागि कार्तिक १४ गते बिहान सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमाण्डमा पर्वतीय उद्धार तालिम प्राप्त फौज र मेडिकल टोली

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 694 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.