मध्यविन्दु (नवलपरासी) । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् । नेपाल मगर सङ्घ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घका केन्द्रीय सदस्य इन्द्र फाल मगरले बताए । ‘मगर स्थापना दिवसका अवसरमा सबै जिल्लाका जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका सङ्घसंस्थाहरूले समेत दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी छ’, उनले भने ।विभिन्न कारणले लोपो
कञ्चनपुर । कृषिमा यान्त्रिकीकरण हुन थालेपछि कञ्चनपुरमा व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ । खेत जोत्नका लागि आधुनिक ट्र्याक्टर, पावर टिलर, मिनी टिलरलगायतको प्रयोग हुन थालेपछि युवाहरूको आकर्षण कृषितर्फ बढ्न थालेको हो । कृषिमा यान्त्रिकीकरणलाई बढावा दिन प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले पनि महत्वपूर्ण भूमिका खेलेको छ । कृषि यान्त्रिकीकरणले कार्यबोझ घटाउने, थोरै समयमा धेरै कार्य गर्न सकिने, लागत खर्च घट्ने, जमिनको उत्पादकत्व बढाउने, जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको प्रधानमन्त्री कृषि आधु
ढोरपाटन (बागलुङ) । ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्रताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ । चालु आर्थिक वर्षमा ढोरपाटन नगरपालिकाले विजियोजन गरेको रु २५ लाखबाट ताल संरक्षणको काम अघि बढाइएको उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए । जङ्गलको बीचमा रहेको रुद्रताल प्राकृतिक रूपमै सुन्दर रहेको र त्यसलाई थप व्यवस्थित गर्न थालिएको उनले बताए ।उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलीङसहितको पदमार्ग, खानेपानी र घेराबार
दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् । शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए । शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए । ‘माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आए
काठमाडौँ । महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैस
भक्तपुर । महाशिवरात्रि पर्वका अवसरमा बुधबार केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एकैदिन ६० हजार दर्शनार्थीले पूजा एवं अवलोकन गरेका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतकाअनुसार बुधबार बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिर प्रवेश गराई महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको थियो । महाशिवरात्रिको दिन भक्तजनलाई रु एक हजार १०० मा पूजा सामग्रीसहित पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको थियो । नेपाली र भारतीय पर्यटकले डोलेश्वरमा ६० हजारभन्दा बढीले पूजा एव दर्शन गरेको महासचिव बस्नेत
काठमाडौँ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । आज रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो ।फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा दुई मिनेटको अन्तरमा म्यानमारले लगातार दुई गोल ग¥यो । नेपालले कुनै गोल फर्काउन नसकेपछि उपविजेतामा चित्त बुझाउनु प¥यो ।म्यानमारका लागि यु पेर खियाङ र कप्तान विन थेङ्यी तुनले गोल गरे । नेपालले खेलको सुरुवात राम्रो गरे पनि पहिलो हाफमा प्राप्त अवसरलाई सदुपयोग गर्न सकेन । खेलको २४औँं मिनेटमा म्यानमारकी सान थाउ थाउको प्रहार गोल किपर बिमला विकले बचाइन् ।३५औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ को प
काठमाडौँ । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए । ‘हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेका थियौँ । आयोजनाको क्षमता १७ करोड भनिए पनि अहिले हामीले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याएका छौँ । त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ’, उनल
भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन् । महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्ष
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.