समाचार

    Showing 6,041-6,050 of 19,509 items.
  • नारायणी नदीको 'सिग्नेचर ब्रिज': दुई वर्ष बित्दा पनि डिजाइन अधुरै, निर्माण अन्योलमा

    चितवन — चितवनको नारायणघाट र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटलाई जोड्ने गरी नारायणी नदीमा निर्माण हुन लागेको आकर्षक 'सिग्नेचर ब्रिज'को डिजाइन दुई वर्ष बित्दासमेत तयार हुन सकेको छैन।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बन्ने यो नयाँ पुलको निर्माणका लागि २०८० जेठ २० मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार एक वर्षभित्र डिजाइन तयार गरेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर अब तेस्रो वर्ष चलिरहँदा पनि पुलको पूर्ण डिजाइन अझै पेश भएको छैन।सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनालका अनुस

    • प्रकाशित मितिः असार २७, २०८२
    • 386 पटक पढिएको
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको खुलासा: "राजनीतिमा फर्कनुको उद्देश्य एमाले नेतृत्व लिनु नै हो"

    काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कनुको प्रमुख उद्देश्य नेकपा एमालेको नेतृत्व लिनु नै भएको स्पष्ट रूपमा बताएकी छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे पहिले नै जानकारी गराइसकेको र पार्टी सदस्यता पनि लिइसकेको बताइन्।इमेज टेलिभिजनलाई बिहीबार दिएको ५५ मिनेटभन्दा लामो विशेष अन्तर्वार्तामा पत्रकार जगदिश खरेलसँग कुराकानी गर्दै भण्डारीले अहिले नै सार्वजनिक रूपमा घोषणा गर्ने समय नभए पनि आफ्नो लक्ष्य एमालेको अध्यक्ष बन्नु नै रहेको बताइन्।खरेलले सोधेको “तपाईं एमालेको अध्यक्ष बन्नकै लागि फर्किनुभएको हो?” भन्ने प्रश्नमा भण्डारीले दोधार नगरी भनिन्, “त्यसमा कुन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 392 पटक पढिएको
  • मधेश प्रदेशमा बजेटमाथि छलफलविनै पाँचौँपटक सदन स्थगित

    जनकपुर – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न एक साताभन्दा कम समय बाँकी रहँदा पनि मधेश प्रदेशमा राजनीतिक दलहरूबीच अझै बजेटमाथि छलफल गर्ने सहमति जुट्न सकेको छैन। बिहीबार बसेको प्रदेश सभा बैठक पनि केवल १० मिनेटमै स्थगित भएको छ।२२ असारदेखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण पाँचौँपटक पनि बजेटमाथिको छलफल अघि बढ्न सकेन। विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन्।बिहीबारको बैठक अघि सत्तापक्ष र विपक्षी दलहरूबीच बजेटका त्रुटिहरू सच्याउने विषयमा छलफल भएको थियो। त्यस क्रममा सभामुख रामचन्द्र मण्डलको संयोज

    • प्रकाशित मितिः असार २७, २०८२
    • 238 पटक पढिएको
  • नवलपुरमा बाघको आक्रमण, एक जना घाइते

    नवलपुर — नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवामा बाघको आक्रमणमा परेर एक व्यक्ति घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा बाघको आक्रमणमा परेका हुन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार बिहानको समयमा भएको उक्त घटनापछि घाइते शेर्पुन्जालाई उपचारका लागि कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको बताइएको छ। स्थानीयवासीका अनुसार बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान जोगाउन सफल भएका थिए। घटनापछि बाघ जंगलतर्फ फर्किएको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असार २७, २०८२
    • 305 पटक पढिएको
  • चोभार गल्छीलाई ऐतिहासिक सम्पदाको दृष्टिकोणबाट हेर्न विज्ञको सुझाव

    काठमाडौं – देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको दीर्घकालीन समाधानबारे नीति–निर्माण तहमै गम्भीर बहस सुरु भएको छ ।बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको आयोजनामा चोभार गल्छीको स्थलगत अवलोकन तथा नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ ।रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग गठन पछिको यो पहिलो कार्यक्रम मात्र नभएर, विषयवस्तु र सहभागिताको हिसाबले विभागकै सशक्त पहलकदमीको रुपमा हेरिएको छ ।पछिल्लो समय उपत्यकामा चोभार गल्छीको स्वभाविक बहावलाई अवरोध गर्ने किसिमका निर्माण गतिविधि, उत्खनन, डम्पिङजस्ता कार्यले दीर्घकालीन जोखिम सिर्जन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 237 पटक पढिएको
  • सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् । ब्रान्ड एम्बेसडरको हस्ताक्षर समारोहमा बोल्दै सन्दीपले कम्पनीको परिवारको सदस्यजस्तै भएको बताए ।‘यो ब्रान्डको सुरुवाती दिनहरुदेखी यहाँसम्म आउदा आफूलाई पनि एकदमै गर्व लाग्छ कि यो ब्रान्डसँग म सुरुदेखि नै थिए । आज यो ब्रान्ड यहाँसम्म पुग्दा आफ्नो परिवारले नै स

    • प्रकाशित मितिः असार २७, २०८२
    • 283 पटक पढिएको
  • आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ

    काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 249 पटक पढिएको
  • रामेछापमा सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ

    रामेछाप ।  रामेछाप जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको हो ।कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले सेवा प्रदा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 262 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २२ पैसा र बिक्रीदर १६० रुपैयाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९० रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९८ पैसा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 198 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।वाग्मती, गण्डकी र सुदूरप

    • प्रकाशित मितिः असार २७, २०८२
    • 272 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा